युवापुस्तालाई स्वदेशमा नै रोजगारीको नतिजा प्रकाशित

Bhugolpark

२१ बैशाख, २०८१,१४:४२

पूर्व सचिव भीम उपाद्यायले भूगोल पार्कको प्याटफर्ममा गत हप्ता युवापुस्तालाई स्वदेशमा नै रोजगारी भन्ने विषयमा ओपिनियन पोल (मनमौजी) बनाउँनुभएको थियो ।

८ पुस, काठमाडौँ । नेपालका ऊर्जाशील युवा जनशक्ति सरकारले भरपर्दो रोजगारीको ज्ञारेन्टी नगरेकाले निम्न र मध्यम वर्गका परिवार अदक्ष कामदारका रुपमा खाडी मलेसियालगायत देशमा कामको सिलसिलामा जाने क्रम बर्सेनि बढ्दै गएको छ भने धनीबाहुका छोराछोरी विद्यार्थी भिषामा युरोप, अमेरिका, क्यानडा, अष्ट्रेलिया आदि देशमा छिरेर उतै पलाएन हुँदै गइरहेका छन् । उनीहरूलाई के कुराले तानेको छ वा के कुरा देखेर विदेश गइरहेका छन् ? नेपाली समाजमा पेचिलो बन्दै गएको छ ।

भरपर्दो तथ्याङ्क नभएपनि अहिले करिब ६५ लाखका हाराहारीमा नेपाली युवा श्रमिक देश बाहिर पूर्ण तथा आंशिक रोजगारीमा छन् । तीनै ऊर्जाशील युवा जनशक्तिलाई जीवन धान्ने उपाय नेपाली श्रम बजारले दिन सकेको छैन् । पहिला सहर तथा विदेश जाने कुरा गाँउघर परिवार र समुदायमा प्रतिष्ठा र गर्वको विषय मानिन्थ्यो तर अहिले यो बहुसंख्यक घरपरिवारको मुख्य आम्दानीको स्रोत र सरकारका लागि विदेशी मुद्रा (विप्रेषण) को मुख्य स्रोत बनेको छ । जसले खर्ब भन्दा बढीको खानेकुरा र अन्य उपभोग्य वस्तुको आयत थामेको छ ।

विदेशी मुद्रा (विप्रेषण) को मुख्य स्रोत बनेका युवायुवतीको विदेशको बसाईँ भने सहज छैन् । उनीहरू मध्ये केही महिलाहिंसा त केही श्रमशोषणमा परेका छन् । महिलाहिंसा र श्रमशोषणमा परेका युवापुस्ता मध्ये कैयौँले आत्महत्या गरेका छन् भने कोही दुर्घटना वा अन्य कारणले जीवन गुमाएर बाकसमा फर्कीएका छन् । कती युवापुस्ता भाषाको कमी र सम्बन्धीत देशको कानुनको उचीत ज्ञान नहुनाले जेल जीवन बिताइरहेका छन् । विदेशबाट फर्किएका कति युवापुस्ता अङ्गभङ्ग भएर फर्किएका छन् । साहुको मिटरब्याजमा ऋण काडेर विदेश जाने दिदीबहिनीको कथाव्यथा झन कहाली लाग्दो देखिन्छ ।

यसरी विदेशीने ऊर्जावान श्रमशक्तिमा सबै वर्ग, जात, लिङ्ग र भूगोलका बासिन्दा छन् । यीमध्ये धेरै ग्रामीण युवा किसानहरू नेपालको हराभरा खेतबारीमा खेतिपाती गर्न छोडेर भारत र खाडीमा सस्तो कामदारका रुपमा गएका छन् । नेपालका ग्रामीणभेगका जमिन बाझोमा परिणत हुँदै गएको छ । जसले गर्दा कृषी प्रधान देश नेपाल भएर पनि अर्बौँको खाद्यन्न आयात गर्नु परेको तीतो यथार्थ हाम्रो सामू छदैछ ।

 

सबै वर्ग, जात, लिङ्ग र भूगोलबाट विदेशीएका ऊर्जावान श्रमशक्तिलाई स्वदेशमा नै रोक्नका लागि विना धितो ऋणको व्यवस्था, कृषिमा सहुलियतपूर्ण ब्याजको व्यवस्था, वास्तविक किसानलाई अनुदानको व्यवस्था आदि तत्काल गर्नुपर्ने देखिन्छ भने साना तथा मझौला व्यापारी र व्यवसायीहरूलाई सहुलियतपूर्ण ऋणको व्यवस्था सरकारले अविलम्व गर्नुपर्छ । नत्र भने नेपालमा बुढाखाडा मानिसहरूमात्र सहर र गाउँघरमा देखिन सक्छन् । देश परनिर्भरता हुँदै जान्छ ।

युवापुस्तालाई स्वदेशमा नै रोजगारीको विषयमा “जनताको अभिमत जस्ताको तस्तै” जनतासामू पुगोस भन्ने हेतुले गत हप्ता युवापुस्तालाई स्वदेशमा नै रोजगारी भनि पूर्व सचिव भीम उपाद्यायले ओपिनियन पोल बनाउँनुभएको थियो । उक्त ओपिनियन पोलमा १,२३३ भिवर्स रहेका थिए भने २०९ जनाले भोटमा सहभागिता जनाउँदै आफ्नो अभिमत व्यक्तगर्नुभएको थियो । उक्त पोलको ७ वटा प्रश्नमा भोट गर्नुहुने महानुभावहरूलाई सर्वप्रथम त हार्दिक कृतज्ञता व्यक्त गर्दछौँ ।

हामीले यसै विषयमा पहिलो प्रश्न युवालाई नेपालमै रोजगारी र अवसर दिन के गर्नुपर्ला ? भनि सोधिएका थियौँ । जसमा ५१.०२ प्रतिशतले स्वदेशमा उद्योगधन्दा कलकारखाना धेरैभन्दा धेरै खोल्नुपर्छ,१२.९२ प्रतिशतले विदेशी लगानी योग्य वातावरण सरकारले बनाउँनुपर्छ, १४.३५ प्रतिशतले व्यावासायिक(टेकनिकल) शिक्षामा जोड दिनुपर्छ र २१.५३ प्रतिशतले प्रविधिमैत्री कृषि शिक्षामा सरकारको ध्यानजानुपर्छ भनि अभिमत दिनुभएको थियो।

हामीले यसै विषयमा दोस्रो प्रश्न नेपालको उच्च शिक्षामा सुधार ल्याउन के गर्नुपर्ला ?भनि सोधिएका थियौँ । जसमा २९.१९ प्रतिशतले प्रविधिमैत्री शिक्षामा जोड दिनुपर्छ, २४.४ प्रतिशतले शिक्षा क्षेत्रमा राजनीतिकरण हुनुहुँदैन्, २३.४४ प्रतिशतले सरकारले देशको आवश्यक्तालाई परिपूर्ति गर्ने खालको शिक्षा नीति लिनुपर्छ र २२.९७ प्रतिशतले विज्ञ समुहसँग सुझाव लिएर शिक्षा नीतिमा आमूल परिवर्तन गर्नुपर्छ भनि अभिमत दिनुभएको थियो।

हामीले यसै विषयमा तेस्रो प्रश्न प्रशासन र शिक्षामा राजनीतिकरणबाट कसरी मुक्ति पाउन सकिन्छ ? भनि सोधिएका थियौँ । जसमा ३४.९३ प्रतिशतले कर्मचारी, शिक्षक र विद्यार्थीहरूले गर्दै आएको राजनीतिलाई बन्द गराउँनुपर्छ,२१.५३ प्रतिशतले दलीय भागबण्डाको आधारमा गर्दै आएको राजनीति नियुक्ति बन्द गरिनुपर्छ, १५.३१ प्रतिशतले व्यक्तिगत आग्रहपूर्वाग्रह विना सक्षम र योग्य व्यक्तिको छनोट गरिनुपर्छ र २८.३३ प्रतिशतले प्रशासन र शिक्षामा राजनीतिकरण गर्ने व्यक्तिलाई कडा कारवाही गरिनुपर्छ भनि अभिमत दिनुभएको थियो।

हामीले यसै विषयमा चौथो प्रश्न नेपालका अधिकांश विद्यार्थीहरू किन अध्ययन गर्न युरोप, अमेरिका, अष्ट्रेलिया, क्यानाडालगायत देशमा गएका होलान् ? भनि सोधिएका थियौँ । जसमा ७.२३ प्रतिशतले नेपालमा गुणस्तरीय शिक्षाको कमीले, ५७.४२ प्रतिशतले नेपालमा अध्ययनपछि रोजगारीको सुनिश्चित्ता नभएकाले, ३३.४९ प्रतिशतले नेपालमा भन्दा विदेशमा आम्दानी र वसाइ राम्रो हुने भएकाले र २.८७ प्रतिशतले साथीभाइको देखासिखीले भनि अभिमत दिनुभएको थियो।

हामीले यसै विषयमा पाँचौँ प्रश्न नेपालको शिक्षा नीति कस्तो हुनुपर्छ ? भनि सोधिएका थियौँ । जसमा ३१.५८ प्रतिशतले अध्ययनपछि जागिर पाउने खालको हुनुपर्छ, २६.७९ प्रतिशतले सीपमुलक टेकनिकल शिक्षामा जोड दिनुपर्छ, ३३.०१ प्रतिशतले शैद्धान्तिक र प्रयोगात्मक शिक्षा दुवैमा जोड दिनुहुनुपर्छ र ८.६१ प्रतिशतले शिक्षामा राजनीति घुसाउँनुहुदैन भनि अभिमत दिनुभएको थियो।

हामीले यसै विषयमा छैटौँ प्रश्न नेपालमा युवाहरूको मानसिक स्वास्थ्य र कल्याणको लागि के कदम उठाउनुपर्छ ? भनि सोधिएका थियौँ । जसमा ४०.८७ प्रतिशतले स्वास्थ्य सेवामा सुधार र मानसिक स्वास्थ्यमा जागरूप हुनुपर्छ, २८.३७ प्रतिशतले सामाजिक सहयोग र सद्भावमा विकास गर्नुपर्छ, २०.६७ प्रतिशतले शिक्षा प्रणालीमा स्वास्थ्य शिक्षा समावेश गर्नुपर्छ र १०.१ प्रतिशतले अन्य भनि अभिमत दिनुभएको थियो।

हामीले यसै विषयमा सातौँ प्रश्न नेपालमा युवाहरूलाई उद्यमशीलतामा प्रोत्साहनमा सहयोग कसरी गर्न सकिन्छ ? भनि सोधिएका थियौँ । जसमा ३४.६२ प्रतिशतले वित्तीय सहयोग र सुलभ कर्जाको व्यवस्था, २७.८८ प्रतिशतले उद्यमशीलता शिक्षा र प्रशिक्षणको व्यवस्था, ३३.६५ प्रतिशतले बजार पहुँच र नेटवर्किङ विकासको व्यवस्था र ३.८५ प्रतिशतले अन्य भनि अभिमत दिनुभएको थियो।



198 Views

Comments