इलाम-२ मा हुने उपनिर्वाचनमा कसले जित्छ भन्न अहिल्यै सकिदैँन

२० बैशाख, २०८१,१७:२४

२२ चैत,काठमाडौँ । गुल्मीमा २०१६ सालमा सामान्य परिवारमा जन्मनुभएका पूर्वसचिव भीम उपाध्याय भैरहवामा हुर्केका उनले त्यही जेहन्दार छात्राबृद्धि पाएर १० कक्षासम्म अध्ययन गर्नुभयो । २ वर्षे छात्राबृद्धिमा पुल्चोक इन्जिनीयर कलेजमा अध्ययन गर्नुभएको उहाँले ३ वर्ष जागिर खानुभयो । त्यसपछि राजिनामा दिएर छात्राबृद्धिमा नै भारतमा ४ वर्ष इन्जिनीयरिङ विषयमा अध्ययन गर्नुभयो । भारतबाट अध्ययन पूरा गरेका उनले शाखा अधिकृतबाट सेवा सुरु गर्नुभई सचिव जस्तो गरिमामय पदबाट अवकास लिनुभएको थियो ।

परिवारको जेठो छोरा उहाँ सधै पढाइमा अवल हुनुहुन्थ्यो । ब्रामण परिवारमा हुर्कनु भएकाले पनि हुन सक्छ, उहाँको पितामातामा शिक्षाको महत्व राम्रो थाहा भएको पाइन्छ । साधारण परिवारमा जन्मनु भएको उहाँको बसाई सहरमा नै भएपनि सानै उमेर देखि ‘सादा जीवन उच्च विचार’ भएका व्यक्ति हुनुभएकाले साधारण खानपान र रहनसहनमा विताउँनुभयो । अध्ययनका लागि सधै छात्राबृद्धिमा पाउँने गरेको हुनाले उनको सहरको वसाइँ सहज भएको देखिन्छ ।

उहाँको पेशा नै सृजनै सृजनाको पेशा हो । उहाँको दक्षता र उहाँको सिङ्गो टिमको प्रयासले हजारौँ घर पुल बनेका छन् । उहाँकै कार्यकालमा ५ हजार झोलुङ्गे पुल बनी सकेको छ । उहाँको कार्यकालमा ५०-६० हजार कि.मी. सडक बनि सकेको छ ।

उनले देश र जनाताको पक्षमा कलम चलाएर नेतालाई खवरदारी गर्दै जनतालाई हक र अधिकारको बारेमा सुसूचित गर्ने गरेका छन् । निजामति सेवाबाट अवकास पाएपछि अहोरात्र परोपकारी काम र समाजसेवामा तल्लिन हुनुहुन्छ । सरल स्वभाव भएका मुर्धन्य व्यक्ति एवं इन्जिनीयर पूर्वसचिव भीम उपाध्यायसँग भूगोल पार्कका समाचारदाता करुण सिंहले “सांसदसँग समकालिन संवाद” मा गरिएको कुराकानीका सम्पादित अंश :

इलाम-२ मा हुने बैशाख १५ गतेको उपनिर्वाचनमा कुन दलले जित्ला ?

रास्वपाका उम्मेद्वार मिलन लिम्बू जनतामाझ कत्तिको लोकप्रिय छन् र स्वतन्त्र नागरिकले कस्तो भूमिका खेल्छन् ।

ठूला दलहरूले विगतमा राम्रा नारा लिएर जनताको मन जितेर निर्वाचित भएपश्चात भ्रष्टचार र सत्ताको लुछाचुडिमा नै अधिकांश समय विताएर जनपक्षिय काम राम्रोसँग नगरेकाले जनतामा युवा नेता र रास्वपा जस्तो नयाँ दलमा क्रेज बढेर गएको छ । रास्वपाका उम्मेद्वार मिलन लिम्बू जनतामाझ कत्तिको लोकप्रिय छन् र स्वतन्त्र नागरिकले कस्तो भूमिका खेल्छन् । त्यसैमा उहाँको जित र हार लुकेको छ । पूर्व सभामुख स्वर्गीय सुवास नेम्वाङले विगतमा लगातार जितेको एमालेको लाल किल्ला हो । तर पनि उनका छोरा सुहाङ नेम्वाङ बुवाझैँ लोकप्रिय नहुन सक्छन् । हिजोको नेका, एमाले, माओवादीहरूको जनमत रास्वपाका उम्मेद्वारले पाएभने उनको जित सुनिश्चित देखिन्छ । अन्यथा विगतको निर्वाचनलाई समिक्षा गर्ने हो भने नेका र एमालेबीच दुईपक्ष भिडन्त हुने देखिन्छ । अहिल्यै कसले जित्छ भनी आँकलन सकिदैँन । जनजाति बाहुल्य रहेको क्षेत्र भएकाले जनजातिको भोट बाढिएर गैर जनजातिले पनि जित्न सक्छन् । तर पहिचानवादी पार्टीले भने चुनाव जित्दैनन् ।

गत स्थानीय निकायको निर्वाचनदेखि नै स्वतन्त्र उम्मेद्वारप्रति क्रेज बढ्दै गएको थियो । कसैले आँकलन नै नगरेको मत ल्याई काठमाडौँबाट बालेन्द्र शाह (बालेन), धरानबाट हर्क साम्पाङ र धनगढीबाट गोपि हमालले मेयरमा विजय हासिल गरे । उनीहरूले अहिलेसम्म जनपक्षीय काम राम्रो गरेका छन् । काठमाडौँका मेयर बालेनले जनपक्षीय काम राम्रो गरेपनि पूँजीगत खर्च भने अन्य महानगरपालिकाको भन्दा पनि कम गरेको आँकडाले देखाउँछ । देश विकास हुन साधारण खर्च कम र पूँजीगत खर्चमा वृद्धी हुनुपर्छ ।

अन्तर्वार्ताको बाँकी भाग क्रमश; आउँनेछ । पढ्न नभूल्नुहोला ।



765 Views

Comments