‘ऐन र नियमको परिधिभित्र रहेर खलकुद क्षेत्रको विकृती र विसंगतीको अन्त्य गर्छौँ’

२१ बैशाख, २०८१,१५:४४

२८ चैत्र, काठमाडौँ । सानैदेखि थोरै समय अध्ययनलाई दिएर खेलकुदलगायत अतिरिक्त कृयाकलापमा रमाउँने गर्नुहुन्थ्यो डा. प्रणयशमशेर राणा । बुवा नेपाल आर्मीको जागिरे हुनाले अनुशासन जीवनको अभिन्न अंग हो भन्ने कुरा उहाँलाई राम्ररी थाहा थियो । उनले स्नातक विरेन्द्र शैनिक आवासीय विद्यालयमा होस्टेल बसेर गर्नुभएको थियो । सो विद्यालयको ठूला फुटवल मैदानमा फुटवल खेलेर खारिनुभएको उहाँले सेनामा जागिर खानुपूर्व ‘ए’ डिभिजन कल्बमा अतिरिक्त गोलकिपरको भूमिकामा लामो समय खेल्नुभयो । रास्वपाबाट विराजभक्त श्रेष्ठ खेलकुदमन्त्री बन्नुभएपछि हाल उहाँ राष्ट्रिय खेलकुद परिषद् (राखेप) को वरिष्ठ सल्लाहकारको भूमिकामा हुनुहुन्छ । तर उहाँले राखेपबाट कुनै सेवासुविधा भने लिनुभएको छैन् ।

उहाँ देश र जनताको सेवा गरी समाजलाई परिवर्तन गर्नका लागि देश विदेशबाट आर्जन गरेको विज्ञतालाई सांसद बनेर नीति निर्माण गर्न राजनीतिमा आएको बताउँनुहुन्छ । नीति निर्माण गर्न सक्ने विज्ञता भएका युवाहरू सांसद बनेर जानुपर्छ । उमेर युवा भएका तर नीति निर्माण गर्न नसक्ने विज्ञता नभएका सांसदहरूको नै सदनमा बोलवाला भएकाले संसदले राम्रो विजनेश गर्न नसकेको बताउँनुहुन्छ ।

उनै सरल स्वभाव भएका वहुप्रतिभाका धनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता डा. प्रणयशमशेर राणासँग भूगोल पार्कका समाचारदाता करुण सिंहले “समकालिन संवाद” मा गरिएको कुराकानीका सम्पादित अंश :

तपाई हाल युवा तथा खेलकुद मन्त्रालयको वरिष्ठ सल्लाहकारको भूमिकामा हुनुहुन्छ । तपाईले सिंगो खेलजगतलाई माथि उठाउँन के कस्तो भूमिका निर्वाह गर्नुभएको छ ?

रास्वपाबाट विराजभक्त श्रेष्ठ युवा तथा खेलकुदमन्त्री बन्नुभएपछि हाल म हाल युवा तथा खेलकुद मन्त्रालयको वरिष्ठ सल्लाहकारको भूमिकामा छु । खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ पनि सिंगो खेलजगतलाई माथि उठाउँन कम्मर कसेर लागि पर्नुभएको छ । हाम्रो पार्टी सरकारमा गएको पनि धेरै भएको छैन् तर पनि हामीले विना आग्रहपूर्वाग्रह खेलकुद क्षेत्रलाई माथि लैजान तत्तचित्त भएर लागि परेका छौँ । हाम्रो पार्टी सरकारमा गएपछि पहिलो चरणमा पुस्कार पाएकाहरूको रकम निकाशा रोकिएको रहेछ । सो रकम हामीले फर्छ्योट गर्यौँ ।

हामीले ऐन र नियमावलीबीच तारतम्य नमिलेकाले खेलाडीहरूको हकहितमा काम गर्न पाधा परेको देख्यौँ । त्यस्ता ऐन र नियमावलीबीच एकरुपता ल्याउँन हाम्रो दृर्घकालिन योजना ऐन र नियमावलीबीच एकरुपता ल्याउँनु रहेको छ । त्यसको लागि सदनमा संशोधन विधेक दर्ता गराउँन परे पनि गराउँने छौँ । अहिले पनि संघहरूको पदाधिकारी विवाद छ,त्यसलाई मिलाउन ऐन र नियमावलीले दिएको अधिकार प्रयोग गर्छौँ। जहाँसम्म खेलाडीभन्दा पदाधिकारी विदेशमा हुने खेलकुदमा भागलिन जान्छन् भन्ने कुरा छ । त्यस्ता वेथिती र विसंगतीलाई हामी तत्काल बन्द गर्ने छौँ । खेलाडी छनोट गर्दा राम्रो खेलाडी भन्दा पनि आफ्नो मान्छेको छनोट गर्ने भन्ने छ । यदि त्यो सत्य रहेछ भने त्यस्तो काम गर्न दिने छैनौँ । सिंगो खेल क्षेत्रको विकास गर्न सरकारले हाल छुट्याएको बजेट अपर्याप्त भएकाले बजेटको आकार बढाउँन मन्त्री परिपद्मा प्रस्ताव पेश गर्नै छौँ ।

खेलकुदले मानिसलाई शारीरिक र मानसिक वृद्धि गर्ने मात्र नभएर तनाव हुन दिदैँन । जसले गर्दा खेलाडीहरू सृजनात्मक काम सजिलै गर्न सक्छन् । खेलले मानिसलाई अनुशासित हुनसमेत सिकाउँछ । नेपालमा विगत २०/२५ वर्ष पहिला खेलाडीहरूको भविश्य थिएन । तर अहिले केहि मात्रमा भएपनि सरकारले खेलाडीहरूको हौसला प्रदान गर्न कोसिस त गरेको छ । तर न्यून बजेटले गर्दा खेलाडीहरूको सेवासुविधामा कमि छ ।जसले गर्दा चाहेजति खेलाडी देशले जन्माउँन सकेको छैन् ।

क्रिकेट खेलमा नेपालले छलाङमार्दा किन फुटवलमा भने छलाङमार्न नसकेको होला ?

हो,नेपालमा क्रिकेटको क्रेज बढ्दै गएको छ । दर्शकहरूको अपार माया एवं खेलाडीहरूको लगनशीलताले गर्दा टी-२० क्रिकेटमा विश्वकपको छनोट चरणमा प्रवेश गर्न सफल भएको छ । एक दिवसीय क्रिकैटमा पनि राम्रो पर्दशन गरिरहेको छ । हाल पनि काठमाडौँ भन्दा बाहिर राम्रो क्रिकेट मैदान छैन् । भरतपुरमा भने निर्माणको अन्तिम चरणमा छ । देशको मुख्य मुख्य सहरमा क्रिकेट मैदान बनाउँदै जानुपर्छ । त्यसो गर्न सकियो भने टी-२० क्रिकेटमा विश्वकपको छनोट चरणमा प्रवेश गरेको नेपालले विश्वकप नै जित्ने कुरामा म ढुक्क छु ।

क्रिकेटको तुलनामा फुटवलमा नेपालले अपेक्षित परिणाम दिन नसके पनि निराश मानी हाल्नु पर्ने भने देखिदैन् । हाल राष्ट्रिय स्तरको फुटवल खेल उत्यका भित्र मात्र हुने गरेको छ । उपत्यका बाहिर मुख्य मुख्य सहर र जिल्लामा राष्ट्रिय स्तरको फुटवल प्रतियोगिता गर्न सकेको खण्डमा निश्चित रुपमा खेलाडीहरूले उत्कृष्ट खेल खेली नेपाललाई अन्तर्राष्ट्रिय पदक दिलाउँने छन् । नेपाली खेलाडीले अन्तर्राष्ट्रिय पदक जित्न सकेको खण्डमा विश्वले नेपाललाई चिन्ने छन् । विश्वजगतले नेपाल र नेपालीहरूलाई हाल गर्दै आएको हेपाह प्रवृतीको समेत अन्त्य हुने छ । नेपाल र नेपाल सरकारको शिर समेत उँचो हुनेछ ।

आयोजक राष्ट्र नेपाललाई फिफाले दशरथ रङ्गशालामा फुटवल खेल्न स्वीकृति नदिएकाले आयोजक राष्ट्र भएर पनि नेपालले वहराइनमा गएर फुटवल खेलाउँन पर्यो । यसले नेपालको शिर अन्तर्राष्ट्रिय जगतमा खस्केको छ । यसलाई तपाईले कुन रुपमा लिनुभएको छ ?

पक्कै पनि यो नेपाल र नेपालीका लागि दुखद खवर हो । हामी सरकारका गएको धेरै समय भएको छैन् । दशरथ रङ्गशाला अन्तर्राष्ट्रिय मापदण्डको नभएको भने हैन रहेछ । धेरै खेल दशरथ रङ्गशालामा खेलेको थाहा पाएर फिफाले दशरथ रङ्गशालामा फुटवल खेल्न नदिएको रहेछ । आयोजक राष्ट्र नेपाललाई बहराइनमा फुटवल खेल्न आयोजक राष्ट्रकै हैसियतमा फिफाले दिएको थियो । नेपालले बहराइनमा खेल खेलाए पनि आयोजक राष्ट्र भएको नाताले त्यहाँ कमाएको रकम भने नेपाल सरकारले नेपालमा ल्याउँन पाएको थियो । तरपनि भविश्यमा यस्ता गल्ति नदोहोर्याउँन हामी सचेत छौँ ।

उहाँको अन्तर्वार्ताको बाँकी भाग क्रमश: सम्पादन गरिनेछ । पढ्न नभूल्नुहोला ।



115 Views

Comments