महरा कपिलवस्तुबाट पक्राउ

५ चैत्र, २०८०,१०:४९

५ चैत, काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता एवं पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् । महरालाई कपिलवस्तुबाट पक्राउ गरेको प्रहरी महानिरीक्षक बसन्त कुँवरले जानकारी दिए । उनलाई काठमाडौँ ल्याइँदैछ ।

सुन तस्करी छानविन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको थियो । सोही अनुसार कारबाही गर्न गृह मन्त्रालयले प्रहरीलाई निर्देशन दिएको थियो ।

यसअघि महरासँग आयोगले बयान समेत लिएको थियो । उनका छोरा राहुल महरा विद्युतीय चुरोट (भेप) मार्फत भएको सुन तस्करी प्रकरणमा पूर्पक्षका लागि थुनामा छन् ।


280 Views

Comments