‘देश विकासको योजना भएका स्वच्छछवीका युवापुस्तालाई पार्टीले टिकट दिनुपर्छ’

२० बैशाख, २०८१,१५:०४

२६ चैत्र, काठमाडौँ । रास्वपाका नेता एवं समाजसेवी डा.प्रणय राणाले राजनीति ग्रास रुटदेखि गर्नुपर्ने बताउँनुहुन्छ । उहाँ राजनीति भनेको जनताको सेवागर्ने थलो भएकाले देश विकासको योजना भएका स्वच्छछवीका युवापुस्तालाई पार्टीले टिकट पर्ने वताउँनुहुन्छ । उहाँ देश र जनताको सेवा गरी समाजलाई परिवर्तन गर्नका लागि देश विदेशबाट आर्जन गरेको विज्ञतालाई सांसद बनेर नीति निर्माण गर्न राजनीतिमा आएको बताउँनुहुन्छ ।

उनै सरल स्वभाव भएका मुर्धन्य व्यक्ति एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता डा. प्रणयशमशेर राणासँग भूगोल पार्कका समाचारदाता करुण सिंहले “समकालिन संवाद” मा गरिएको कुराकानीका सम्पादित अंश :

तपाईले किन नेपाली कांग्रेस पार्टी परित्याग गरी रास्वपाबाट काठमाडौँको क्षेत्र नंम्बर-५ बाट चुनाव लड्नुभयो ?

हो, म नेपाली कांग्रेसमा ग्रास रुटदेखि देश र जनताको निस्वार्थ सेवाभावले काम गरे । म कांग्रेसको महाधिवेशन प्रतिनिधिसमेत हो । तर नेपाली कांग्रेसबाट सांसदको टिकट पाउँन जेलनेल बसेको वा नेताको आशिर्वाद पाएको हुनुपर्थ्यो । नेपाली कांग्रेसमा राम्रो मानिसहरूलाई टिकट दिनुभन्दा पनि हाम्रा मानिसलाई टिकट दिने चलनले म आजित भएको थिए । देशमा केहि गरौँ भनेर भिजनसहित राजनीतिमा आएका स्वच्छछवीका व्यक्तिहरू अहिले पनि लाखौँ छन् । तिनीहरूलाई कांग्रेसले टिकट दिदैँन । वरु मलाई जस्तै अनेकौँ आक्षेप लगाउँछन् । नेपाली कांग्रेसमा रहदा हुँदै नभएको झुटा अफबाह मेरो बारेमा फैलाइयो । सो कुराबाट आजित भएको थिए । सोहि समय नीति र सिद्धान्त मिल्ने पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीको उदय भयो र नेपाली कांग्रेसको सदस्यता त्यागी रास्वपामा आवद्ध भए ।

काठमाडौँको क्षेत्र नंम्बर-५ का मतदाताहरूको चाहानलाई शिरोपर गरी आफूले उम्मेद्वारी दिएको थिए । पर्याप्त तयारी बेगर पनि उक्त क्षेत्रका मतदाताहरूले सम्मान जनक मत दिनुभयो । म उहाँहरूप्रति सधै ऋणी रहनेछु । मलाई विश्वास छ आगामी दिनमा यस क्षेत्रका मतदाताले मलाई अत्यधिक मतले विजय गराउँने छन् ।

मैले केनेसा स्टेट युनिभर्सिटीबाट अन्तर्राष्ट्रिय द्वन्द्व व्यवस्थापनमा २०१६ मा पीएचडी गरी २०१८ सम्म सहायक प्राध्यापकको रूपमा पढाए। अमेरिकाको सेन्टर अफ डिजिज कन्ट्रोल (पीडीसी) मा समेत काम गरे । पीडीसीको अध्ययनलाई विश्वभरका मुलुकले महत्वपूण मान्छन् । प्रतीकार्यको तयारी त्यसैमा आभारित हुन्छ । त्यस्तो महत्वपूर्ण ठाउँमा काम पाएर पनि राणा कोराना महामारीमा नेपालीलाई सेवा गर्न भनी हरेक नेपालीहरूको सपनाको देश अमेरिका त्यागेर नेपाल फर्किए । अन्तर्राष्ट्रिय दातृ निकायहरूसँग मिलेर सात वटै प्रदेशमा मास्क, पीपीई, भेन्टिलेटर, अक्सिजन सिलिन्डर, फाइजर खोप आदि वितरण गर्ने अभियान दुई वर्षसम्म चलाए । पढाइ र नीति निर्माणमा बाहिर गरेको कामको अनुभवलाई नेपालमा उपयोग गर्न राजनीतिमा आएको हुँ ।

तपाईको पार्टीका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सुन तस्करका आरोपी पूर्वसभामुख एवं माओवादीका उपाध्यक्ष कृष्ण बहादुर महरालाई समातेर छोडेको आरोप बारे के भन्नुहुन्छ ?

यथेष्ट प्रमाणका आधारमा हाम्रो पार्टी अध्यक्ष एवं गृहमन्त्री रविले सिआईबीलाई तस्कर जो सुकै र जाँहा सुकै भएपनि समाउँन निर्देशन दिएपछि सुन तस्करका आरोपी पूर्वसभामुख एवं माओवादीका उपाध्यक्ष कृष्ण बहादुर महरा पक्राउँ परेका हुन । गृहमन्त्री कार्यपालिका अन्तर्गत पर्दछ । उसको काम भनेको विनाआग्रह पूर्वाग्रह यथेष्ट प्रमाणका आधारमा न्यायापालिका भित्र पर्ने अदालतसामु मुद्दा दायर गर्नु हो । सुन तस्करको आरोपमा पक्राउँ परेका महराले आफ्नो स्वास्थ्य गम्भीर रहेको भन्दै डाक्टरको पूर्जी अदालत पेश गरेका देखिन्छ भने अदालतले हाजिरी जमानीमा छोडेको देखिन्छ।

केहि दल र सञ्चारमाध्यमहरूले जनतालाई दिगभ्रमित पार्न सकिन्छ कि भनेर झुठो समाचार संप्रेषण गरिरहेका छन् । उनीहरूलाई जनताले नजिकबाट विगतदेखि नै चिनेकाले पार्टी अध्यक्ष रविको झन लोकप्रियता बढदै गएको छ । जसले गर्दा रवि र रास्वपालेमात्र निश्वार्थ देश र जनताको सेवा गर्छ भन्ने संन्देश आम नेपाली माझ प्रवाह भएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी पूर्वगृहमन्त्री एवं कांग्रेसका नेता बालकृष्ण खाँड पक्राउ परी जेल चलान भएका व्यक्तिलाई अदालतले रिहा गर्नुलाई के भन्नुहुन्छ ?

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री खाँड मुछिनु नेपाल र नेपालीहरूकै लज्जाको विषय हो । अन्तर्राष्ट्रिय जगतमा यस्ता गतिविधिले नकरात्मक असर गर्छ । विदेशमा गएका नेपालीहरूलाई हेर्ने दृष्टिकोणमा समेत नराम्रो असर परेको छ । यस्ता व्यक्तिलाई न्यायालयले उन्मुक्ति दिनु दुखद कुरा हो । यस्ता निर्णयले कतै न्यायालय भ्रष्टचार गर्ने अखडा त बनेको छैन् भनी प्रश्न उब्जिएको छ ।



98 Views

Comments