साउन २३ गते देखि स्तरउन्नतिका लागि बन्द गरिएको मनकामना केबलकार अन्ततः यहि शनिबारदेखि सञ्चालनमा आउने भएको छ । ..." />
स्तरोन्नतिको लागी बन्द भएको मनकामना केबलकार भदौ २५ गते देखि संचालनमा आउदै

Bhugolpark

७ बैशाख, २०८१,१६:१५

 साउन २३ गते देखि स्तरउन्नतिका लागि बन्द गरिएको मनकामना केबलकार अन्ततः यहि शनिबारदेखि सञ्चालनमा आउने भएको छ ।   

केबलकारमा प्रयोग हुँदै आएको एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नतिको लागि गत साउन २३ गतेदेखि बन्द रहेको केबलकार सेवा आगामी शनिबारदेखि सञ्चालनमा आउने भएको हो ।   

कम्पनीले केबलकारमा प्रयोग हुँदै आएको एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नतिको काम अघि बढाइरहेको छ । यस चरणमा स्टेशनका सम्पूर्ण नयाँ पार्ट्स पुर्जा फेरिएको कम्पनीले जानकारी दिएको छ ।

  केबलकारको महतोपूर्ण पार्ट्स गोंडोलाको सबै ग्रिपहरू फ़ेरिएको छ भने गियर बक्सको चेक तथा अलायन्मेंट मिलाउने कार्य गरिएको छ । यसैगरी ४ टावरहरूको पार्ट्स फेर्ने कार्य, हायड्रोलिक्स सिस्टमको चेक जाँच तथा पार्ट्स फेर्ने कार्य अलावा सम्पूर्ण टावरको निरीक्षण गरी पूर्ण रूपमा टेस्टिंग र कमिशनिंग गर्ने काम पनि गरिएको कम्पनीले जनाएको छ । 

मनकामना केबलकारको एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नति गरेसँगै सेवाग्राहिका लागि पहिलाको भन्दा सहज र व्यवस्थित यात्रामा टेवा पुग्ने कम्पनिको विश्वास छ ।  


207 Views

Comments