काठमाडौ माराथोन , पोखरा माराथोन र नेपालगञ्ज माराथोनको नापीका लागि AIMS – Association of International Marathon and Distance..." />
नेपालका तिनैवटा माराथोन रुटको नापी हुदै

Bhugolpark

७ बैशाख, २०८१,०१:१८

काठमाडौ माराथोन , पोखरा माराथोन र नेपालगञ्ज माराथोनको नापीका लागि AIMS – Association of International Marathon and Distance Running का आधिकारीक course Measurer Mr. Amir Shandiwan हिजो नेपाल आइपगेका छन्।

वहाँले नेपाल पुगे लगतै हिजो राति नै त्रिपुरेश्वर बाट शुरु भै काठमाडौ, ललितपुर, भक्तपुर र थिमी को बाटो भइ त्रिपुरेश्वर दशरथ रंगशालामा सम्पन्न हुने काठमाडौ माराथोनकोरुट नापी गरिसकेको छ । भोली नै वहाँ पोखरा गइ पोखरा माराथोनको रुट नापी गर्ने छन्त्यस पश्चात नेपालगञ्ज माराथोनको रुट नापी गर्नेछ ।

वहाँ यस काठमाडौ माराथोनका मुख्य आयोजक श्री निलेन्द्र राज श्रेष्ठ ( नेपाल ओलम्पिक कमिटीका महासचिव एवं नेपाल ट्रायथलन संघका अध्यक्ष ) कोसंयोजकत्वमा नेपाल आउनु भएको हो। तिनै वटा माराथोनको रुट नापी गरि रिपोर्ट AIMS मा पठाए पछि केहि दिन मानै नेपालमा भएका तिनै वटा माराथोन लाई AIMS Certified Route भनी प्रमाणित गरि प्रमाणपत्र प्रदान गर्नेछ ।

त्यस पश्चात अब उपरान्त नेपालमा माराथोनका दुरी पुगेको नपुगेको भन्ने विवादको अन्त्य हुनेछ । साथै नेपालका तिनै वटा माराथोन अन्र्तराष्ट्रिय मापदण्ड अनुसार संचालन भएको माराथोनको रुपमा प्रमाणित हुनेछ । माराथोन दौडको दुरी ४२ . १९५ कि.मी. हुनै पर्छ।     


97 Views

Comments