हनुमानढोका परिसरमा बनेको नेपाल प्रहरीको भवन भत्काउनुपर्छ : कायस्थ

२५ बैशाख, २०८१,१४:३०

१६ फागुन, काठमाडौँ । सयौँ वर्ष पुरानो धार्मिक, सांस्कृतिक, पुरातात्त्विक सम्पदाले भरिएको विश्व सम्पदा क्षेत्रमा २०१५ सालमा हनुमानढोका परिसरमा बनेको नेपाल प्रहरीको भवन विश्व सम्पदाको मापदण्ड विपरीत रहेको छ । उक्त भवन २०७२ सालको महाविनाशक भूकम्पपछि मानव नै बस्न लायकको छैन भनी रेड स्टिकर लगाई सकेको छ । भूकम्पिय जोखिमयुक्त शहरमा बनेको सो प्रहरी भवनको स्थान्तरण अझैँ नगरिएका कारण त्रासको वातावरण श्रृजना गरेको छ । विश्वभरको पर्यटक आउने विशिष्ट क्षेत्रमा यो भवनले विश्वभरका पर्यटकहरूलाई गिज्याईरहेको छ ।

वि०सं० २०९० सालको भूकम्प अघि यहाँ सांस्कृतिक धार्मिक कृयाकलाप हुने ऐतिहासिक एवं पुरातात्त्विक भवन थियो । २०७२ सालको भूकम्प पश्चात नेपाल प्रहरीको सम्पुर्ण काम कारवाही टेकु सरेको पनि ८ वर्ष नाघी सकेको छ भने यहाँ नेपाल प्रहरीको कुनै पनि काम कारवाही हुँदै हुँदैन । भवन भत्काउने विषयमा गृहमन्त्री सहमत छन् । संस्कृति मन्त्रीले भत्काउनु पर्छ भनेर बोली सक्नु भएको छ । IGP को स्थलगत निरिक्षण समेत भईसकेको छ ।

विकासको नाममा सडक बिस्तारको बहानामा काठमाडौं महानगरपालिका लगायत निकायले सर्वसाधारण सोझा जनताले जिंदगीभर दु:ख गरी मेहेनत गरेर एवं गाँसकाटी खर्च जोहो गरेर कमाएको घर चाँहि हतियारसहित प्रहरी अगाडि राखेर तर्साएर-धम्क्याएर घर भत्काई दिन्छ । जसले गर्दा अरबौँका मालिक घरघनीहरू छिनभरमा बिचल्ली पर्न जानेमात्र नभएर सुकुम्वासी नै बन्न विवस हुनुपरेको छ । यसतर्फ तीन वटै तहको सरकारको समयमानै ध्यान आकृष्ट गर्न चाहान्छौँ ।

विश्व सम्पदा क्षेत्रमा मापदण्ड विपरितको बेकारको अनावश्यक भवनलाई सम्बन्धित निकायले समयमानै भत्काएको खण्डमा विश्व सम्पदासूचिमा सूचिकृत रहेको सो क्षेत्रलाई सानसँग देखाउन सकिन्छ । सो प्रहरी भवन भत्काउन सकेको खण्डमा विश्व सम्पदा क्षेत्रमा विश्वभरका पर्यटको ओईरो लाग्ने छ, पर्यटन बढ्नेछ र आर्थिक समृद्धिको नयाँ आयाम शुरु हुनेछ ।

तर उक्त कुराको बारेमा कसले संसदमा आवाज उठाई दिने ? यदि संसदमा सो विषयमा आवाज नउठाउँने, खाली मन्त्री र सम्बन्धित निकायले प्रहरीको सो भवन भत्काउँछौँ भन्दै ओठे जवाफ मात्र दिने गरेको वर्षै वितिसक्दा पनि उक्त प्रहरी भवनलाई नभत्कायकाले अब जनताले उनीहरूको बोलि पत्याउँन छोडी सकेको छ । बेलैमा सम्बन्धित निकायले भवन नभत्काएको खण्डमा बाध्य भएर चाडै जनताहरू सोत स्फूर्त रुपमा जम्मा भएर भत्काउने छन् । यानी हामी नेपालि जनताले नै भत्काउनु पर्नेमा जोड दिई रहेका छौ । यसै विषयमा नेपाली जनता माझ सम्पदा प्रतिको ज्ञान बढाउन अपनत्व बढाउन जनताबीच जागरण र जनचेतना फैलाउन लागि परेका छौँ ।

२०७२ सालदेखि नेवा:संस्कृतिको धार्मिक, सांस्कृतिक, पुरातात्त्विक सम्पदा संरक्षणका अभियन्ता यादवलाल कायस्थसँग भूगोल पार्कमा गरिएको कुराकानीका सम्पादित अंश ।



141 Views

Comments