राष्ट्र, राष्ट्रियता, धर्म-संस्कृति, देश र जनता जोगाउन राजा अपरिहार्य : इशा खड्का

५ पुष, २०८०,१५:११

५ मंसिर, काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म-संस्कृति, देश र जनता जोगाउन राजा अपरिहार्य छ भन्दै दुर्गा प्रसाईँको अगुवाइमा जनविद्रोहको नाम दिएर मंसिर ७ बाट सुरु भएको छ । उक्त अभियानलाई मुर्त रुप दिने एक अभियन्ता हुन इशा खड्का । उनीको जन्म सिद्धार्थ नगरपालिका-४, रुपन्देहीमा भएको थियो । उनको बाल्यकाल बुबा भारतमा जागिरे भएकाले उतै वितेको थियो । उनको माध्यामिक र उच्च शिक्षा दुवै सरकारी स्कुल भैरहवामा भएको थियो ।

उनको स्वभाव निडर एवं कडा मिजासीलो छ । उनी बहुप्रतिभाकी धनी छिन् । उनी गायिका, शिक्षिकासमेत हुन । विगतको स्थानीय निकाएको चुनावमा देशमा भइरहेको बेथिति, भ्रष्टचार र कुशासनको विरुद्ध “अटेरी अभियान” देशभरी फैलायकी थिइन लौरो लिएर । पछि त्यही लौरो ब्राण्ड बन्यो । उनी गत स्थानीय निर्वाचनमा सिद्धार्थ नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेद्वार दिइन । २०० भोट पाएकि उनी आफूले परिवर्तनको विउँ रोपेको बताउँछिन् । उनका श्रीमान एक सफल व्यापारी हुन ।

गत मंसिर ४ को आम निर्वाचनमा उनीले अब देश विकास दलहरूले गर्दैनन् । देश विकास हुन निस्वार्थी भिजन भएका स्वतन्त्र उम्मेद्वारले चुनाव जित्नुपर्छ भन्दै रवि लामिछानेसँग सहकार्यको प्रस्ताव समेत गरेको बताउँछिन् । उनको प्रस्ताव रविले नसुनेर उल्टै जनतामा दिगभ्रमित हुने गरी स्वतन्त्र पार्टी भनेको राष्ट्रिय स्वतन्त्र पार्टी नै हो र चुनाव चिन्ह घण्टी भन्ने काम भयो । वैकल्पिक शक्ति एकजुट भएर स्वतन्त्र मुभमेन्ट गर्न जनताले दिएको संदेशमाथि रास्वपाले कुठाराघात गर्यो । जसले गर्दा रविको पार्टी पार्टी नरहेर क्लव बन्नेको छ। आफूले सो कुरा थाहापाएर उक्त पार्टीमा नलागेको बताउँछिन् ।

यस्तै समसामयिक विषयमा भूगोल पार्क डट कमले विपी स्टुडियो समकालिन संवाद कार्यक्रममा अभियन्ता इशा खड्कासँग भूगोल पार्कका समाचारदाता करुण सिंहले गरेको कुराकानीका सम्पादित अंश :

मंसिर ७ मा केही दिन उग्र भएको आन्दोलन मत्थर भयो । के आन्दोलन तुइएकै हो त ? भन्दा हामीले ground rehearsal गर्यौँ जसमा लाखौँ जनताको अपार समर्थन भयो । अव फागुन ७ गते grand finale हुँदै छ । त्यसपछि यी नालायक भ्रष्ट नेताको पतन हुने छ र हिन्दु अभिराज्यसहितको संवैधानिक राजतन्त्रको स्थापना हुनेछ । अमेरिका, अष्ट्रेलिया आदि देश क्रस्चियन धर्मलाई मुख्य धर्म र अरब देशहरूमा इस्लाम धर्मलाई मुख्य धर्म मानेझैँ नेपाल बहुभाषी र बहुधार्मीक देश भएपनि सम्भव छ । संवैधानिक राजतन्त्रको स्थापना हुने हो भने सामाजिक एकता बलियो भएर जाने जिकिर गर्छिन। उनी आफूले विगत २० वर्षदेखि दलको गतिविधि हेर्दा उनीहरू भ्रष्टमात्र हैन । देश र जनतालाई पटक पटक धोकाधडी गरेको बताउँछिन् । त्यसको लागि यो व्यवस्थाको अन्त्य हुनुपर्छ ।

“फागुन ७ गते सोतस्फूर्त लाखौँ करोडौँ जनता सडकमा आउँने छन् । विगत ३०/३२ वर्षे शासनकालमा दलहरूले चलिरहेको उद्योग कलकारखाना कौँडीको भाउमा बेचे । देश लाखौँ नेपाली मजदुरहरूले विदेशबाट पठाएको रेमिटेन्स (विप्रेषण)बाट चलिरहेको छ । नेपालमा कृषक मैत्री नियम कानुन नभएकाले खेतबारी बाझो हुँदै गएको छ । कृषी प्रधान देश नेपालले अन्न, तरकारी, दुग्धजन्य र मासुजन्य पदार्थ विदेशबाट आयात गरिरहेको छ । देशमा भ्रष्टचार, लुटतन्त्र र बेथिति बढेर गएको छ ।”

“मेडिकल व्यवायी एवं नागरिक बचाउँका मुख्य अभिषान्ता दुर्गा प्रसाई राष्ट्र र नेपालीलाई माया गर्ने एवं करोडौँ सरकारलाई करतिर्ने व्यक्ति हुन । उनले झापामा ६ अर्ब लगानी गरेर अस्पताल र मेडिकल कलेज खोलेका छन् । बिर्तामोडको जग्गा धितोमा राखेर उनले बीएण्डसी अस्पताल बनाएका थिए । बीएण्डसीले २०६८ माघ २४ गते मेडिकल कलेजको आशयपत्र पाए । २०७१ मंसिर २७ गते तत्कालिन विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयबाट ९०० सय शय्याको अस्पताल सञ्चालनको लागि वातावरणणीय प्रभाव मूल्यांकन स्वकृति भयो । तर, डा. गोविन्द केसीको चिकित्सा सुधार अभियान अनुसार आएको चिकित्सा शिक्षा ऐनका कारण उनको योजना रोकियो ।”

०७३ सालमा यो अस्पतालले ३ सय शय्याको अस्पताल सञ्चालनको स्वकृति पायो । २०७६ सालमा चिकिस्सक आयोगमा बीएण्डसी सम्बन्धनका लागि पुगे पनि २०७३ सालदेखि आशयपत्र नविकरण नगरेको र काठमाडौँ विश्वविद्यालयको सहमति नलिएको भन्दै आयोगले सम्बन्धन दिएन । त्यसपछि उनी सर्वोच्च गए । तर सर्वोच्च पनि तीन महिनाभित्र नविकरण गर्नुपर्ने आशयपत्र भएपनि नवीकरण नगरेकाले स्वत :रद्द भएको फैसला गर्यो । जसले गर्दा उनलाई राज्यले एकपछि अर्को धक्का खान विवश पार्यो ।

“मेडिकल व्यावसायी दुर्गा प्रसाईँले सुरुमा माओवादीले देश र जनताको एजेण्डा बोकेकाले माओवादीमा लागेको तर माओवादी पार्टी र नेता अन्य दलभन्दा पनि भ्रष्ट देखेपछि एमालेमा लागेको भन्दै एमालेको मानार्थ केन्द्रिय सदस्य दिएपनि एमालेले पनि देश र जनताको पक्षका राम्रो काम नगरेकाले समय र जनताको मागलाई परिपूर्ति गर्न हाल राष्ट्र राष्ट्रियता धर्म संस्कृति देश र जनता जोगाउन राजा चाहिने जिकिर गर्दै एकपछि अर्को आन्दोलनको शंखघोष गरिरहेका बताउँछिन् । उनी नागरिक सरकार ४० जिल्लामा गठन भएको बताउँदै प्रत्येक वडासम्म विस्तार हुने बताउँछिन् । राजाको पालामा केही सिमित व्यक्तिले गलत काम गरेर फाइदा लिएका थिए होला तर राजा र राजपरिवारका सदस्य निश्कलंक छन् र त जनताहरू स्वतस्फूर्त रुपमा “राजा आउँ देश बचाउँ” भनि रहेका छन् । ६० वर्षका पुस्ता पहिल्यैँदेखि राजा चाहान्थे । त्यतिवेला शान्ति सुरक्षा राम्रो थियो । अव विस्तारै युवापुस्ताहरू पनि हाम्रो एजेण्डालाई मन पराउँदै छन् ।

“हाम्रो आन्दोलन भनेको नदी जस्तो हो । जसरी बाढी, पहिरो, चट्यान आदिलाई छिचोल्दै अहोरात्र अविचलित भएर नदी बगिरहन्छ । त्यसैगरी हाम्रो आन्दोलन अघि बढ्छ । कति हाम्रो आन्दोलनबाट थाकेर अनेत्र मोडिन सक्छन् तर हामीले निश्वार्थ देश र जनताको लागि गरेकाले हाम्रो जित अवश्यम्भावी छ । दुर्गा प्रसाईँले गन्तव्यहीन एजेण्डा भन्दै दलहरूले भ्रमको खेती गरेका छन् । तर,उनले उठाएको हरेक मुद्धा देश र जनताको हो ।”

उनी सामाजिक अभियान्ताहरू पैसामाग्न राजा र राजावादीसँग गए भन्ने कुरा आन्दोलनलाई तुहाउँन गरिएको दुष्प्रयास भएको बताउँछिन् । उनीले कार्यक्रमको सुरु र अन्त्यमा कर्णप्रिय गित समेत गाएकि थिइन ।



382 Views

Comments