भारतीय वायुसेनाको विशेष विमानबाट काठमाडौँ आइपुगे विदेशमन्त्री जयशंकर

१९ पुष, २०८०,११:३५

१९ पुस, काठमाडौँ । भारतीय वायुसेनाको विशेष आइएफसी ३१ विमानबाट बिहान ९:३० बजे भारतीय विदेशमन्त्री जयशंकर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँ आइपुगे हुन । उनलाई स्वगत गर्न परराष्ट्र मन्त्री एनपी साउद आफैं विमानस्थल पुगेका थिए । नेपाल-भारतको संयुक्त आयोगको सातौँ बैठकमा सहभागी हुन नेपाल आइपुगेका हुन ।

उनी ११ बजे राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास जाने र त्यहाँबाट फर्केपछि मध्यान्ह १२ बजे प्रधानमन्त्री प्रचण्डसँग बालुवाटारमा भेटने कार्यतालिका छ । त्यसलगत्तै १ बजे परराष्ट्र मन्त्री एनपी साउदसँग होटेल याक एण्ड यतिमा भेटघाट गरेपछि उनी सवा एक बजेदेखि संयुक्त आयोगको सातौँ बैठकमा सहभागी हुनेछन् । पौने २ बजे दुई देशबीच १० हजार मेगावाट बिजुली खरिद सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम रहेको छ ।

उनी २ बजे परराष्ट्र मन्त्रालयले होटेल याक एण्ड यतिमा आयोजना गर्ने दिवा भोज कार्यक्रममा सहभागी हुने जानकारी गराइएको छ । विदेशमन्त्री जयशंकरले ३ बजेर ४० मिनेटमा कांग्रेस सभापति शेरबहादुर देउवा र साढे ४ बजे एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गर्नेछन् ।

साँझ ६:१५ बजे परराष्ट्र मन्त्रालयले सोल्टी होटेल रात्री भोजको आयोजना गर्नेछ । सो रात्री भोजमा विदेशमन्त्री जयशंकरलगायत नेपालका नेता, सांसद र सरकारी अधिकारीहरूको उपस्थित रहनेछ ।

उनको साथमा विदेश सचिव विनय मोहन क्यात्रा, नेपाल डेस्क हेर्ने सहसचिव अनुराग श्रीवास्तव, विदेश मन्त्रालयका कर्मचारी समावेश रहेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको सिलसिलामा जेठमा दुई प्रधानमन्त्रीबीच १० वर्षमा १० हजार मेगावाट बिजुली भारतले खरिद गर्ने गरी २५ वर्षका लागि भारसँग प्ररम्भिक सम्झौतामा हस्ताक्षर भएको थियो

नेपालमा जहिले पनि भारतसँग तामझामले दुई देशबीच बैंठक हुने र अन्त्यमा सो बैंठक भारतको हितमा टुङ्गीने गरेको छ । भारतले नेपालको विकासमा कायपलट गर्ने भन्दै महाकाली सन्धी गर्न लगायो तर दशकौँ वित्दासमेत आवश्यक तयारी नपुगेको भन्दै पन्छि रहेको छ । त्यसैले भारतको विदेश मन्त्रीको नेपाल भ्रमण “हात्ति आयो हात्ति आयो फुस्स” भनेझैँ नहोस भन्ने भूगोल पार्कको भनाई रहेको छ ।


279 Views

Comments