राष्ट्रिय प्रजातन्त्र पार्टीद्वारा वृहत शंख र्याली

२० बैशाख, २०८१,१६:०५

२७ चैत्र,काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीद्वारा वृहत शंख र्याली सम्पन्न भएको छ । उक्त वृहत शंख र्याली भृकुटीमण्डपबाट सुरु भएर पुरानो बानेश्वर हुँदै पशुपति आर्यघाटमा पुगेर समापन भएको थियो । सो र्यालीमा अहिले नेपालमा भएका विभिन्न काण्डको तस्विर र पुत्लासहित एकोहोरो शंख फुकेर काण्ड मच्काउँने व्यक्ति र सरकारको अन्त्य भयो भनेर नाराबाजी समेत गरेका थिए ।

हिन्दु संस्कारमा त एकोहोरो शंख मानिसको मृत्यु भएपछि फुकिन्छ । यस्तो अशुभ काम किन गर्नुभयो ? भनी भूगोलपार्कका समचारदाता करुण सिंहले स्थलगत रुपमा गएर सोध्दा जुलुसमा सहभागीहरूले “आजबाट हामीले हिन्दु राष्ट्र ल्यायौँ । धर्म निरपेक्षता राष्ट्र र संघीयता मरेको भन्दै काण्ड गर्नेहरू पनि मरेको संकेतका रुपमा एकोहोरो शंख फुकेका हौँ ।” भनी बताए ।

उक्त र्यालीमा लगभग ५०० जनाले सहभागिता जनाएका थिए । सो वृहत शंख र्यालीमा पहेलो वस्त्र पहिरिएका थिए । उनीहरूको हातमा राष्ट्रिय झण्डा र हिन्दुहरूको झण्डा बोकेको देखिन्थ्यो । उक्त र्यालीमा हिन्दु धर्म गुरुहरूको उल्लेख्य सहभागिता थियो । सो वृहत शंख र्याली पशुपति आर्यघाटमा पुत्ला दहन गरेर समापन भएको थियो ।



91 Views

Comments