प्रधानमन्त्री प्रचण्डले सबै मन्त्री फिर्ता बोलाउँदै

१२ बैशाख, २०८१,११:३७

एमाले, माओवादी, रास्वपा, जसपाका चार दलले आजै सानो आकारको मन्त्रीमण्डल बनाउँदै

२१ फागुन, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबै मन्त्री फिर्ता बोलाउने भएका छन् । गत राति प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, रास्वप अध्यक्ष रवि लामिछाने, जपपाका अध्यक्ष उपेन्द्र यादवबीच प्रधानमन्त्री प्रचण्डले सबै मन्त्री फिर्ता बोलाएर नयाँ सरकार बनाउँने र संक्रमणकालिन न्यायलाई टुङ्गोमा पुर्याउँने सहमति भएको हो ।

सो सहमति भएपछि एमाले, माओवादी केन्द्र, रास्वपा, जसपाकाले सरकारमा कसलाई पठाउँने भन्ने बारेमा बिहानैदेखि आन्तरिक क्षलफल गरिरहेका छन् । विश्वस्त सुत्रले दिएको जानकारीअनुसार एमालेबाट प्रमुख सचेतक पदम गिरी, रास्वपबाट अध्यक्ष रवि लामिछाने, जपपाका अध्यक्ष उपेन्द्र यादव सरकारमा जाने बुझिएको छ भने माओवादी केन्द्रबाट उपमहासचिव वर्षमान पुनलाई समेटेर आजै सरकार बनाउँने भएका छन् । सरकारमा जनमत पार्टी पनि सहभागी हुन सक्ने प्रवल सम्भावना छ भने नेकपा (एस)ले चाहेमा सरकारमा बस्न सक्ने सहमति भएको जानकारी विश्वस्त सुत्रले दिएको छ ।

प्रतिनिधि सभामा एमालेका ७९ माओवादी केन्द्रका ३२ र सास्वपाका २१ जना सांसद छन् । सरकार बनाउनका लागि १३८ सांसद आवश्यक पर्ने भउकाले तीन दल नै पर्यात देखिन्छ ।



145 Views

Comments