४५.१३ प्रतिशत मतदाताहरूले भने प्रधानमन्त्री प्रचण्ड डाइनामिक नेता

२३ बैशाख, २०८१,१६:०१

पूर्व सचिव भीम उपाद्यायले भूगोल पार्कको प्याटफर्ममा गत हप्ता अपर्झट प्रधानमन्त्री प्रचण्डले किन गरे सरकारको पुनर्गठन ? भन्ने विषयमा ओपिनियन पोल (मनमौजी) बनाउँनुभएको थियो ।

२७ फागुन, काठमाडौँ । पुष्पकमल दाहाल प्रचण्डको जन्म २०११ मङ्सिर २६ गते भएको थियो । नेपालको वर्तमान प्रधानमन्त्रीको रुपमा सेवा गर्ने चतुर डाइनामिक नेता हुन । उनले यसअघि २०६५ साउन ३१ देखि २०६६ जेठ ११ सम्म पहिलो पटक र २०७३ साउन २० देखि २०७४ जेठ २४ सम्म दोस्रो पटक प्रधानमन्त्री पद सम्हालेका थिए । उनी २०७९ पुस १० गते नेपालको तेस्रो प्रधानमन्त्रीमा नियुक्तका उनी नै हालका प्रधानमन्त्री हुन् ।

एमाले, माओवादी र रास्वपा एक वर्षपछि एक ठाउँमा भएका छन् भने कांग्रेस सरकारबाट बाहिरिएको छ । अघिल्लो वर्ष १० पुसमा बनेको गठबन्धन भत्किएपछि २५ फागुनको राष्ट्रपति निर्वाचनसँगै कांग्रेस र माओवादीबीच नयाँ गठबन्धन बनेको थियो । 

एमाले–माओवादीका दोस्रो तहका नेताहरूका अनुसार प्रधानमन्त्रीमा आलोपालो गर्ने र ०८४ को चुनावमा चुनावी गठबन्धन वा पार्टी एकतासम्म गर्ने विषयमा समझदारी भएपछि नयाँ राजनीतिक ‘कोर्स’ सुरु भएको बताएका छन् । यही सहमतिअनुसार प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्ना सबै मन्त्रीलाई बिदा गरेर सोमबार २२ सदस्यीय नयाँ मन्त्रीमण्डल गठन गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २१ जना मन्त्रीहरूको कार्यविभाजन गरी शपथका लागि राष्ट्रपति कार्यलयमा पत्र पठाएसँगै २१ मन्त्रीहरूको सपथग्रहण गरी कार्यभारसमेत ग्रहण गरेका छन् । प्रचण्डको सरकारमा ४ जना उपप्रधान मन्त्री बनेका छन् । एमालेबाट ८, माओवादीबाट ५, रास्वपाबाट ४ जनता समाजवादी पार्टीबाट २ र नेकपा एकिकृत समाजवादीबाट २ जना मन्त्री बनेका छन् ।

एमालेका मन्त्रीहरूमा उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातयातमन्त्री रघुवीर महासेट, कानुन तथा संसदीय मामिलामन्त्री पदम गिरी, रक्षामन्त्री हरि उप्रेति, महिला बालबालिका तथा समाजकल्याणमन्त्री भगवती चौधरी, खानेपानीमन्त्री राजेन्द्र राई, उद्योगमन्त्री दामोदर भण्डारी, कृषिमन्त्री ज्वालाकुमारी साह र भूमि व्यवस्थामन्त्री बलराम अधिकारी रहेका छन् ।

त्यस्तै माओवादीबाट उपप्रधान तथा परराष्ट्रमन्त्रीमा नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री वर्षमान पुन, उर्जामन्त्री शक्ति बस्नेत, सञ्चारमन्त्री रेखा शर्मा र पर्यटनमन्त्री हितबहादुर तमाङ रहेका छन् । त्यस्तैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपप्रधान तथा गृहमन्त्रीमा रवि लामिछाने, श्रममन्त्री डीपी अर्याल, खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ र शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठ रहेका छन् ।

साथै, जनता समाजवादी पार्टीबाट उपप्रधान तथा स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव र मन्त्री नवलकिशोर साह रहेका छन् ।

साथैसाथै, नेकपा (एस) बाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशी र धनबहादुर बुढा सहरी विकास मन्त्री रहेका छन् ।

माओवादी जनयुद्ध र त्यसपछिको शान्ति प्रकृया र नेपालको पहिलो संविधान सभाको समय वा पछि पनि प्रचण्ड नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का अध्यक्षको रूपमा रहेका थिए । संविधान सभा निर्वाचन, २०६४ मा नेकपा (माओवादी) सबैभन्दा ठूलो दलका रूपमा उदाएमको थियो र सोही वर्ष उनी प्रधानमन्त्री बनेका थिए । तत्कालिन सेनाप्रमुख रूक्माङ्गद कटुवाललाईं बर्खास्त गर्ने उनको प्रयास माओवादी इत्तर दलहरूको आग्रहमा राष्ट्रपति रामवरण यादवले विफल तुल्याइ दिएका थिए । तत्पश्चात उनले २०६६ वैशाख २१ मा नैतिकताको आधारमा पदबाट राजिनामा दिएका थिए ।

“जनताको अभिमत जस्ताको तस्तै” जनतासामू पुगोस भन्ने हेतुले गत हप्ता अपर्झट प्रधानमन्त्री प्रचण्डले किन गरे सरकारको पुनर्गठन ? भनि पूर्व सचिव भीम उपाद्यायले ओपिनियन पोल बनाउँनुभएको थियो । उक्त ओपिनियन पोलमा सहभागिता जनाउँदै हजारौँले आफ्नो अभिमत व्यक्तगर्नुभएको थियो ।

उक्त पोलको ६ वटा प्रश्नमा भोट गर्नुहुने महानुभावहरूलाई सर्वप्रथम त हार्दिक कृतज्ञता व्यक्त गर्दछौँ ।

हामीले यसै विषयमा पहिलो प्रश्न प्रधानमन्त्रीले प्रचण्डले सरकार पुनर्गठन गर्नुमा कसको दोष देख्नुहुन्छ ? भनि सोधिएका थियौँ । जसमा ३८.९४% प्रतिशतले कोशी प्रकरण र महासमिति बैठकमा माओवादीलाई चित्त दुखाउँने कांग्रेस,३३.६३% प्रतिशतले धोकेबाज प्रधानमन्त्री प्रचण्ड, ९.७३% प्रतिशतले माओवादीको दोष नभएर बाध्यता हो र १७.७% प्रतिशतले राष्ट्रिय सभा अध्यक्षका लागि भएको विकसित घटनाक्रम भनि अभिमत दिनुभएको थियो।

हामीले यसै विषयमा दोस्रो प्रश्न  प्रधानमन्त्री प्रचण्डलाई शेरबहादुर देउवाले लगाएको भनिएको आरोप तपाईलाई कस्तो लाग्यो ? भनि सोधिएका थियौँ । जसमा ३६.२१% प्रतिशतले देउवाको भनाई सही लाग्यो, ३०.९७% प्रतिशतले प्रधानमन्त्री प्रचण्ड धोकेबाज होइनन्, समयअनुसार चल्नसक्ने डाइनामिक नेता हुन, १२.३९% प्रतिशतले कोशी प्रकरण गरी माओवादीलाई चिढाउँने कांग्रेस नै धोकेबाज हो र २०.३५% प्रतिशतले सरकार पुनर्गठन गर्न नमान्ने देउवा नै धोकेबाज हो भनि अभिमत दिनुभएको थियो।

हामीले यसै विषयमा तेस्रो प्रश्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कस्तो नेता लाग्छ ?भनि सोधिएका थियौँ । जसमा ४५.१३% प्रतिशतले अवसरवादी नेता, ३४.५१% प्रतिशतले डाइनामिक नेता, २.६५% प्रतिशतले अकडो नेता र १७.७% प्रतिशतले भ्रष्ट नेता भनि अभिमत दिनुभएको थियो।

हामीले यसै विषयमा चौथो प्रश्न पटक-पटक धोका दिएको भन्ने एमाले प्रचण्डकै नेतृत्वमा किन सरकारमा गएको होला ? भनि सोधिएका थियौँ । जसमा २८.३२% प्रतिशतले कांग्रेसलाई सरकारबाट हटाएर संघ र प्रदेश सरकारमा जान,१५.९३% प्रतिशतले विगतको कमिकम्जोरीबाट पाठ सिकी बामपन्थी जनमतको कदर गर्न, १०.६२% प्रतिशतले राष्ट्रिय सभा अध्यक्षका लागि भएको विकसित घटनाक्रमको फाइदा लिन र ४५.१३% प्रतिशतले एमालेमा सत्ता लिप्सा हाबी भएकाले भनि अभिमत दिनुभएको थियो।

हामीले यसै विषयमा पाँचौ प्रश्न  नेकपा (एस) के सरकारमा जाला ? भनि सोधिएका थियौँ । जसमा २७.४३% प्रतिशतले बामपन्थी प्रधानमन्त्री भएकाले सरकारमा जान्छ, ४०.७१% प्रतिशतले एमालेको इच्छाशक्तिमा भरपर्छ, ११.५% प्रतिशतले पर्ख र हेरको स्थितिमा छु र २०.३५% प्रतिशतले मलाई केही भन्नुछैन् भनि अभिमत दिनुभएको थियो।

हामीले यसै विषयमा छैटौँ प्रश्न कांग्रेस-माओवादको सरकारमा नगएको रास्वपा किन एमाले-माओवादीको सरकारमा गएको होला ? भनि सोधिएका थियौँ । जसमा ९.०९ % प्रतिशतले विगत पुस १० को समिकरण बिउँतिएकाले, ०.०% प्रतिशतले गठबन्धन सरकार बनाउँनुपर्ने समयको माग भएकाले, १८.१८% प्रतिशतले रास्वपाका सरकारमा गएर जनपक्षीय काम गर्ने चाहानाले र ७२.७३% प्रतिशतले खै, रास्वपालाई नै थाहाहोला भनि अभिमत दिनुभएको थियो।



127 Views

Comments