सन्तोषकुमार मण्डललाई रु ५०,००० रुपैया 'लक्ष्मण बाबु जेहेन्दार छात्रवृत्ती' प्रदान

Bhugolpark

८ बैशाख, २०८१,१५:१५

महालक्ष्मी विकास बैंकले नन्दी माध्यामिक विद्यालय नक्सालमा कक्षा आठमा अध्यनरत छात्र सन्तोषकुमार मण्डललाई लक्ष्मण बाबु जेहेन्दार छात्रवृत्ती प्रदान गरेको छ।  

विभिन्न सातवटा वित्तीय संस्था मिलेर बनेको महालक्ष्मी विकास बैंकको एक महत्वपूर्ण संस्था मनकामना विकास बैंकका संस्थापक अध्यक्ष स्व. लक्ष्मण बाबु श्रेष्ठको स्मृतिमा स्थापित लक्ष्मण बाबु जेहेन्दार छात्रवृत्ती मण्डललाई प्रदान गरिएको हो। लक्ष्मण बाबु श्रेष्ठ मनकामना केबलकारका संस्थापक थिए ।   

स्वर्गीय लक्ष्मणबाबुका छोरा तथा  बैंकका संस्थापक तथा मनकामना दर्शन प्रालिका सञ्चालक राजेशबाबु श्रेष्ठले मण्डललाई छात्रबृत्ति हस्तान्तरण गरेका छन्। धनुषास्थित धवौली स्थायी घर भएका  मण्डलको पारिवारिक आर्थिक स्थिति अत्यन्त कमजोर भएकोले उनको अध्यापनमा सहयोग पुर्‍याउने उद्देश्यले पचास हजार रुपैयाँ बराबरको छात्रवृत्ती उपलब्ध गराइएको बैंकले जनाएको छ।  

कार्यक्रममा बोल्दै राजेश बाबु श्रेष्ठले विद्यार्थीलाई प्रदान गरिने यस्ता छात्रवृत्तीले गुणस्तरिय शिक्षामा टेवा पुर्‍याउने बताए। बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देबकोटाले विद्यार्थीहरु देशका कर्णधार भएकोले गुणस्तरिय शिक्षा अपरिहार्य रहेको  बताउँदै विद्यार्थीको शैंक्षिक विकासमा टेवा पुग्ने विश्वास ब्यक्त गरे।   


87 Views

Comments