कारबाहीमा परेका सवारी साधनहरूबाट रु ७९ करोड ७१ लाख ४४ हजार आठ सय ५२ राजस्व सङ्कलन : ट्राफिक प्रहरी

Bhugolpark

१४ बैशाख, २०८१,१३:१८

ट्राफिक प्रहरीले चालु आर्थिक वर्षको ६ महिनामा देशभर १० लाख ५२ हजार ५५ विभिन्न सवारी साधनहरूलाई कारबाही गरेको छ । गत साउनदेखि पुस मसान्तसम्म गरिएको कारबाहीबाट रु ७९ करोड ७१ लाख ४४ हजार आठ सय ५२ राजस्व सङ्कलन गरेको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ ।

राजस्वमध्ये काठमाडौँ उपत्यकाबाट रु ३२ करोड ३३ लाख ७० हजार, कोशी प्रदेशबाट रु ७ करोड ८७ लाख दुई हजार ९४३, मधेशबाट रु १० करोड ५ लाख ५८ हजार ९०१, बागमतीबाट रु ७ करोड ८८ लाख ४० हजार, गण्डकीबाट रु ८ करोड १८ लाख ७६ हजार छ, लुम्बिनीबाट रु ९ करोड ३८ लाख ६४ हजार दुई, कर्णालीबाट रु १ करोड ५६ लाख ४५ हजार र सुदूरपश्चिम प्रदेशबाट रु २ करोड ४२ लाख ८८ हजार सङकलन भएको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।



221 Views

Comments