मेलम्चीको खानेपानी निरन्तर आउनेमा उपत्यकावासी अझैँ सशंकित

१६ बैशाख, २०८१,१६:२३

विभिन्न मितिमा खानेपानीमन्त्रीदेखि राष्ट्रपति समेतले गरेर मेलम्ची खानेपानीको उदघाटन ५ पटक भइसक्यो ।

१४ माघ, काठमाडौँ । मेलम्चीको पानी काठमाडौँ ल्याउने भनेर वि. स. २०५५ सालमा मेलम्ची खानेपानी विकास समिति गठन गरियो । त्यसको दुई बर्ष पछि २०५७ सालमा आयोजनाको विस्तृत ईन्जिनियरिङ अध्ययन प्रतिवेदन तयार भयो । तर सुरूङ खन्न शुरू गर्न पनि ११ बर्ष लगाएर २०६८ सालबाट मात्रै सुरूङ खन्न थालियो । त्यो ११ बर्षमा राजा ज्ञानेन्द्रको नेतृत्वसहित १३ पटक त प्रधानमन्त्रीहरु नै फेरिएका थिए । मेलम्चीका नाममा अरबौँका गाडी किनिएका थिए । तर काठमाडौँमा पहिलो पटक पानी झर्न त्यसको ९ बर्षपछि मात्रै सम्भव भयो ।

तत्कालिन प्रधानमन्त्री केपी ओलीले २०७७ फागुनमा मेलम्चीको पानी काठमाडौँ झार्ने किर्तिमानका लागि उदघाटन त गरियो तर किर्तिमानकै लागि प्राविधिक पक्षलाई जोखिममा राखियो । जसको असर सोही बर्षमा नै देखियो । बाढीको लेदो पसेर तथा बाढीले (1. Weir 2. Intake 3. Gravel flushing out let 4. Sand flushing system 5. Diversion tunnel outlet 6. Gates लगायतका) संरचनाहरू ध्वस्त पारेपछि मेलम्ची बन्द भयो । किर्तिमानको पछि नलागेर प्राविधिक जोखिम नलिएको भए खोलाबाट ल्याउने पानीमा त्यहाँसँगै आउँने लेदो रोक्ने प्रणाली विकसित गर्न ध्यान दिइन्थ्यो । त्यो नगरेर मेलम्चीमा राज्यको अर्बौँ लगानीमात्र जोखिमपुर्ण बनाइएन, काठमाडौँबासीको स्वस्थ पानी पिउन पाउने हकलाई अवमूल्यन गरियो । देशव्यापीरूपमा नेपालमा केहि हुन सक्दैन भन्ने नकारात्मक धारणालाई बढावा दिन मलजल गर्यो । अनि सँगसँगै, व्यक्तिगत किर्तिमान कायम गर्न प्राविधिक पक्षलाई नजरअन्दाज गरेर मेलम्चीको पानी काठमाडौँ झारेर उदघाटन गर्ने कुप्रथाको सुरूवात भयो । त्यसकै सिलसिलाको नयाँ संस्करणको उदघाटन आज प्रम पुष्पकमल दाहालबाट पनि भयो ।

बिडम्बना ! अहिले पनि प्राबिधिक जोखिमलाई नजरअन्दाज गरिएको छ । मुहानको पूर्वतिरको डाँडा पहिरोको जोखिममा छ । त्यो झरेर मुहान कुनै पनि बेला मुहान थुनिन सक्छ । बालुवा भएको सुरूङबाट बालुवा ननिकाली जोखिम कायमै राखी पानी ल्याइदैछ । बालुवा थेग्रिने संरचनाहरूको अभावमा लेदो सिधै सुरूङमा पसेर सुरूङ नै भरिन सक्छ, जसलाई निकाल्न बर्षौँ समय र अर्बौको लागत लाग्न सक्छ । बर्षाको पानीबाट आयोजनालाई जोगाउन उपयुक्त संरचनाहरू निर्माण भइसकेका नै छैनन् ।

यसैले बर्षायाम लाग्ने बित्तिकै पानी आपूर्ति बन्द गर्दै मुहान थुन्नु पर्ने अवस्था छ । हिउँदमै पनि लेदो नथिग्राइ (desilting नगरि) सिधै diversion canal बाट पानी सुरूङमा लैजादा त्यसमा भएका बालुवा सुरूङमा बिस्तारै थिग्रिएर केहि समय पछि सुरूङ पुरै बालुवा र लेदोले भरिएर लामो समयको लागि पानी आपूर्ति बन्द हुन सक्छ । यसका लागि नयाँ intake खोलाको माथितिर राम्ररी study गरेर सार्न आवश्यक छ । त्यस्तै, लेदो थिगार्ने संरचना (Desilting Basin) सुरूङ भित्रै बनाउन उचित हुन्छ । प्राविधिक जोखिमको आकलन र समाधान नगरि उचित प्राविधिक अध्ययनबिना राजनैतिक stunt कै लागि मात्र मेलम्चीको पानी काठमाडौँ ल्याउन खोज्नु उदघाटन गर्दै झुक्याउने सिलसिलाको पछिल्लो कडी मात्रै हो ।

पूर्व सचिव भीम उपाद्यायले भूगोल पार्कको प्याल्टफर्ममा गत हप्ता मेलम्ची खानेपानी वितरण भएपनि निरन्तर पाउँनेमा उपत्यकावासी ढुक्क हुन सकेनन् भन्ने विषयमा नेपालीहरूको धारणा सर्वेक्षण गर्न (मनमौजी ओपिनियन पोल) बनाउँनुभएको थियो ।

उक्त पोलको ६ वटा प्रश्नमा भोट गर्नुहुने महानुभावहरूलाई सर्वप्रथम त हार्दिक कृतज्ञता व्यक्त गर्दछौँ । भूगोल पार्कले तपाईहरूले गर्नुभएको ओपिनियन पोलको अन्तिम नतिजा जस्ताको तस्तै सार्वजनिक गरेको छ ।

हामीले यसै विषयमा पहिलो प्रश्न मेलम्चीको खानेपानी निरन्तर आउनेमा किन उपत्यकावासीले अझैँ आशंका व्यक्त गरेका होलान ? भनि सोधिएका थियौँ । जसमा २६.६७ प्रतिशतले २०७७ फागुनमा ओलीले उद्घाटन गरेको मेलम्चीको खानेपानी पटकपटक बन्द भएकाले, २३.३३ प्रतिशतले यसपटक पनि अस्थाई बाधबाट पानी ल्याएकाले, ३०.० प्रतिशतले ३ वर्षमा २ अर्ब खर्च गर्दा पनि हेडवर्क्सको मर्मत गर्न सरकारले नसकेकाले र २०.० प्रतिशतले सुरुङको मुहान करिब ५०० मिटर सार्न एशियाली विकास बैंकले दिएको सुझाव कार्यन्वयन नभएकाले भनि अभिमत दिनुभएको थियो ।

हामीले यसै विषयमा दोस्रो प्रश्न  एउटै परियोजना बारम्बार उद्घाटन गरेर विश्वकिर्तिमान कायम गरे भन्ने मेयर बालेनको भनाई कस्तो लाग्यो ? भनि सोधिएका थियौँ । जसमा ३०.० प्रतिशतले प्रधानमन्त्री प्रचण्डले ५औँ पटक मेलम्ची खानेपानी उद्घाटन गरेकाले ठिक हो , ३०.० प्रतिशतले मेलम्चीको पानी काठमाडौँ झारेर उदघाटन गर्ने कुप्रथाको अन्त्य नभएकाले ठिक हो , २३.३३  प्रतिशतले दृर्घकालिन योजनासहित प्राविधिक पक्षलाई ध्यान नदिएकाले ठिक हो  र १६.६७ प्रतिशतले मेयर बालेनले वास्तविक यथार्थलाई तोडमोड गरेको ठिक लागेन भनि अभिमत दिनुभएको थियो ।

हामीले यसै विषयमा तेस्रो प्रश्न  एउटै मेलम्ची परियोजना ५औँ पटक उद्घाटन गर्न किन प्रम पुष्पकमल दाहाल गएका होलान ? भनि सोधिएका थियौँ । जसमा २०.० प्रतिशतले एउटै परियोजना उद्घाटनको विश्वकिर्तिमान कायम गर्न,  ४६.६७ प्रतिशतले जनताको आँखामा छारो हाल्न, २३.३३ प्रतिशतले उपत्यकावासीलाई मेलम्ची खानेपानी खुवाउँन पुन : सफल भएको देखाउँन र १०.० प्रतिशतले मेलम्ची खानेपानी तत्कालिन प्रम केपी ओलीले २०७७ फागुनमा उद्घाटन गरेपनि निरन्तर पानी नआएकाले भनि अभिमत दिनुभएको थियो ।

हामीले यसै विषयमा चौथो प्रश्न मेलम्चीको खानेपानीको सुरुङ र मुहानमा भएको क्षेती दृर्घकालिन समाधान नहुनुमा दोष कसको देख्नुहुन्छ ? भनि सोधिएका थियौँ । जसमा ४३.३३ प्रतिशतले प्राविधिक पक्षलाई जोखिममा राखेर उद्घाटन गर्ने केपी ओली , ३०.० प्रतिशतले दृर्घकालिन योजना बेगर काम गर्ने प्रधानमन्त्री प्रचण्ड , २६.६७ प्रतिशतले गुणस्तरीय काम नगर्ने मेलम्ची आयोजनाका प्राविधिज्ञ, ठेकदार र कर्मचारी र  ०.० प्रतिशतले छिटो पानी खान खोज्ने उपत्यकावासी भनि अभिमत दिनुभएको थियो ।

हामीले यसै विषयमा पाँचौँ  प्रश्न प्रधानमन्त्रीले एशियाली विकास बैंकले किन काठमाडौँमा वर्षौँभरि पानी ल्याउन ४ अर्ब रुपैयाँ र ४ वर्ष समय लाग्ने बताएको होला ? भनि सोधिएका थियौँ । जसमा २६.६७ प्रतिशतले सुरुङको मुहान करिब ५०० मिटर सार्नुपर्छ, ३३.३३ प्रतिशतले मुहानको बालुवा र लेदो रोक्ने प्रणालीको विकास गर्नुपर्ने भएकाले , ३०.१० प्रतिशतले सुरुङदेखि मुहानसम्म भएको कामको पुन :चेकजाँच गर्नुपर्ने भएकाले र १०.० प्रतिशतले एशियाली विकास बैंकलाई नै थाहा होला भनि अभिमत दिनुभएको थियो ।

हामीले यसै विषयमा छैटौँ  प्रश्न पाँचौँ  मेलम्चीको खानेपानी दिगो रुपमा काठमाडौँ उपत्यकामा वितरण हुन के गर्नुपर्छ ? भनि सोधिएका थियौँ । जसमा ३३.३३ प्रतिशतले मुहानको बालुवा र लेदो रोक्ने प्रणालीको विकास गर्नुपर्छ, १६.६७ प्रतिशतले  सुरुङको मुहान करिब ५०० मिटर सार्नुपर्छ , २६.६७ प्रतिशतले दृर्घकालिन योजनासहित प्राविधिक पक्षलाई ध्यान दिनुपर्छ र २३.३३ प्रतिशतले मेलम्ची आयोजनामाथि हुने गरेको फोहोरी राजनीति बन्द गरिनुपर्छ भनि अभिमत दिनुभएको थियो ।



132 Views

Comments