महालक्ष्मी विकास बैंक र एन आई सी एशिया क्यापिटल लि. बीच सहकार्य गर्ने

२० बैशाख, २०८१,१०:५२

२० चैत, काठमाडौँ । महालक्ष्मी विकास बैंक र एन आई सी एशिया क्यापिटल लि. बीच व्यवस्थित लगानी योजना Systematic Investment Plan (SIP) मा पहुँच वृद्धि गर्न सहकार्य गर्ने भएको छ । एन आई सी एशिया क्यापिटल लि. द्धारा सञ्चालित खुलामुखी योजना – एन आई सी एशिया डाईनामिक डेप्ट फण्डको महालक्ष्मी विकास बैंकले वितरण एजेण्टको रुपमा कार्य गर्न एक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।  

महालक्ष्मी विकास बैंकको शाखा सञ्जालहरूको अधिकतम उपयोग गरी लगानीका अवसरहरूको थप विस्तार तथा विविधीकरण हुने लक्ष्य यो समझदारीबाट लिइएको छ । देशभर रहेका लगानीकर्ताहरूको एन. आइ.सी एसिया डाईनामिक डेप्ट फण्डमा सहज पहुँच भई वित्तीय समावेशीता तथा वित्तीय सशक्तीकरणको माध्यमबाट समग्र वित्तीय क्षेत्रमा योगदान पुग्ने विश्वास समेत लिइएको छ । हाललाई यो सेवा बैंकको दरबारमार्ग शाखामार्फत र क्रमश: देशभरका शाखा कार्यालयहरू मार्फत प्रदान गरिनेछ ।

“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्ष देखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १०३ वटा शाखा कार्यालयहरु र करिब ७ लाख ग्राहकहरू रहेका छन् । साथै मिति २०८०/०९/२८ मा सम्पन्न बैंकको २२ औ वार्षिक साधारण सभाबाट विदेशी बैंक वा वित्तीय संस्थालाई रणनीतिक साझेदारको रुपमा ल्याउन प्रस्ताव समेत पारित भएको छ । सधै उच्च प्रतिफल दिदैँ डिजिटल प्रविधिको उच्चतम प्रयोग गरी सेवा प्रदान गरेको महालक्ष्मी विकास बैंकमा खाता खोली सेवा लिनको लागि आम नेपालीहरूलाई भूगोलपार्क विनम्र अनुरोध गर्दछ ।



87 Views

Comments