मेयर बालेनले गरे साहसिक निर्णय

८ पुष, २०८०,१६:२०

८ पुस, काठमाडौं । काठमाडौँ महानगरपालिकाले मंसिर १२ गतेदेखि प्लास्टिकमा प्याक गरिएका सुर्तीजन्य पदार्थको बिक्री वितरण र सार्वजनिक स्थानमा चुरोटको सेवन एवं बिक्री वितरणमा रोक लगाएको छ । देशको राजधानी काठमाडौँको शौन्दर्यतालाई ध्यानमा दिदैँ मेयर बालेनले साहसिक निर्णय लिएका हुन । अब उप्रान्त खैनी, गुट्का,पान-परागलगायत प्लास्टिकमा प्याक गरिएका सुर्तीजन्य पदार्थको बिक्री वितरणमा गर्न पाइने छैन् । त्यस्तै चुरोटको प्याकेट बिक्री गर्न पाइने तर एक-दुई खिली चुरोट किनबेच गर्न नपाइने भएको छ ।

सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्न २०६८ सालमा जारी ऐनमा शिक्षण संस्था, विमानस्थल, बाल कल्यान गृह, क्लब, सार्वजनिक शौचालय, होटेल, सार्वजनिक ठाउँ आदिमा चुरोट बिँडी तमाखु खैनी गुट्का पान-परागलगायत सुर्तीजन्य पदार्थको प्रयोग गर्न रोक लगाउँन सक्ने व्यवस्था गरेको छ ।

त्यस्तै, काठमाडौँ महानगरपालिकाको जनस्वस्थ्य ऐन २०८० ले पनि सुर्ती तथा मदिराजन्य पदार्थको बिक्रीमा रोक लगाउँन सक्ने, बिक्रीका लागि खुला क्षेत्र तोक्न सक्ने, बालबालिबाहरूलाई बेच्न नपाइने, सार्वजनिक स्थलको चार किल्ला तोकेर त्यस वरपर सुर्तीजन्य र जंग फुड बिक्री निषेध गर्न सक्ने व्यवस्था गरेको छ । सोही ऐनलाई आधार मानेर मेयर बालेनले साहसिक निर्णय गरेका हुन सक्छ ।

हरेक देशको सहर, पार्क, नदीनाला सफा हुनुमा नियामक निकायको कडा नियम र नागरिकहरूको “मेरो देश सफा राख्न मेरो पनि भूमिका अपरिहार्य छ” भन्ने चेतना, अनुशासन एवं देशप्रेमको भावनाले ओतप्रोत हुनुलाई मान्न सकिन्छ । असल नियत भएका नेता र अनुशासित नागरिक भएका मुलुक नै आर्थिक रुपमा सवल भएका छन् भने त्यो देशमा अभूतपूर्व विकास भएको छ । जसले गर्दा ती देशहरू विश्वमा सवल अर्थतन्त्र भएको मुलुकमा आफ्नो देशको नाम दर्ज गर्न सफल भएका छन् ।

काडमाडौँ उपत्यका भित्रको सार्वजनिक ठाउँ सडक पसल नदी आदि सफा राख्नको लागि काठमाडौँ महानगरपालिकाले खैनी गुट्का पान-परागलगायत प्लास्टिकमा प्याक गरिएका सुर्तीजन्य पदार्थको बिक्री वितरणमा रोक हाम्रै लागि हो भन्ने उपत्यकावासीले महशुस गर्नुपर्ने देखिन्छ ।



495 Views

Comments