नेपाल व्यापार सर्वेक्षण

१५ बैशाख, २०८१,१४:०९

मुलुकभित्र सञ्चालनमा रहेका थोक तथा खुद्रा व्यापार गर्ने कूल चार लाख ९८ हजार ५८ व्यापारिक प्रतिष्ठानमध्ये ६८ दशमलव २३ प्रतिशत कुनै न कुनै सरकारी निकायमा दर्ता भएको र ३१ दशमलव आठ प्रतिशत प्रतिष्ठान दर्ताबिनै सञ्चालन भइरहेको राष्ट्रिय तथ्याङ्क कार्यालयले तथ्याङ्क सार्वजनिक गरेको छ ।

यस क्षेत्रमा संलग्न जम्मा कामदारमध्ये तलब ज्याला र अन्य सुविधा पाउने कामदारको सङ्ख्या २ लाख १९ हजार ५ सय ५१ छ । जसमा महिला ४५ हजार ९ जना अर्थात् २० दशमलव ५० प्रतिशत र पुरुष १ लाख ७४ हजार ५ सय ४२ जना आर्थत् ६० दशमलव ६० प्रतिशत छन् । तलवी कामदार भएका व्यापारिक प्रतिष्ठानको तलब ज्याला र अन्य सुविधामा प्रतिप्रतिष्ठान औसत वार्षिक रु ५ लाख ४ हजार ९ सय १२ खर्च हुने गरेको देखिएको छ । त्यस्तै प्रतिकामदार औसत वार्षिक रु २ लाख ८ हजार ४ सय ९४ खर्च देखिन्छ ।



200 Views

Comments