अहिले काठमान्डौं महानगरका मेयर बालेन्द्र शाहको नजर फनपार्कमा परेको छ । राजधानीको भृकुटीमण्डपमा रहेको काठमाडौँ फनपार्कलाई महानगरपालिकाले राजेश्व..." />
बालेन शाहले दिए काठमाडौँ फनपार्कलाई २४ घण्टे अल्टिमेटम

Bhugolpark

१९ बैशाख, २०८१,११:०८

अहिले काठमान्डौं महानगरका मेयर बालेन्द्र शाहको नजर फनपार्कमा परेको छ । राजधानीको भृकुटीमण्डपमा रहेको काठमाडौँ फनपार्कलाई महानगरपालिकाले राजेश्व तिर्न ताकेका गर्दै २४ घण्टे अल्टिमेटम दिएको छ ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को निर्देशनमा फनपार्कलाई विभागीय प्रमुख डा.शिवराज अधिकारीले २४ घण्टे पत्र काटेका हुन् । फनपार्कले महानगरपालिकालाई तिर्नुपर्ने व्यवसाय कर, बहाल कर, विज्ञापन कर तथा मनोरल कर लामो समयदेखि बुझाएको छैन ।

यसका लागि पटक पटक ताकेता गर्दा समेत उक्त कर प्राप्त नभएकोले २४ घण्टाभित्र बुझाउन पत्रमार्फत निर्देशन दिइएको छ ।  तोकिएको समयभित्र राजश्व नबुझाएमा फनपार्क शिलबन्दी  गर्ने चेतावनी दिइएको छ। फनपार्कले बर्षौं देखि कर छलि गर्दै एकतर्फी कमाईरहेको रहेछ । 


159 Views

Comments