‘इलाम क्षेत्र नं २ को उपनिर्वाचनमा रास्वपाका उम्मेद्वार मिलन लिम्बूले अत्याधिक बहुमतले जित्नेछन्’

२० बैशाख, २०८१,१६:४८

२६ चैत्र, काठमाडौँ । रास्वपाका नेता एवं समाजसेवी डा.प्रणय राणाको जन्म सामान्य परिवारमा भएको थियो । उहाँको माताको अढाइ वर्षमा नै निधन भएकाले पिताकै रेखदेखमा हुर्कनुभयो । उहाँको पिता नेपाली सेनामा लामोसमय काम गर्नुभएकाले उहाँले पनि त्रिचालीस बेसिकमा नेपाली सेनाको अधिकृतबाट सेवा प्रवेश गर्नुभएको थियो । नेपाली सेनामा प्रवेश गर्नु पूर्व ‘ए’ डिभिजन कल्बमा अतिरिक्त गोलकिपर हुनुहुन्थ्यो । तृष्णा वुद्धिका धनी उहाँ पठनपाठनका साथै अतिरिक्त क्रियाकलापमा समेत अब्वल हुनुहुन्छ । उहाँ खेलकुदका साथै गितार बजाउँन समेत माहिर हुनुहुन्छ । सशस्त्र माओवादीको २०६० सालदेखिको ४ वर्षे द्वन्द्वकालमा हात र गोडा गोलीको छर्रा लागेकाले अहिले पनि शारीरिक पीडा भोगिरहनुभएको छ । उहाँले नेपाली सेनामा जम्मा ७ वर्ष जागिर खानुभएको थियो ।

उहाँले आफ्नो पीएच.डी. २०१६ मा केनेसा स्टेट युनिभर्सिटीबाट अन्तर्राष्ट्रिय द्वन्द्व व्यवस्थापनमा गरी २०१८ सम्म सहायक प्राध्यापकको रूपमा पढाउँनुभयो।अमेरिकाको सेन्टर अफ डिजिज कन्ट्रोल (पीडीसी) मा समेत काम गर्नुभएको थियो । पीडीसीको अध्ययनलाई विश्वभरका मुलुकले महत्वपूर्छ मान्छन् । प्रतीकार्यको तयारी त्यसैमा आभारित हुन्छ । त्यस्तो महत्वपूर्ण ठाउँमा काम पाएका राणा कोराना महामारीमा नेपालीलाई सेवा गर्न भनी नेपाल फर्कनुभयो । अन्तर्राष्ट्रिय दातृ निकायहरूसँग मिलेर सात वटै प्रदेशमा मास्क, पीपीई, भेन्टिलेटर, अक्सिजन सिलिन्डर, फाइजर खोप आदि वितरण गर्ने अभियान दुई वर्षसम्म चलाउँनुभयो । उहाँ पढाइ र नीति निर्माणमा बाहिर गरेको कामको अनुभवलाई नेपालमा उपयोग गर्न चाहानुहुन्छ ।

उनै सरल स्वभाव भएका मुर्धन्य व्यक्ति एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता डा. प्रणयशमशेर राणासँग भूगोल पार्कका समाचारदाता करुण सिंहले “समकालिन संवाद” मा गरिएको कुराकानीका सम्पादित अंश :

इलाम क्षेत्र नं २ को उपनिर्वाचनमा कसले जित्ला ?

इलाम क्षेत्र नं २ मा आगामी वैशाख १५ गते उपनिर्वाचन हुँदै छ । गत भदौ २५ गते यस क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्बाङको निधनभएपछि यहाँ उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनमा २० उम्मेद्वार चुनावी प्रतिस्पर्धामा छन् । इलाम क्षेत्र नं २ को उपनिर्वाचनमा इलामका जनताले अधिकारकर्मी, पहिचानवादीको मुद्दा बोकेका रास्वपाका उम्मेद्वार मिलन लिम्बूलाई अत्याधिक बहुमतले जिताउँने छन् । रास्वपाले गरिरहेको काम र विगतको निर्वाचनमा रास्वपामाथि जनताले गरेको भरोसाले उहाँको जित सुनिश्चित पारेको छ । जनताले युवापुस्तालाई चुनाव जिताउँने नाममा विषयवस्तुको ज्ञान, सीप र अनुभव नभएका व्यक्तिलाई जिताउँन भने हुँदैन् ।

त्यस्तै बुबाआमाको राजनीतिक विरासत भएकै कारण विषयवस्तुको ज्ञान, सीप र अनुभव नभएका सुवासचन्द्र नेम्बाङका छोरा सुहाङ नेम्बाङले सत्ता साझेदार दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माओवादी) समर्थन भएपनि जित्दैनन् । पहिचानवादीहरूको भोट बाढिएकै आधारमा नेपाली कांग्रेसका डम्बर खड्काले जित्ने कुनै आधार देखिदैन् । विगतमा लामो समय माओवादी पार्टीमा लागेका मिलन लिम्बू पहिचानवादी मात्र नभएर विषयवस्तुको ज्ञान, सीप र अनुभव भएका एवं ग्रास रुटबाटै प्राइमरी इलेक्सनमा पनि अत्यधिक मतदाताले रुचाउका व्यक्ति हुन । रास्वपाको प्राइमरी इलेक्सनमा चर्चामा रहेका उम्मेद्वारहरूको समेत उहाँलाई समर्थन रहेको छ ।

स्मरण रहोस्, इलाम क्षेत्र नं २ मा हुँने उपनिर्वाचन राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङ, नेकपा (एकीकृत समाजवादी) का जितबहादुर राई, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङ, पहिचानवादीका डकेन्द्रसिंह थेगिम, नेपाल मजदुर किसान पार्टीका श्याम दर्जी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका गणेशबहादुर चौहान, राष्ट्रिय मुक्ति आन्दोलन नेपालका जयवन्तविक्रम शाह, नेसनल रिपब्लिक नेपालका धनराज राना मगर, मङ्गोल नेसनल अर्गनाइजेसनका मणिबहादुर लिम्बू र नेपाली जनता दलका रेशमबहादुर सुनुवार पनि चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । यसैगरी, स्वतन्त्र उम्मेद्वारहरु क्रमशः डाकप्रसाद गौतम, दीपेश बोहोरा, मनोज निरौला, योगेन्द्र गुरुङ र राज बस्याल पनि चुनावी भिडन्तमा सामेल हुनुहुन्छ । उपनिर्वाचन सम्पन्न गर्न निर्वाचन आयोगले जिल्ला न्यायाधीश केशवप्रसाद घिमिरेलाई मुख्य निर्वाचन अधिकृत तोकेको छ ।

इलाम–२ मा ७९ मतदानस्थल र एक सय ४९ मतदान केन्द्र रहेका छन् । यी केन्द्रमा आठ सय ९४ कर्मचारी परिचालन हुनेछन् । निर्वाचन आयोगका अनुसार यही चैत २७ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन र उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिनेछ । चैत २८ देखि वैशाख १२ गतेसम्म प्रचारको अवधि तोकिएको छ ।

उहाँको अन्तर्वार्ताको बाँकी भाग क्रमश: सम्पादन गरिनेछ । पढ्न नभूल्नुहोला ।



162 Views

Comments