एनसेल घोटलामा प्रधानमन्त्री प्रचण्ड पुत्री गंगा दाहालको संलग्नता : सांसद सिंह

२३ बैशाख, २०८१,१५:१२

पूर्व सचिव भीम उपाद्यायले भूगोल पार्कको प्याटफर्ममा गत हप्ता सांसद डा.अमरेशले उठाएका कुरा कति सान्दर्भिक ? भन्ने विषयमा ओपिनियन पोल (मनमौजी) को नतिजा सार्वजनिक

१७ पुस, काठमाडौँ । सांसद डा.अमरेश कुमार सिंहको जन्म सन् १९७० सेक्टेम्वर ५ मा बलारा नगरपालिका-४ सर्लाहीमा पिता राजसागर सिंह र माता चन्द्रामा देविको कोखबाट भएको थियो । सामान्य किसान परिवारमा जन्मिएपनि पितामा शिक्षाको महत्त बारे ज्ञान हुनाले उनी जहरालाल विश्वविद्यालय इण्डियाबाट एमएसी गरेर नेपालमा आई राजनीतिशास्त्रमा विद्यावारिधि गरेका हुन । निष्ट, त्रिचन्द्र कलेजमा केही वर्ष पढाएपछि गुणस्तरीय विभागमा शाखा अधिकृतको जागिर १ वर्ष खाएका उनको आम्दानी जागिरको भन्दा तेव्वर कमाउने गरेपनि महन्त ठाकुर मार्फत गिरिजा बाबुसँग उठबस भएर एवं कांग्रेसी परिवारमै हुर्कीएकाले देश र जनतालाई केही गरौँ भनेर राजनीतिमा लागेको बुझ्न सकिन्छ ।

उनी सन् २००८ देखि २०२२ सम्म नेपाली कांग्रेसमा क्रियाशील भएका थिए भने गत आम निर्वाचनदेखि हालसम्म उनी स्वतन्त्र सांसदको रुपमा प्रतिनिधिसभामा भूमिका निर्वाह गरिरहेका छन् । नेपाली कांग्रेसमा आवद्ध भएपनि उनले मधेश आन्दोलनमा खुलेर सहभागी भएका थिए । उनले पहाडी खस-आर्यहरूले मधेशीमाथि दमन र विभेदको राजनीति गरेको भन्दै मधेशीहरूको रगत नै अमाल्ने खालको चर्को भाषण गरेका थिए ।

प्रतिनिधिसभाको आम निर्वाचन-२०७९ मा सर्लाही क्षेत्र नं- ४ मा स्वतन्त्र उम्मेद्वारी दिएका डा.अमरेश कुमार सिंहले नेपाली कांग्रेसका नागेन्द्र यादवलाई पराजित गरेका थिए । उनले २० हजार १७ मत ल्याई विजय भएका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी यादवले १८ हजार २ सय ५२ मत र तेस्रो स्थानमा अर्का स्वतन्त्र उम्मेद्वार मधुमाला यादवले १४ हजार ५ सय ८६ मत ल्याएका थिए ।

प्रतिनिधिसभामा डा. सिंह लगातार तेस्रो पटक सांसद र एक चोटी मनोनित सांसद भएका छन् । उहाँ नेपालमा हुने गरेको बेथिति, भ्रष्टचार, कुशासन, नातावाद, कृपावादको समुल अन्त्य हुनुपर्ने बताउँछन् । ठूला नेताहरू नै भ्रष्टचारमा लिप्त भएको कुरा संसद भित्र र बाहिर बोलेकाले हिजोआज विभिन्न सञ्चारमाध्यमा हुनाले गर्दा उनको चर्चा शिखरमा छ ।

प्रधानमन्त्रीको भारत भ्रमणबाट जनताले केही नपाएको बताउँदै सीमा विवाद र इपिजीको रिपोटको कुनै चर्चा नभएको भारतीय पक्षले बताएका भन्दै उनले सो भ्रमणबाट कुनै ठोस प्रगति नभएको बताएका थिए । प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा पूजाआजा गर्नुपनि उपयुक्त नभएको बताएका थिए ।

सभामुखले आफूलाई बोल्न समय नदिएको भन्दै गत बैशाख २५ गते संसद बैठकमै अर्धनग्न भएका थिए । उहाँले ठूला नेता, कर्मचारी र व्यापारीले एनसेल घोटला काण्डमा अर्बौँको भ्रष्टचार गरेको प्रमाण आफूसँग भएको भन्दै सर्वोच्च अदालतमासमेत मुद्दा दायर गरेका छन् ।

पूर्व सचिव भीम उपाद्यायले भूगोल पार्कको प्याटफर्ममा गत हप्ता सांसद डा.अमरेशले उठाएका कुरा कति सान्दर्भिक ? भन्ने विषयमा ओपिनियन पोल (मनमौजी) बनाउँनुभएको थियो ।

सांसद डा.अमरेशले उठाएका कुरा कति सान्दर्भिक ? को विषयमा “जनताको अभिमत जस्ताको तस्तै” जनतासामू पुगोस भन्ने हेतुले गत हप्ता पूर्व सचिव भीम उपाद्यायले ओपिनियन पोल बनाउँनुभएको थियो । उक्त ओपिनियन पोलमा १,४३७ भिवर्स रहेका थिए भने २५४ जनाले भोटमा सहभागिता जनाउँदै आफ्नो अभिमत व्यक्तगर्नुभएको थियो ।

उक्त पोलको ५ वटा प्रश्नमा भोट गर्नुहुने महानुभावहरूलाई सर्वप्रथम त हार्दिक कृतज्ञता व्यक्त गर्दछौँ ।

हामीले यसै विषयमा पहिलो प्रश्न सांसद डा.अमरेश कुमार सिंहले भनेझैँ के एनसेल बिक्रीमा इतिहासकै ठूलो भ्रष्टाचार होला ? भनि सोधिएका थियौँ । जसमा ५९.४५ प्रतिशतले समाचारलाई आधारमान्दा ठूलो भ्रष्टाचार भएको छ, ६.६९ प्रतिशतले छानविनपछि मात्र भन्न सकिन्छ, ३१.५ प्रतिशतले जे भएपनि सत्यतथ्य कुरा के हो बाहिर ल्याउँनुपर्छ र २.३६ प्रतिशतले यस विषयमा मलाई केहि भन्नु छैन् भनि अभिमत दिनुभएको थियो।

हामीले यसै विषयमा दोस्रो प्रश्न जसले जतिपटक किनबेच गरे पनि विसं २०८६ सालपछि नेपाल सरकारकै स्वामित्व आउँने एनसेलको विषयमा किन हंगमा भएको होला ? भनि सोधिएका थियौँ । जसमा ३५.४३ प्रतिशतले एनसेलको किनबेचमा करछली भएको हुनसक्ने आशंकामा, १०.२४ प्रतिशतले एनसेलको सस्तो मुल्यमा मलेशियन कम्पनी विवादस्पद व्यक्ति शतिसलाल आचार्यले किनेकाले, ५१.५७ प्रतिशतले एनसेल किनबेचमा राजनीतिज्ञ कर्मचारी र व्यापारीको मिलेमतो भएकाले र २.७६ प्रतिशतले अन्य भनि अभिमत दिनुभएको थियो।

हामीले यसै विषयमा तेस्रो प्रश्न सरकारले बनाएको एनसेलको शेयर बिक्री छानविन समितिले के घोटाला भएको सत्यतथ्य रकम बाहिर ल्याउँला ? भनि सोधिएका थियौँ । जसमा ७.०९ प्रतिशतले ल्याउँछ, ६८.९ प्रतिशतले ठूला दल कै संलग्नता हुनाले सत्यतथ्य बाहिर ल्याउँदैनन्, १५.७५ प्रतिशतले प्रचण्ड सरकारको इच्छाशक्तिमा भरपर्छ र ८.२७ प्रतिशतले पर्ख र हेरको स्थितिमा छु भनि अभिमत दिनुभएको थियो।

हामीले यसै विषयमा चौथो प्रश्न अमरेश कुमार सिंहले सदन, संसदीय समिति र अन्य ठाउँमा उठाएको आवाज कस्तो लाग्यो ? भनि सोधिएका थियौँ । जसमा २९.९२ प्रतिशतले समय सान्दर्भिक यानी सहि छ, ३४.६५ प्रतिशतले उनले भनेझैँ नेताको आचरण र नीतिगत भ्रष्टचारको अन्त्य हुनुपर्छ, १५.३५ प्रतिशतले वर्तमान व्यवस्था राम्रो छ तर शासकहरू सुघ्रिनुपर्छ र २०.०८ प्रतिशतले अमरेश कुमार सिंहले उठाएको माग पूरा हुन राजा आउँनुपर्छ भनि अभिमत दिनुभएको थियो।

हामीले यसै विषयमा पाँचौँ प्रश्न सांसद अमरेश कुमार सिंहले किन ७ महिना पहिले सदनमै कपडा खोलेका होलान ? भनि सोधिएका थियौँ । जसमा २३.२३ प्रतिशतले सत्ता पक्षका सांसदहरूले चरम भ्रष्टचार गरेकाले, ४९.२१ प्रतिशतले सत्ता पक्ष र विपक्षका सांसदहरूले चरम भ्रष्टचार गरेकाले, १८.९ प्रतिशतले संसदीय मुल्यमान्यता भुलेकाले र ८.६६ प्रतिशतले मलाई थाहा भएन भनि अभिमत दिनुभएको थियो।



273 Views

Comments