नेपालमा गाँजा खेतीलाई वैधानिकीकरण गर्न सरकारले ढिलो गर्नु हुँदैन

२३ बैशाख, २०८१,१४:३३

२४ चैत्र, काठमाडौँ । पूर्वसचिव भीम उपाध्यायले देश र जनाताको पक्षमा कलम चलाएर नेतालाई खवरदारी गर्दै जनतालाई हक र अधिकारको बारेमा सुसूचित गर्ने गर्नुभएको छ । निजामति सेवाबाट अवकास पाएपछि अहोरात्र परोपकारी काम र समाजसेवामा तल्लिन हुनुहुन्छ । सरल स्वभाव भएका मुर्धन्य व्यक्ति एवं इन्जिनीयर पूर्वसचिव भीम उपाध्यायसँग भूगोल पार्कका समाचारदाता करुण सिंहले “सांसदसँग समकालिन संवाद” मा गरिएको कुराकानीका सम्पादित अंश :

नेपालमा गाँजा खेतीलाई वैधानिकिकरण गर्न किन ढिलो गर्न हुँदैन् ?

विश्वका पर्यटकहरूले नेपालमा उत्पादन भएको गाँजामा प्रचुरमात्रमा आषधीयगुणले गर्दा धेरै मनपराएर किनेर लाने गर्थ्ये । नेपालमा गाँजा तेस्रो देशमा उल्लेख्यमात्रमा निर्यात हुन्थ्यो । जसले गर्दा देशको प्रमुख आम्दानीको स्रोत नै गाँजा थियो । गाँजाको ठेक्का पट्टा हुन्थ्यो । विदेश निर्यात हुन्थ्यो ।

सन् १९६१ को मार्चमा संयुक्त राष्ट्रसङ्घको सम्मेलनले अन्तर्राष्ट्रिय सन्धि 'सिङ्गल कन्भेन्सन अन नार्कोटिक ड्रग १९६१' पारित गरेको थियो। जसले गाँजालाई लागुऔषध मान्दै अमेरिकाको आग्रहमा संसारभरी गाँजा बेचविखनमा प्रतिबन्ध लगायो। सुरुमा नेपालमा पनि अनुदान दिएर बन्द गर्न लगायो । तर सधै अनुदान त दिएन् ।

नेपालले सो अभिसन्धिमा हस्ताक्षर गरेपछि सन् १९७६ मा लागुऔषध नियन्त्रणसम्बन्धी कानुन बनायो । त्यसमा गाँजाको खेती, भण्डारण, सेवन र बिक्री वितरणलाई अवैधानिक र दण्डनीय अपराध मानियो। पाँचचोटि संशोधन भइसकेको सो ऐनले २५ बोट गाँजा खेती गर्नेलाई तीन महिनासम्म कैद वा तीन हजार रुपैयाँसम्म जरिवाना तोकेको छ । सोभन्दा बढी खेती गर्नेलाई तीन वर्षसम्म कैद र पाँच हजार रुपैयाँ जरिवाना हुन सक्छ।

उक्त ऐनअनुसार ५० ग्रामसम्म गाँजा राखे तीन महिनासम्म कैद र तीन हजार रुपैयाँसम्म जरिवाना हुन सक्छ।

दुरदराज गाउँका कृषकको आम्दानीको मुख्य श्रोत पनि बन्द भयो । जसले गर्दा सरकारले वैधानक तरिकाले गाँजाबाट लिदै आएको राजस्व पनि बन्द भयो । जसले गर्दा राजस्व असुली गर्नकै लागि गिटी बालुवा बेच्नु पर्ने अवस्था सृजना भयो ।

गाँजा खेती आद्योगीक, कृषी र औषधी गरी तीन प्रयोजनका लागि गर्न सकिन्छ । गाँजाका प्रजातीहरू पनि धेरै हुन्छन् । नेपालको गाँजा आषधीय गुणले भरीपूर्ण भएकाले पहिला पहिला युरोप, अमेरिकालगायत विश्वभरी बिक्रि हुन्थ्यो । गाँजाले ‘ए टुजेट’ रोगलाई निको पार्छ । गाँजामा नशा छ तर सबै गाँजामा नशा हुँदैन् । मर्फीनले दुखाई कम गर्न नसकेको गाँजाले दुखाई निर्मूल पारिदिन्छ । गाँजाको सेवनले रोक निको हुनेमात्र नभएर पुन: रोग नै लाग्दैन । के भ्रम नहोस भने सुर्ती चुरोडको जस्तो गाँजामा निकोटिन विष हुँदैन् ।

हाम्रो मानव शरिरमा पाचन प्रणाली, श्वास प्रश्वास प्रणाली आदि भएझैँ आन्तरिक गाँजा प्रणाली हुन्छ । गाँजाको सेवनबाट मात्र सो प्रणाली सक्रीय हुन्छ र मानव शरिरलाई फाइदा पुर्याउँछ । गाँजाले तनावबाट छुटकारा दिन्छ यानी रिल्याक्स गर्छ । स्लीपिङ ट्यावलेट खाएर निदाउँनुपर्ने विरामीले समेत गाँजाको सेवन गरेमा सजिलै निदाउँन सक्छ । यसले शरिरलाई कुनै हानीनोक्सानी गर्दैन ।

गाँजाको सेवन वाफ लिएर, धुम्रपान गरेर र खाएर गर्न सकिन्छ । गाँजाको पातको टि सेवन गरेमा मानसिक थकान कम गर्छ र निन्द्रा लाग्छ । गाँजाले साधारण रोग देखि गम्भीर प्रकृतीको रोगलाई निको पार्छ । नेपालमा गाँजा खेती अवैध भएको कारण गाँजा खेती गरेको प्रहरीले थाहा पाएमा नष्ट गरिदिन्छ । कृषकलाई गाँजा खेती गर्न अन्नवालीको झैँ धेरै मिहिनेत गर्नु पर्दैन । रुखो पाखो जग्गामा पनि उनीहरूले खेती गरी सजिलै प्रशस्त आम्दानी गर्न सक्छन् ।

सन् २०२२ डिसेम्बर २ मा भएको संयुक्त राष्ट्र संघको एक बैठकमा गाँजा औषधीको रुपमा प्रयोग गर्न सकिन्छ भन्ने कुरा वोध भयो । विश्व स्वाथ्य संगठन (डब्लुएचओ)ले समेत गाँजा औषधीय गुणले भरिपूर्ण हुने जनाएको छ । सरकार कानमा तेल हालेर बसेको छ । अहिले पनि ५० अर्बभन्दा बढीको गाँजा नेपालबाट तस्कर हुने गरेको छ । तस्करहरूले सिमित राजनीतिक दलका नेता, कर्मचारी, व्यापारी आदिलाई दवाव र प्रभावमा पारेर अकुत सम्पती कमाई राखेका छन् । तर सरकारले नत राजस्व असुली गर्न गाँजा खेतीलाई वैधानिकीकरण गर्न सकेको छ नत सस्करलाई रोक्न नै ।

नेपाल र भारतले गाँजा खेतीलाई वैधानिकीकरण गर्नुपर्छ भन्ने पक्षमा मतदान गरेको छ । ५३ देश मध्ये नेपालसहित २७ देशले पक्षमा र २६ देशले विपक्षमा मतदान गरेकाले नेपालले गाँजा खेतीलाई वैधानिकीकरण गर्नुपर्छ भन्ने पक्षमा निर्णायक मतप्रकट गरेको देखिन्छ । अमेरिकाले संसारभरी गाँजा खेतीलाई अवैध घोषणा गरेको १० वर्षपछि मात्र नेपालले र २० वर्षपछिमात्र भारतले अवैध घोषणा गर्यो । नेपालमा विकास गर्ने भन्दा पनि सिमित व्यक्तिहरूको फाइदाको लागि विनास गर्ने ट्रेन देखिएको छ । देशको हित गर्नै हो भने तस्करितन्त्र रोक्नुपर्छ । गाँजा खेतीलाई वैधानिकीकरण गर्ने कानुन तुरुन्त संसदबाट विधेक पास गर्नुपर्छ । तेसो गर्न सकिएको खण्डमा दुरदराजका ‘हुदा खाने’ वर्गले गाउँमा नै आम्दानी गर्न सक्छन् । उनीहरूलाई दुई छाक खानकै लागि विदेशीनु पर्दैन् । गरिवको जीवनस्थरमा कायापलट हुन्छ भने राज्यले पनि अरबौँ राजस्व संकलन गर्नसक्छ ।

वैज्ञानिकहरूले के प्रमाणित गरी सकेका छन् भने मेडिकल डक्टरले दिएको दवाईले रोग कम गर्छ, रोगको निर्मूल पार्दैन तर गाँजाको सेवनले रोग निर्मूल नै पार्छ । रक्सीको सेवनले सवारी दुर्घटना, परिवारमा झगडा हुने हुन्छ । तर गाँजा सेवन गर्ने मानिसले परिवार र समाजलाई कुनै हानी गर्दैन । हानी नै गरे पनि सेवन गर्नेलाई हुन्छ ।

उहाँको अन्तर्वार्ताको बाँकी भाग क्रमश: सम्पादन गरिनेछ । पढ्न नभूल्नुहोला ।



245 Views

Comments