इलाम र बझाङमा वैशाख १५ गते उपनिर्वाचन हुने

१३ फाल्गुन, २०८०,१५:२३

१३ फागुन, काठमाडौँ । निर्वाचन आयोगले ०८१ वैशाख १५ गते इलाम र बझाङमा उपनिर्वाचन गर्नै घोषणा गरेको छ । नेपाल सरकारसँगको परामर्शमा निर्वाचन आयोगले ०८१ वैशाख १५ गते उपचिर्वाचनको मिति घोषणा गरेको आयोगको सहायक प्रवक्ता थानेश्वर भुसालले जानकारी दिए ।

इलामको क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्य रिक्त छ । ०७९ मंसिरमा भएको चुनावमा त्यस क्षेत्रबाट नेकपा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङ विजयी भएका थिए । नेम्वाङको गत भदौ २६ गते असामयीक निधन भएपछि सो क्षेत्र खाली छ ।

त्यस्तै प्रदेश सभातर्फ क्षैत्र नम्बर १ को (१) मा पनि सोहि मितिमा उपनिर्वाचन हुँदैछ । त्यस क्षेत्रमा नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंह विजयी भएका थिए । उनको दुर्घटनामा निधन भएको थियो ।



247 Views

Comments