४७.६२ प्रतिशतले श्रीस्वस्थानी पर्मेश्वरीको महिमा र व्रतकथाको धेरै ज्ञान भएको जनाए

१३ फाल्गुन, २०८०,१६:४६

५७.१४ प्रतिशतले सत्ययुगमा पार्वतीले श्रीस्वस्थानी पर्मेश्वरीको व्रत गर्नाले भगवान श्रीमहादेव स्वामी पाएकीले व्रत बसेको बताए ।

१३ फागुन, काठमाडौँ । माघ शुक्ल पूर्णिमा दिन व्रतालुले नुहाएर हातको नङकाटी, एक भक्ति र एक चित्तरहि मध्यान्हमा देवाधिदेव महादेको पूजा गर्ने गर्छन् । यसैगरी पूजा विधिमा दीप-कलश-गणेशको पूजा गरी अष्ट दलमा अष्टमातृकासहित श्रीस्वस्थानी माताको पूजा –अर्चना गर्नुपर्छ ।

देवाधिदेव महादेवसहित श्रीस्वस्थानी माताको पूजा –अर्चना गरी अर्घ दिई विधिपूर्वक गर्नाले मनोकांक्षा पूर्ण हुने जनविश्वास गरहेको छ । समापनको पूजामा अक्षता, बेलीपुष्प, जनै, रोटी, पान, सुपारी र मौसमअनुसारको फलफूल एवं बत्ती १०८ को संख्यामा चढाउने विधान रहेको छ ।

यसरी चढाएको नैवैद्यमध्ये आठ रोटी, आठ पान, आठ सुपारी र फल श्रीमान वा छोरा वा मितछोरालाई दिई १०० रोटी व्रतालुले खाने र रातमा जाग्रम बसी बिहान नदीमा गई आफूले कामना गरेको कुरा पूरा होस भनी श्रीस्वस्थानी माताको पूजा –अर्चना गरी समापन गरिन्छ ।

सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले श्रीस्वस्थानी पर्मेश्वरीको व्रत गर्नाले भगवान श्रीमहादेव स्वामी पाएकी भन्ने किंवदन्तिअनुसार हिन्दुधर्मावलम्बी महिलाहरू व्रत बस्ने गर्दछन् ।

उक्त पोलको ५ वटा प्रश्नमा भोट गर्नुहुने महानुभावहरूलाई सर्वप्रथम त हार्दिक कृतज्ञता व्यक्त गर्दछौँ । भूगोल पार्कले तपाईहरूले गर्नुभएको ओपिनियन पोलको अन्तिम नतिजा जस्ताको तस्तै सार्वजनिक गरेको छ ।

हामीले यसै विषयमा पहिलो प्रश्न श्रीस्वस्थानी पर्मेश्वरीको महिमा र व्रतकथा बारे कतिको ज्ञान छ ? भनि सोधिएका थियौँ । जसमा ४७.६२ प्रतिशतले धेरै ज्ञान छ, ४२.८६ प्रतिशतले अलिअलि ज्ञान छ ९.५२ प्रतिशतले ज्ञान छैन् र ०.० प्रतिशतले म अन्य धर्म मान्छु भनि अभिमत दिनुभएको थियो ।

हामीले यसै विषयमा दोस्रो प्रश्न महिलाहरू किन पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म श्रीस्वस्थानी पर्मेश्वरीको व्रत बस्ने गर्छन् ?  भनि सोधिएका थियौँ । जसमा ५७.१४ प्रतिशतले सत्ययुगमा पार्वतीले श्रीस्वस्थानी पर्मेश्वरीको व्रत गर्नाले भगवान श्रीमहादेव स्वामी पाएकीले, ४.७६ प्रतिशतले पर्मेश्वरीको व्रत बस्नाले गुणवान श्रीमान पाइन्छ भन्ने जनविश्वासले, ३८.१ प्रतिशतले पर्मेश्वरीको व्रत बस्नाले अनिष्ठको नास भइ घरमा सुखशान्ति प्राप्ति हुन्छभन्ने जनविश्वासले र ०.० प्रतिशतले हिन्दुहरूले मान्ने सनातन धर्म भएकाले भनि अभिमत दिनुभएको थियो ।

हामीले यसै विषयमा तेस्रो प्रश्न के तपाई श्रीस्वस्थानी पर्मेश्वरीको व्रत बस्नुभएको छ ? भनि सोधिएका थियौँ । जसमा २३.८१ प्रतिशतले छ, ७६.१९ प्रतिशतले छैन र ०.० प्रतिशतले म अन्य धर्म मान्छु भनि अभिमत दिनुभएको थियो ।

हामीले यसै विषयमा चौथो प्रश्न श्रीस्वस्थानी पर्मेश्वरीको व्रत बस्नाले के तपाईले चिताएको कुरा पूरा भएको छ ? भनि सोधिएका थियौँ । जसमा ३३.३३ प्रतिशतले छ, १४.२९ प्रतिशतले अलिअलि पूरा भएको छ र ५२.३८ प्रतिशतले पूरा नभएपनि सनातनकालदेखि मान्दै आएको धर्म भएकाले व्रत बस्ने गर्छु भनि अभिमत दिनुभएको थियो ।

हामीले यसै विषयमा पाँचौँ रजस्वला भएका महिलाहरूले श्रीस्वस्थानी पर्मेश्वरीको व्रत बस्न र व्रतकथा सुन्न हुँदैन भन्ने कुरा तपाईलाई कस्तो लाग्छ ? प्रधानमन्त्रीले भनि सोधिएका थियौँ । जसमा ४२.८६ प्रतिशतले सनातनकालदेखिको चलन भएकाले राम्रो लाग्छ, २३.८१ प्रतिशतले कुप्रथा हो, रजस्वला भएका महिलाहरूले पनि नुहाइधुवाइ सफा कपडा लगाएर व्रत बस्दा हुन्छझैँ लाग्छ, २८.५० प्रतिशतले   र ४.७६ प्रतिशतले मलाई चासो भएन भनि अभिमत दिनुभएको थियो ।



293 Views

Comments