हुन्डी र सुन कारोवारको आरोपमा नरेश अग्रवालसहित तीनजना पक्राउ

५ माघ, २०८०,११:३४

५ माघ, काठमाडौँ । हुन्डी र सुन कारोवारको आरोपमा नरेश अग्रवालसहित तीनजना पक्राउ परेका छन् । उनीहरूलाई दुई करोड नगदसहित राजस्व अनुसन्धान टोलीले गतराति पक्राउ गरेको हो ।

विभागका महानिर्देशक नवराज ढुंगानाले क्षेत्रपाटीस्थित अग्रवालको घरमा छापा मारेर उनीहरूलाई पक्राउ गरेको सञ्चारकर्मीलाई जानकारी दिएका छन् । महानिर्देशक ढुंगानाका अनुसार अग्रवाल कपडा व्यससायी पनि भएका जानकारी प्राप्त भएको छ । उनका अनुसार अग्रवालको घरबाट दुई हजार अमेरिकी डलर बरामद गरिएको छ ।

अग्रवालसहित तीनजना सुन, हुन्डी र क्रिप्टोकरेन्सीको कारोबारी भएको बुझीएको बताउँदै महानिर्देशक ढुंगानाले सोको विषयमा अनुसन्धान हुने बताउँनुभयो ।



323 Views

Comments