आशन्न निर्वाचनका लागि सबै स्वतन्त्र रुपमा उम्मेदवारी दिन चाहनेहरु एकजुट भएर हिड्ने सहमत भएसँगै लौरो अभियानका संयोजकमा सुमन..." />
सुमन सायमी भए लौरो अभियानको संयोजक, सबै स्वतन्त्रहरु लौरो अभियानमा जोडिदै

Bhugolpark

१४ चैत्र, २०८०,११:२७

आशन्न निर्वाचनका लागि सबै स्वतन्त्र रुपमा उम्मेदवारी दिन चाहनेहरु एकजुट भएर हिड्ने सहमत भएसँगै लौरो अभियानका संयोजकमा सुमन सायमीलाई तोकिएको छ ।

आफूलाई वैकल्पिक तथा स्वतन्त्र अभियन्ता भन्न रुचाउनेको समुह लौरोको बिहीबार भएको सम्मेलनले संयोजकमा सायमीलाई चयन गरेको हो । यस्तै, अभियानको प्रवक्तामा हरी कार्की र प्रचार प्रसार संयोजकमा रोहन कार्की चयन भएका छन् ।

अभियानले बिहीबार काठमाडौंमा सम्मेलन गर्दै विभन्न जिल्लाका ९ स्वतन्त्र उम्मेदवार सार्वजनिक गरेको थियो । काठमाडौं –५ मा मधुसुदन पाठक ‘सीते बा’, काठमाडौं –८ मा सुमन सायमी र काठमाडौं –९ मा विद्या श्रेष्ठको नाम घोषणा गरेको छ । भक्तपुर –२ मा दरोस्तभ लोकेन्द्र, काठमाडौं २ मा रोहन कार्की, रौतहट–१ मा राहुल मिश्र, रुपन्देही –५ मा भिष्म राना र उदपयुरमा गजेन्द्र महतलाई उम्मेदवारका रुपमा  लौरो अभियानले अघि सारेको छ ।   

अझै यस अभियानलाई तिव्र बनाउदै लैजाने बताइएको छ ।  


Comments