विद्यार्थी विदेश पलाएन नहुन सरकारले भ्रष्टचारलाई अन्त्य गरी स्वदेशमा लगानीमैत्री वातावरणको व्यवस्था गर्नुपर्छ

२५ बैशाख, २०८१,१०:४४

२६ चैत्र, काठमाडौँ । पूर्वसचिव भीम उपाध्यायले देश र जनाताको पक्षमा कलम चलाएर नेतालाई खवरदारी गर्दै जनतालाई हक र अधिकारको बारेमा सुसूचित गर्ने गर्नुभएको छ । निजामति सेवाबाट अवकास पाएपछि अहोरात्र परोपकारी काम र समाजसेवामा तल्लिन हुनुहुन्छ । सरल स्वभाव भएका मुर्धन्य व्यक्ति एवं इन्जिनीयर पूर्वसचिव भीम उपाध्यायसँग भूगोल पार्कका समाचारदाता करुण सिंहले “सांसदसँग समकालिन संवाद” मा गरिएको कुराकानीका सम्पादित अंश :

१६ लाख विद्यार्थीहरू विदेश अध्ययनका लागि लर्को लागेर अमेरिका, युरोप, अष्ट्रेलीयालगायत देश गएर किन उतै पिआर र ग्रीन कार्ड लिएर बसेका होलान ? तिनलाई रोक्न के गर्नुपर्ला ?

यो पक्कै पनि तथ्यांक चिन्ताजनक छ । यसबाट हामी चिन्तित हुनुपर्छ । यसो हुनको कारण पहिलो नेपालमा केही उद्यम गर्हौ भने नीतिगत बाधाअर्चनहरू धेरै छन् । दोस्रो लोन लिन व्यावसायबाट आम्दानी भएको हुनुपर्छ । त्यसैले सुरुमा उद्यमीले सहुलियत लोनको त कुरै छाडौँ लोन नै पाउँदैनन् । अहिले पनि खरबौँ रकम बैंकमा थुप्रीएर बसेको छ । नीतिगत झनझटले गर्दा केहि मानिस पैसा भएर पनि लगानी गर्न डराइरहेका छन् । फेरि ग्राजुएसन गर्न विदेशमा ४ वर्ष समय लाग्नेमा नेपालमा ६ वर्ष लाग्ने गरेको छ । पास भएपछि पनि रोजगारीको ज्ञारेन्टी छैन् । विश्व ग्लोबलाइजेसन भइसकेकाले छोटो समयमा पढाइ सकेर रोजगारीको ज्ञारेन्टी हुने मुलुकमा जाने गर्छन् । अर्को नेपालमा रोजगारी पाइहाले पनि परिवार पाल्न चाहिने औषत रकमभन्दा पनि न्यून पारीश्रमिक पाउँने गर्छन् । त्यसैले विद्यार्थी विदेश अध्ययनका लागि विभिन्न देशहरूमा गएका हुन । तिनीहरूलाई विदेश जानबाट रोक्न नीतिगत सुधार राज्यले अविलम्व गर्नुपर्छ । देशमा स्थिर सरकार बन्नुपर्छ । भ्रष्टचारलाई निर्मूलपारी पूँजीगत खर्चमा वृद्धि हुनुपर्छ ।

तपाईको अमेरिका ६ महिनाको भ्रमण कस्तो रह्यो ?

नेपाल र नेपालीहरूले आधारभूत आवश्यक्ता शिक्षा, स्वास्थ्य, खानेपानी, विजुली, सडक-यातायात आदि पाएका छैनन् । तर मेरो अमेरिका बसाइँमा त्यहाँ सबै सेवा अनलाइनबाट भएको पाए । आर्थिक कारोबार बैंक टु बैंक हुदोरहेछ । जसले गर्दा आधारभूत आवश्यक्ता पूरा गर्न त्यहाका जनतालाई सजिलो रहेछ । अमेरिका, युरोप, अष्ट्रेलीयालगायत देशमा उच्चतम डिजिटल प्रविधिको प्रयोग भएको देखियो । जसले गर्दा विश्वको जुनसुकै ठाउँबाट जुनसुकै देशको काम योग्यता र क्षमताका आधारमा विना झनझट अनलाइनबाटै काम भएको पाए । मेरो छोरा आइटी इञ्जिनीयर हो । ऊ राम्रो अमेरिकी तलव र सेवासुविधा लिएर सिङ्गापुरमा नै बसेर अमेरिकाको काम गर्छ ।

विदेशमा भने सुरुमा सरकारले सहुलीयपूर्ण ऋण दिने आम्दानी नभएसम्म कर फ्री गरेको देखे । नेपालका नेताहरू यी आदि कुराबाट परिचित भए पनि मिलाउँन र खानमा नै अधिकांश समय बेथित गर्छन् । क्यानाडालगायत देशमा पिआर र ग्रीन कार्ड पाएका परिवारका बालबालिकालाई केहि समय खानेकुराको लागि भन्दै भत्ता र नि:शुल्क शिक्षा दिने गर्दछ । अध्ययन गर्न गएका अधिकांश विद्यार्थीहरू पढाई सकेपछि उतै पिआर र ग्रीन कार्ड लिएर बसेका देखिन्छ ।

अहिले अमेरिका, युरोप, अष्ट्रेलीयालगायत देशमा गएका विद्यार्थीहरूका बुवा-आमा नेपालमा नै भएकाले केहि समय त उनीहरूले नेपाल पैसा पठाउछन् । तर पछि गएर उनीहरूले पनि नेपाल पैसा पठाउँदैनन्। कतिनजेल खाडीअरबलगायतबाट न्यून ज्यालादारी गरी पठाएको श्रमिकको विप्रषण (रेमिटेन्स)ले देश चल्छ । त्यसैले यसतर्फ समयमा नै सरकारको ध्यान नजाने हो भने स्वदेशको पूँजी विदेश पलायन हुने तर सरकारको आम्दानीको मुख्य श्रोत विप्रषण (रेमिटेन्स) घटेर जनेदेखिन्छ ।



112 Views

Comments