अमेरिकी सांसदका उम्मेदवार एड्रियन पोखरेलप्रतिको क्रेज बढ्दो

१४ बैशाख, २०८१,१४:४२

‘आफूले जितेमा दक्षिण एशीयाबाट अमेरिकामा बस्नेहरूको हकहितको लागि दत्तचित्त भएर लाग्छु’: एड्रियन पोखरेल

१२ चैत,काठमाडौँ । अमेरिकी सांसदका लागि नेपाली मूलका एड्रियन पोखरेलले भर्जिनियाको राजधानी रिचमण्डमा आधिकारिक रुपमा उम्मेदवारी दर्ता गराएसँगै उहाँप्रति नेपालीमुलका मात्र नभएर विश्वभरबाट अमेरिकामा बस्ने एवं अमेरिकाकै मुल बासिन्दाहरूसमेत स्वत:स्फूर्त रुपमा उहाँको प्राइमरी इलेक्सनको प्रचारप्रसारमा जुटेका छन् । प्राइमरी इलेक्सनमा उहाँलाईं जुन १८ तारिखसम्म भोट गर्न सकिनेछ । भोट किन र कसरी गर्ने भन्ने बारेमा सामाजिक सञ्जालमा तरिकासमेत बताइएको छ । उनले उम्मेदवारी दर्ता गराएका भर्जिनियाको १० औँ निर्वाचन क्षेत्रमा ५ लाख मतदाता रहेका छन् । जुन मतदाताहरूसामु तपाईहामीले चुनावी क्याम्पेन अझ घनिभूत रुपमा गर्न सकेको खण्डमा उहाँको जित सुनिश्चित देखिन्छ ।

पोखरेलले फेब्रुअरी ७ बुधबारका दिन भर्जिनियाको राजधानी रिचमण्डको गेन्सभिल शहरमा पुगी भर्जिनिया निर्वाचन समितिमा आफ्नो उम्मेदवारी दर्ता गराएका थिए । उनले त्यहाँ उम्मेदवारी दर्ता गराएपछि आफ्नो सामाजिक सञ्जालमा ‘आफू नेपालको एउटा सानो गाउँबाट अमेरिकी लोकतन्त्रको मुटुसम्म रिचमण्डको भर्जिनिया निर्वाचन समितिमा कांग्रेसको लागि आधिकारिक रूपमा उम्मेदवारी दर्ता गरेको’ उल्लेख गरेका थिए ।यो महत्त्वपूर्ण अभियान सुरु गर्दा ‘म हाम्रो विविध समुदायको आशा बोक्न नम्र छु र हामीलाई धेरै मत दिएमा यस भूमिको सेवा गर्ने अवसरबाट प्रेरित हुँनेछु’ भन्दै मतदातालाई प्रेरणादायी सन्देशसमेत दिएका थिए।

उनले मतदाताहरूलाई ध्यानाकर्षण गर्दै निरन्तर समर्थनको लागि अनुरोधसमेत गरेका छन् । उनले सबैका लागि उज्यालो भविष्य निर्माण गर्न हामी हाम्रो आवाज कांग्रेसमा पुर्‍याउने प्रयास गर्छौँ भन्दै सबैलाई इतिहास निर्माण गर्न आह्वान गरेका छन् ।

पोखरेल सेवानिवृत र युद्धमा घाइते भएका डिसएबल अर्थात् विकलाङ्ग हुन् । पूर्व अमेरिकी सैनिक तथा राष्ट्रिय सुरक्षा सेवा लगायतमा अनुभव बटुली सकेका छन् । उनी विगत २० वर्षदेखि अमेरिकामा अमेरिकनलगायत तेस्रो मुलुकबाट अमेरिकामा बसोबास गर्ने मानिसहरूको हकहितमा दत्तचित्त भएर काम गरिरहेको हुनाले नै उनलाई अमेरिकनहरूले समेत ‘हिरो’ को संज्ञा दिएका छन् ।

उनको नेपाल मूल घर सुनसरी धरानको विजयपुर हो । अफगानिस्तानमा युद्धमा 'आफूले युद्धको अग्रमोर्चामा सतिसालझैँ छात्ति फैलाएर लडेको" स्मरण गराए ।उनी भन्छन्, “हामी ‘के क्रिश्चियन, के मुस्लिम, के हिन्दु, के बुद्धिष्ट, के काला, के गोरा सबै हामी मानव हौँ” भनी जसरी एकताबद्ध भएर शत्रुलाई पराजित गर्यौ । हामीले उनलाई भर्जिनियाको १० औँ निर्वाचन प्राइमरी इलेक्सनमा अत्यधिक बहुमत दिएर जिताउँदै डेमोक्र्याटिकको तर्फबाट २०२४ को नोभेम्बरमा हुने अमेरिकी संसद पदको निर्वाचनमा जिताउँन सकेको खण्डमा अमेरिकन संसदमा विरलै प्रतिनिधित्व हुँने गरेको दक्षिण एशियाली मुलका अमेरिकी सांसद हुँनेछन् । उनलाई तपाई हामीले जिताउँन सकेको खण्डमा नेपाल र नेपालीहरूको शिर उचो हुनेमात्र नभएर विशेष त दक्षिण एशियाली मुलका अमेरिकनहरूले समेत न्याय पाउँनेछन् । उनले डिसेम्बर १७ ,२०२३ आइतबारका दिन आफ्नो उम्मेदवारी घोषणा गरेका थिए ।

 उनको उम्मेदवारी भर्जिनिया राज्यको लागि राज्य जनप्रतिनिधि नभई सिधै अमेरिकी सांसदका लागि उम्मेदवारी हो । भर्जिनियाको गेन्सभिल बसोबास गर्दै आएका एड्रियन पोखरेल एक अनुभवी सामाजसेवी हुन् । पोखरेलले अमेरिकी राष्ट्रिय सुरक्षा र सामुदायिक सेवामा ३ दशकभन्दा बढीको अनुभव बोकेका छन्।

उनको मुख्य कार्यसूची अनुसार जिल्लाको समृद्धिलाई अगाडि बढाउन र वाशिंगटनमा प्रभावकारी रूपमा उक्त क्षेत्रका बासिन्दाहरूलाई प्रतिनिधित्व गर्न आफ्नो व्यापक पृष्ठभूमिको लाभ उठाउने लक्ष्य राखेको उल्लेख गरेका छन् ।

पोखरेलको चुनावी अभियानको केन्द्रविन्दु “यू म्याटर” हो । स्मरण रहोस्, अमेरिकामा हाल दुई जना राज्यस्तरका सांसदहरू रहेका छन् । अहिलेसम्म अमेरिकी मूलधारमा पोखरेलसहित उम्मेदवारी दिने ६ जना रहेका छन् । अमेरिकी संसदमा सबैभन्दा पहिले उम्मेदवारी दिने दर्शन रौनियार हुन् भने अहिले सम्म राज्य सांसद पदमा ३ जना पराजित भई सकेका छन् भने यस वर्ष मात्रै अमेरिकी सांसद पदमा दुई जना र एक जना युवा रिपब्लिकन दलबाट राज्य स्तरबाट उम्मेदवारी दिएका छन् ।

उनको राजनीतिक यात्राले अमेरिकी सपनालाई पूरागर्न व्यक्तिहरूको शक्तिलाई उनीहरूको समुदाय र त्यसभन्दा बाहिरको अर्थपूर्ण परिवर्तनलाई प्रभाव पार्ने शक्तिका रुपमा प्रतिबिम्बित गर्दछ । एड्रियन भन्छन् कि “हामी पहुँचयोग्य स्वास्थ्य सेवा, आर्थिक समावेशीता, बलियो शिक्षा, सामुदायिक सुरक्षा र सशक्तीकरण, वातावरणीय जिम्मेवारी, दिग्गजहरू र सैन्य परिवारहरूको लागि व्यापक हकहित सुनिश्चित भएको जिल्लाको परिकल्पना गर्छौं ।

संयुक्त राज्य अमेरिकाको राष्ट्रिय सुरक्षा, सैन्य सेवा र निजी क्षेत्रको अनुभवले गर्दा पोखरेल नेपालीको मात्र नभएर गोरा अमेरिकनलगायत आम भर्जिनियावासीको रोजाइका पात्र बन्दै गएका छन् । आफूले जितेको खण्डमा १० डलर पाउँनुपर्ने कामको मूल्य तीन डलर पाउँदै गरेका नेपालीहरूको हकहितका लागि, इलिगल रुपमा छिरेर अमेरिकामा दु:ख पाएका नेपालीका लागि, अमेरिकामा छरिएर बसेका नेपालीको लागि एवं नेपालमानै बस्ने वातावरणको सृजना गर्न नेपाल सरकारलाई सहयोग गर्नुपर्ने आवाज अमेरिकी संसदमा पुर्याउँनका लागि भएको बताए ।उहाँको अभियान अहिले "यू म्याटर" को विषयवस्तु वरिपरि केन्द्रित छ । उनले भर्जिनिया जिल्लाका बासिन्दाहरूको आवश्यकतालाई प्राथमिकता दिन र वाशिंगटनमा उनीहरूको चासोको वकालत गर्ने लक्ष्य राखेका छन् । आफ्नो उम्मेदवारीसँगै पोखरेल देशभरका विभिन्न पृष्ठभूमिका उम्मेदवारहरूको समूहमा सामेल हुनुभएको छ, जसले देशभरका कांग्रेसका सिटहरूका लागि प्रतिस्पर्धा गरिरहेका छन् ।

एड्रियन प्रतिज्ञा:

तपाईको प्रतिनिधिको हैसियतमा म, एड्रियन पोखरेल, अटल इमानदारी र पारदर्शिताका साथ सेवा गर्ने वाचा गर्दछु । म ध्यानपूर्वक सुन्ने, उद्देश्यका साथ सहयोग गर्ने र विश्वस्तताका साथ कार्य गर्ने वाचा गर्छु । मेरो प्रतिबद्धता भनेको हाम्रा सामूहिक मूल्यमान्यता र आकांक्षाहरू प्रतिबिम्बित गर्ने हो । साथै समाधानहरूको लागि अथक रूपमा वकालत गर्दै तपाईंका चिन्ताहरूलाई समाधान गर्नु हो। हामी सबै मिलेर १० औं जिल्लालाई आशा, प्रगति र एकताको दियोमा परिणत गर्नेछौं । म हाम्रो समुदायको शक्ति, लचिलोपन र भावनालाई प्रतिबिम्बित गर्ने, सबैका लागि समृद्धि र कल्याणको विरासत सुनिश्चित गर्ने भविष्य निर्माण गर्न समर्पित छु ।

उनले मतदाताहरूलाई ध्यानाकर्षण गर्दै निरन्तर समर्थनको लागि अनुरोध समेत गरेका छन् । उनले सबैका लागि उज्यालो भविष्य निर्माण गर्न हामी हाम्रो आवाज कांग्रेसमा पुर्‍याउने प्रयास गर्छौं भन्दै सबैलाई इतिहास निर्माण गर्न आह्वान गरेका छन ।



142 Views

Comments