५०.५६ प्रतिशतले भने मन्त्री किराँतीले सामाजिक सद्भाव खलवलाएकाले जेल हाल्नुपर्छ

२३ बैशाख, २०८१,१५:३२

मन्त्री किराँतीको क्रिश्चियन धर्मावलम्बीमाझ दिएको अभिव्यक्ति आपतिजनकको नतिजा सार्वजनिक

२५ पुस, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का पोलिटब्युरो सदस्य सुदन किराँतीको जन्म भोजपुर जिल्लाको ओख्रेमा बुबा हर्कबहादुर राई र आमा रक्षा कुमारीको कोखबाट विसं २०३५ सालमा भएको थियो । उनी २०६४ मा २८ वर्षकै उमेरमा भोजपुरबाट जितेका उनी २०७४ र २०७९ मा पनि सोही जिल्लाबाट प्रतिनिधिसभामा निर्वाचित हुन भने २०७० मा भने भोजपुरबाट हारेका थिए । पर्यटन मन्त्रालयको विवरणमा विसं २०३४ मा डा. हर्क गुरुङ पर्यटन राज्यमन्त्री भएका थिए । त्यसयता उनीसहित मुलुकले ४० जना पर्यटनमन्त्री पाइसकेको छ । उनी ३ माघ २०७९ मा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भई हालसम्म कार्यरत छन् ।

भूइँमान्छेको पहिचान बनाएका राई स्थानीय परिभेषमा घुलमिल हुने र जनताको सुख दुःखमा साथसाथै रहने कार्यशैलीले उहाँ जनतामाझ स्थापित छन् । सिधा र स्पष्ट कुरा राख्ने किराँती राजनीतिमा पनि निकै काबिल छन् । राजनीतिक यात्रामा पदीय जिम्मेवारीको इमान्दारिता, संसदीय यात्रामा जनताको जिम्मेवारीतालाई कुशलतापूर्वक भूमिका निर्वाह गरेका किराँती जनजाति सांसदमा बेग्ले लवज र जनतासँग घुलमिल भएर जीवन्त अभ्यासले उनको राजनीतिक यात्रालाई ओझिलो बनाएको छ ।

पछिल्यो समय भने क्रिश्चियन धर्मावालम्वीहरूलाई सम्बोधन गर्दै मन्त्री किराँतीले नेपालमा “क्रिश्चियन धर्मलाई मान्दिनँ भन्नेहरू संविधानविरोधी” भएको र संविधान नमान्नेहरू “देशद्रोही” भएको भन्दै उनीहरूलाई "जेल हाल्नुपर्ने" अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल भएको छ ।

हामीले नेपालका प्रमुख धर्म र मन्त्री किराँतीको अभिव्यक्तिलाई लिएर तरंगित भएको समाजका अभिव्यक्ति पाठकलाई सम्पादन गर्ने जमर्को गरेका छौँ ।

नेपालका प्रमुख धर्म

नेपालमा कुल १० वटा धर्म मान्ने मानिस रहेको आधिकारिक तथ्याङ्क छ। तीमध्ये सबैभन्दा बढी हिन्दू धर्मावलम्बी रहेको राष्ट्रिय जनगणना २०७८ ले देखाउँछ ।

सन् २०२१ को नोभेम्बर २५ तारिखसम्मको विवरण समेटिएको तथ्याङ्कअनुसार नेपालमा अहिले ८१.१९ प्रतिशत हिन्दुको जनसङ्ख्या छ ।

जनगणनाको प्रतिवेदनले नेपालको दोस्रो प्रमुख धर्मसहित चार धर्मावलम्बीको जनसङ्ख्या क्रमश: घट्दै गइरहेको देखाएको छ।

त्यस्तै दोस्रो स्थानमा रहेको बौद्ध धर्मावलम्बीको सङ्ख्या ८.२१ प्रतिशत, तेस्रो स्थानमा रहेको इस्लामको ५.०९ प्रतिशत र चौथो स्थानमा रहेको किराँतको ३.१७ प्रतिशत जनसङ्ख्या छ।

त्यस्तै इसाईहरूको जनसङ्ख्या १.७६ प्रतिशत तथा प्राकृत धर्म मान्नेहरूको सङ्ख्या ०.३५ प्रतिशत रहेको जनगणनाले देखाएको छ।

नेपालमा बोन धर्म मान्नेहरू ०.२३ प्रतिशत र जैन तथा सिख धर्मावलम्बीहरू ०.०१ प्रतिशत छन् । जनगणनाले नेपालमा बहाई धर्मका अनुयायीको कुल सङ्ख्या ५३७ भएको देखाएको छ।

सामाजिक सञ्जालमा मन्त्री किराँतीको अभिव्यक्तिमा चर्को असन्तुष्टी

विभिन्न राजनीतिक दल र नागरिक समाजले उनको अभिव्यक्तिले धार्मीक द्वन्द्व निम्त्याउँन सक्ने भन्दै चर्को असन्तुष्टी सामाजिक सञ्जालमा यत्रतत्र सर्वत्र व्यक्त गरेका छन् ।

एमालेका नेता तथा पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटा

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता तथा पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाले किराँतीको अभिव्यक्तिलाई लिएर माओवादी पार्टीमाथि नै प्रश्न गरेका छन्।

“संस्कृतिमन्त्री किरातीले कत्रो जेल बनाउलान त अब ? उनले थुन्नैपर्ने राष्ट्रद्रोहीको सङ्ख्या (हिन्दू, बौद्ध, मुस्लिम आदि) करिब ९८% रहेछ । माओवादी अरू कसैका लागि सेवा दिने मिसनरी उद्योग हो भन्ने फेरि प्रमाणित भयो । धर्म व्यक्तिगत स्वतन्त्रता हो । तर संस्कृति र सभ्यता देशको मौलिकता र पहिचान,” बास्कोटाले लेखेका थिए ।

उनकै पार्टी नेकपा माओवादी केन्द्रभित्र पनि चर्को असन्तुष्टि

नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री रामेश्वर राय यादवले पार्टीभित्र पनि विभिन्न धर्ममा आस्था राख्नेहरूको भावनामा चोट लाग्ने अभिव्यक्ति मन्त्रीले दिएको टिप्पणी गरेका थिए ।

उनले “म पार्टीलाई पनि भन्छु, यस्ता कुराहरूलाई छुट दिनुहुन्न। यसले सामाजिक द्वन्द्व बढाउँछ ।”

सडक प्रदर्शनको रूपमा पनि त्यो प्रकट भएको देखिएको छ । मन्त्री किराँतीको राजीनामा माग्दै विरोध प्रदर्शन भएको थियो ।

राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापनाका पक्षधर केही सङ्गठन र व्यक्तिले विरोध कार्यक्रमहरू गरे भने राप्रपाले आन्दोलन गर्ने घोषणा गरेको छ ।

नेता शर्माको विश्लेषण छ, “उहाँको वक्तव्यले त्यो आगोमा पेट्रोल खन्याएको पाएको छु, उनीहरूलाई बल मिलेको छ। त्यसले पार्टीलाई राम्रो गर्छ भन्ने लाग्दैन।”

पूर्व सचिव भीम उपाद्यायले भूगोल पार्कको प्याल्टफर्ममा गत हप्ता मन्त्री सुदन किराँतीको क्रिश्चियन धर्मावलम्बीमाझ दिएको अभिव्यक्ति आपतिजनक भन्ने विषयमा नेपालीहरूको धारणा सर्वेक्षण गर्न (मनमौजी ओपिनियन पोल) बनाउँनुभएको थियो ।

मन्त्री सुदन किराँतीको क्रिश्चियन धर्मावलम्बीमाझ दिएको अभिव्यक्ति आपतिजनकमा नेपालीहरूको धारणा सर्वेक्षण भन्ने विषयमा “जनताको अभिमत जस्ताको तस्तै” जनतासामू पुगोस भन्ने हेतुले गत हप्ता पूर्व सचिव भीम उपाद्यायले ओपिनियन पोल बनाउँनुभएको थियो ।

उक्त पोलको ५ वटा प्रश्नमा भोट गर्नुहुने महानुभावहरूलाई सर्वप्रथम त हार्दिक कृतज्ञता व्यक्त गर्दछौँ । भूगोल पार्कले तपाईहरूले गर्नुभएको ओपिनियन पोलको अन्तिम नतिजा जस्ताको तस्तै सार्वजनिक गरेको छ  ।

हामीले यसै विषयमा पहिलो प्रश्न “क्रिश्चियनलाई मान्दिन भन्नु संविधानलाई मान्दिन भन्नु हो …..तिनीहरूलाई जेल कोच्ननुपर्छ” भन्ने मन्त्री किराँतीको भनाई कस्तो लाग्यो ? भनि सोधिएका थियौँ । जसमा ३९.३३ गैर जिम्मेवार अभिव्यक्ति, १०.११ प्रतिशतले उनले क्रिश्चिनीटीलाई सम्मान गर भन्न खोजेका हुन, ५०.५६ प्रतिशतले उनले सामाजिक सद्भाव खलवलाएकाले मन्त्रीबाट फिर्ता बोलाएर जेल हाल्नुपर्छ र ०.० प्रतिशतले खै, मलाई थाहा भएन भनि अभिमत दिनुभएको थियो ।

हामीले यसै विषयमा दोस्रो प्रश्न सामाजिक अभियन्ताहरूले किन मन्त्री सुदन किराँतीलाई “सके आफूलाई जेल हाल्न” चुनौती दिदैँ उनको राजिनामा मागेका होलान ?  भनि सोधिएका थियौँ । जसमा २५.०४ प्रतिशतले अरु धर्मावलम्वीहरूको मानमर्दन गरेकाले, ७५.१७ प्रतिशतले उनले सामाजिक सद्भाव खलवलाएकाले, ८.९९ प्रतिशतले उनका विरोधी भएकाले  र ०.० प्रतिशतले खै, मलाई थाहा भएन भनि अभिमत दिनुभएको थियो ।

हामीले यसै विषयमा तेस्रो प्रश्न मन्त्री किराँतीले प्रचण्डको किन जीजस क्राइस्टसँग तुलना गरेका होलान ? भनि सोधिएका थियौँ । जसमा ७.८७ प्रतिशतले जीजस क्राइस्टलाई झैँ तत्कालिन सरकारले प्रचण्डलाई मार्न खोजेकाले, १४.६१ प्रतिशतले जीजस क्राइस्ट र प्रचण्ड दुवै सामाजिक विद्रोह गर्ने महान नेता भएकाले, ६९.६६ प्रतिशतले मन्त्री पद जोगाउँन, र ७.८७ प्रतिशतले खै, मलाई थाहा भएन भनि अभिमत दिनुभएको थियो ।

हामीले यसै विषयमा चौथो प्रश्न मन्त्री किराँतीले आफ्नो अभिव्यक्तिबारे फेसबुकमा के भनेका थिए ? भनि सोधिएका थियौँ । जसमा २०.२२ प्रतिशतले आफू सबै धर्मावलम्बीको अभिभावक, ३३.७१ प्रतिशतले आफू क्रिश्चियन धर्मावलम्बीको अभिभावक, ३५.९६ प्रतिशतले विश्वको धेरै जनसंख्याले मानेको धर्म क्रिश्चियन भएकाले सबैले मान्नुपर्ने र  १०.११ प्रतिशतले खै, मलाई थाहा भएन भनि अभिमत दिनुभएको थियो ।

हामीले यसै विषयमा पाँचौँ विभिन्न राजनीतिक दलहरूले मन्त्री किराँतीको अभिव्यक्तिबारे किन चर्को आलोचना गरेका होलान ? प्रधानमन्त्रीले भनि सोधिएका थियौँ । जसमा ६०.६७ प्रतिशतले देशमा धार्मिक द्वन्द्व निम्त्याउँन खोजेकाले, १४.६१ प्रतिशतले उनलाई मन्त्री पदबाट बर्खास्तका लागि दवाव दिन, २१.३५ प्रतिशतले जनतासामू मन्त्री किराँतीको असली रुपको पर्दाफास गर्न  र ३.३७ प्रतिशतले खै, मलाई थाहा भएन भनि अभिमत दिनुभएको थियो ।



256 Views

Comments