प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिमा नेकपा एमालेले तीन बुँदे फरक मत राखेको छ ।  

आन्तरिक कार्यविधि र..." />

एमालेले राख्यो महाभियोग सिफारिस समितिमा ३ बुँदे फरक मत

Bhugolpark

७ बैशाख, २०८१,११:२६

 प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिमा नेकपा एमालेले तीन बुँदे फरक मत राखेको छ ।  

आन्तरिक कार्यविधि र कार्यतालिका पारित गर्न बुधबार बसेको बैठकको सुरुमै सिफारिस समितिमा एमालेबाट प्रतिनिधित्व गर्ने सांसद विष्णु पौडेलले ३ बुँदे फरक मत राखेका हुन् । एमालेले महाअभियोग प्रस्ताव प्रतिनिधिसभा सचिवालयमा दर्ता भएकामा समितिमा पठाउन ढिलाइ गर्नुको कारण सभामुखसँग माग गर्नुपर्ने बताएको छ ।        

त्यस्तै प्रतिनिधिसभा नियमावलीअनुसार महाअभियोगमाथि छानबिनका लागि समितिले ३ महिना समय पाउनुपर्नेमा नपाउने अवस्था आउनुको कारण पनि माग गर्नुपर्ने एमालेको भनाइ छ । सभामुखले बेलैमा महाअभियोग सिफारिस समितिमा महाअभियोग प्रस्ताव नपठाएका कारण चुनावअघि छानबिनका लागि ३ महिना समय नपाउने अवस्था बनेको एमालेको भनाइ छ ।   एमालेले समितिको प्रतिवेदन संसदमा पेस हुने र निर्णयार्थ पेस हुने सुनिश्चितता पनि माग गरेको छ ।

एमाले सांसदहरु विष्णु पौडेल, लालबाबु पण्डित, शिवमाया तुम्बाहाङ्फे र कृष्णभक्त पोखरेलले हस्ताक्षर गरेर आफ्नो फरक मत ज्येष्ठ सदस्य रामबहादुर विष्टलाई बुझाएका छन् ।  


126 Views

Comments