अभियुक्त बम्जनविरुद्ध सुनुवाइ सुरु

२६ पुष, २०८०,१३:०५

२६ पुस, मलङ्गवा (सर्लाही) । हत्या र यौन हिंसाका अभियुक्त रामबहादुर बम्जनलाई जिल्ला अदालत सर्लाहीसमक्ष प्रस्तुत गरिएको छ । जिल्ला अदालत सर्लाहीबाट उनीविरुद्ध पक्राउ पुर्जी जारी भएकाले निजलाई अदालतमा पेस गरिएको हो । उक्त अदालतमा न्यायाधीश विष्णु रेग्मीको इजलासमा उनीविरुद्ध मुद्दाको सुनुवाइ सुरु भएको स्रेस्तेदार सदन अधिकारीले सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।

हत्या र यौन शोषणको मुद्दामा सर्लाही जिल्ला अदालतले २०७६ साल माघ २३ गते बम्जनलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले बम्जनलाई मंगलबार बुढानिलकण्ठस्थित उनकै घरबाट पक्राउ गरेको थियो ।

बम्जनका आश्रमबाट आनीहरू सर्लाहीकी रिता बोटे, नुवाकोटकी कर्मा तामाङ र मकवानपुरकी फूलमाया रुम्बा बेपत्ता छन् । त्यस्तै बम्जनका दुई अनुयायी बाराका सुरेश आलेमगर र मकवानपुरका सञ्चमान वाइबा पनि उनको सिन्धुलीस्थित आश्रमबाट बेपत्ता भएका थिए ।

२०७५ भदौ ३० गते रौतहटकी १८ वर्षीय गंगामाया तामाङले ललितपुरस्थित सामुदायिक सूचना नेटवर्कको कार्यालयमा पत्रकार सम्मेलन गरेर बम्जनले आफूमाथि बलात्कार गरेको आरोप लगाएकी थिइन । उनले चार वर्ष बम्जनको आश्रममा बस्दा देखे भोगेका दुर्व्यवहार बारे सार्वजनिक गरेकी थिइन् ।


460 Views

Comments