दुर्गा प्रसाईँले गरे भृकुटीमण्डपस्थित खुला चौरमा कार्यक्रम

२० बैशाख, २०८१,१६:१५

मंसिर २५, काठमाडौँ । मेडिकल व्यावसायी एवं सामाजिक अभियन्ता दुर्गा प्रसाईँले “राजा ल्याऔँ-राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउँ” भन्दै महाअभियान नेपालले मंगलबार राजधानीमा शक्ति प्रदर्शन गरेको छ । प्रसाईँले काठमाडौँको टुँडिखेलमा कार्यक्रम गर्ने तयारी गरे पनि उक्त स्थान खाली नभएपछि जिल्ला प्रशासन कार्यलय काठमाडौँको अनुमति लिएर भृकुटीमण्डपस्थित खुला चौरमा कार्यक्रम गरेको हो ।

उनले आफ्नो अभियानको वार्षिक उत्सव कार्यक्रममा पूर्व राजा ज्ञानेन्द्र शाहलाई सहभागी गराउँने भने पनि पूर्व राजा शाहलाई सहभागी गराउँन सकेनन् । खुलेर पूर्व राजा ज्ञानेन्द्र शाह र राप्रपाले सहयोग नगर्नुको कारण खोतल्दै जादा प्रसाईँ ढुलमुले अवसरवादी नेता भएकाले झट्ट विस्वास गर्न गाह्रो भएको राजावादीहरूले बताए । उनीहरूले राजासहितको सनातन हिन्दु राज्य हुनुपर्नेमा प्रसाईँले अनेकौँ ऐजेन्डा थोपारेकाले आफूहरूले विश्वास गर्न गाह्रो परेको बताए भने कतिपयले बहुदलबादी दलहरूको चर्को आलोचना गरेपनि ‘राजासहितको सनातन हिन्दु राज्य स्थापना’को ऐजेन्डालाई तुहाउँन गरिएको प्रपञ्च भनेका छन् ।

काठमाडौँका विभिन्न ७ स्थानबाट र्याली गर्दै सभा स्थलमा भृकुटीमण्डपस्थित खुला चौरमा कार्यक्रममा सहभागी भएका थिए । गत मंसिर ७ गते काठमाडौँको बल्खुमा कार्यक्रम गरेका थिए ।

दुर्गा प्रसाईँले झापामा अर्बौँ लगानी गरेर अस्पताल र मेडिकल कलेज खोलेका थिए । बिर्तामोडको जग्गा धितोमा राखेर उनले बीएण्डसी अस्पताल बनाएका थिए । उनका अनुसार बीएण्डसीले २०६८ माघ २४ गते मेडिकल कलेजको आशयपत्र पाए । २०७१ मंसिर २७ गते तत्कालिन विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयबाट ९०० सय शय्याको अस्पताल सञ्चालनको लागि वातावरणणीय प्रभाव मूल्यांकन स्वकृति भयो । तर, डा. गोविन्द केसीको चिकित्सा सुधार अभियान अनुसार आएको चिकित्सा शिक्षा ऐनका कारण उनको योजना रोकियो ।

०७३ सालमा यो अस्पतालले ३ सय शय्याको अस्पताल सञ्चालनको स्वीकृति पायो । २०७६ सालमा चिकिस्सक आयोगमा बीएण्डसी सम्बन्धनका लागि पुगे पनि २०७३ सालदेखि आशयपत्र नविकरण नगरेको र काठमाडौँ विश्वविद्यालयको सहमति नलिएको भन्दै आयोगले सम्बन्धन दिएन । त्यसपछि उनी सर्वोच्च गए । तर सर्वोच्च पनि तीन महिनाभित्र नविकरण गर्नुपर्ने आशयपत्र भएपनि नवीकरण नगरेकाले स्वत :रद्द भएको फैसला गर्यो । जसले गर्दा उनलाई एकपछि अर्को धक्का लाग्दै गयो ।

मेडिकल व्यावसायी दुर्गा प्रसाईँको राजनीति यात्रालाई हेर्दा उनी सुरुमा माओवादी त्यसपछि एमाले बन्दै हाल राजावादी बनेको देखिन्छ । उनले माओवादी अध्यक्ष प्रचण्डको प्रधानमन्त्रीकालमा र पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पालामा समेत अथक प्रयास गर्दा पनि बीएण्डसीको सम्बन्धन नमिलेकाले हुनुपर्छ । उनै दुर्गा प्रसाईँ हाल राष्ट्र राष्ट्रियता धर्म संस्कृति देश र जनता जोगाउन राजा चाहिने जिकिर गर्दै एकपछि अर्को आन्दोलनको शंखघोष गरिरहेका छन् ।



173 Views

Comments