नवप्रर्वतनलाई जोड दिँदै आविष्कार केन्द्र

१२ बैशाख, २०८१,१२:५७

१४ माघ, गण्डकी । अनुसन्धान, अन्वेषण तथा आविष्कारका गतिविधि प्रवर्द्धन गर्दै शिक्षण, अनुसन्धान र समुदायमा आधारित जीवनोपयोगी अनुसन्धान कार्य गर्ने उद्देश्यले गण्डकी विश्वविद्यालयले आविष्कार केन्द्रमार्फत आफ्ना गतिविधि बढाएको छ । विश्वविद्यालयले सन् २०२१ मा अनुसन्धान केन्द्र, आविष्कार र आविष्कार केन्द्र (आरसी–आइआई) स्थापना गर्दै समयसापेक्ष नयाँ प्रविधि तथा नवप्रर्वतनलाई जोड दिँदै सैद्धान्तिक ज्ञानलाई अनुसन्धान, अन्वेषण तथा आविष्कारसँग जोडेको विश्वविद्यालयका रजिष्ट्रार डा कैलाश तिमल्सिनाले जानकारी दिनुभयो ।

विश्वविद्यालयले नियमित विद्यार्थीलाई मात्र नभई पारिवारिक तथा अन्य कारणले पठनपाठनलाई नियमित गर्न नसकेकाहरूलाई समयानुकूल तालिम तथा सीपअनुसारको आविष्कार गर्न यथाशक्य सहयोग पुर्याउने उद्देश्य राखेको उहाँले बताउनुभयो । केन्द्रमा हालसम्म आठवटा मेसिन तथा केही बहुकार्यात्मक औजार उत्पादन भएको जानकारी दिँदै उहाँले यसको प्रयोगबाट कृषि, स्वास्थ्य, सूचना प्रविधिजस्ता विषयसँग सम्बन्धित आधुनिक उपकरण तथा औजार विकास गर्न सकिने बताउनुभयो । केन्द्रमा घाँस टुक्र्याउने, गोबर पेल्ने, कोदो प्रशोधन गर्ने औजार, सोलार ड्रायर, दाउरा चिर्ने, अदुवा प्रशोधन गर्ने उपकरण निर्माण भइसकेका छन् ।

यसका लागि राष्ट्रिय आविष्कार केन्द्रले पनि विश्वविद्यालयसँगको सम्झौतामा आधारित भई प्राविधिक सहयोग गरेको रजिष्ट्रार तिमल्सिनाले जानकारी दिनुभयो । केन्द्रमा पेट्रोल स्कुटरलाई विद्युतीय स्कुटरमा परिवर्तन गरी प्रयोगमा ल्याइसकिएको छ । केन्द्रमा अन्य मेसिन पनि निर्माणको प्रक्रियामा रहेको उल्लेख गर्दै तिमल्सिनाले प्रदेश सरकारको प्राथमिकतामा रहेको बाँदर धपाउने मेसिनको निर्माणका लागि ड्रोन प्रयोग गरी बाँदर धपाउने प्रविधिको विकास सुरु गरिएको बताउनुभयो ।

अनुसन्धान, अन्वेषण तथा आविष्कारका गतिविधि प्रवर्द्धन गर्दै शिक्षण, अनुसन्धान र समुदायमा आधारित जीवनोपयोगी अनुसन्धान कार्य गर्ने उद्देश्यले गण्डकी विश्वविद्यालयले आविष्कार केन्द्रमार्फत आफ्ना गतिविधि बढाएको भूगोल पार्क मुक्तकण्ठले प्रशंसा गर्दै नवप्रर्वतनलाई जोड दिँन यस्ता आविष्कार केन्द्ररू देशभरी खुल्नुपर्दछ ।



116 Views

Comments