२४ पुस, काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेडका शाखाहरूद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत विद्यालय, सामाजिक संस्था र धार्मिक संघलाई सहयोगका कार्यक्रमहरू सम्पन्न भएका छन् ।
बैंकको न्यूरोड शाखाद्वारा हिमालय माध्यमिक विद्यालय, न्यूरोडलाई एक थान प्रिन्टर प्रदान गरिएको छ । विद्यालयको प्रशासनिक तथा दैनिक कार्यमा सहयोग पुर्याउने हेतुले उक्त प्रिन्टर प्रदान गरिएको हो । न्यूरोड शाखाका प्रमुख कुमार अधिकारीले विद्यालयका प्रधानाध्यापक हिरा मर्हजनलाई प्रिन्टर हस्तान्तरण गर्नुभएको थियो ।
त्यसैगरि बैंकको गोगंबु शाखाद्वारा काठमाडौं महानगरपालिका वडा नं-२६ मा अवस्थित पवित्रनगर समाजलाई आर्थिक सहयोग प्रदान गरिएको छ । समाजको कार्यालय कक्षमा स्थापना गर्न लागिएको सार्वजनिक पुस्तकालयमा आवश्यक पुस्तक तथा अन्य सामाग्रि खरिद गर्नका लागि गोगंबु शाखाका प्रमुख अमिता बगालेले पवित्रनगर समाज समितिका अध्यक्ष सुर्यमणि पौडेललाई तीस हजार रुपैया बराबरको चेक हस्तान्तरण गर्नुभएको थियो ।
त्यस्तै बैकको बसुन्धरा शाखाद्वारा टोखा नगरपालिका वडा नं ०४ मा अवस्थित श्रीकृष्ण धार्मिक संघलाई २ थान उफर हस्तान्तरण गरिएको छ ।
यस बैंकले विगत २९ वर्ष देखि नवरत रुपले गुणस्तरिय वित्तीय सेवा नेपाली जनताको घरदैलोमा गएर प्रदान गर्दै आएकोले नै नेपालीहरूको मनमा बस्न सफल भएको हो । यो बैंकले “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै विगत देखि नै ग्राहक महानुभावहरूको आम्दानीमा उच्च प्रतिफल दिदैँ आएको छ ।
यस बैंकले आम ग्राहक महानुभावहरूको बैंकिङ्ग आवश्यकता, चाहना तथा अपेक्षालाई मध्येनजर गर्दै थप गुणस्तरिय वित्तीय सेवा प्रदान गर्ने प्रतिवद्घता जनाएको छ । यो बैंकले अव्वल सेवा र सुविधा आफ्ना ग्रहकलाई दिएकाले नै आज विकास बैंकहरूमध्ये अग्रणी स्थानमा पर्न सफल भएको छ । त्यसैले महालक्ष्मी विकास बैंक लिमिटेडको ग्राहक बनी संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतका पुण्य कार्य आफू पनि भागिदार बन्नुहोस् भन्ने कामना भूगोल पार्क गर्दछ ।
Comments