४ पुस, काठमाडौँ । रौतहट जिल्लाको चन्द्रनिगापुर नगरपालिका - ४ मा वर्षौँ भोगचलन गर्दै आएको व्यक्तिको घर तोडफोड भएको छ । जग्गा विवादले उग्र रूप लिँदा घर तोडफोड भएको स्थानीयले बताएका छन् । जग्गा विवादमा स्थानीय नेसाबुन नेसाको घरमा तोडफोड भएको हो । गत शुक्रवार भएको तोडफोडमा नेसाको घरमा क्षतिसमेत भएको छ ।
गरिब परिवारका राम्रो पढ्नलेख्न समेत नजान्ने नेसाबुन नेसाका परिवारमाथि दिन दहाडै गुण्डागर्दिशैलीमा तोडफोड भएको छ भने २०० मिटर नजिकै रहेको प्रहरी आधा घण्टामा पनि नआएकाले पीडकको पक्षमा लागेर प्रहरी मुख दर्शक बनेको आरोप पीडित परिवारको सदस्य रेखमुनिरको छ । उल्टै पीडित पक्षकै छोरालाई गालिवेजती मुद्धामा प्रहरीले थुनामा राखेको थियो । तर, स्थानीय पत्रकारहरूले पीडितको पक्षमा समाचार लेखेकाले गर्दा हुनुपर्छ, हिजो उनलाई थुनामुक्त गरेको छ । साथै, हिजो मात्रै पनि जिल्ला अदालत रौतहटले पीडित नेसाबुन नेसाका नाममा अन्तरिम आदेशसमेत दिएको छ ।
त्यहाँ जानीबुझी पीडित पक्षहरूलाई कहिले जनप्रतिनिधिको रोहवरमा वास्तविक जग्गाधनि नेसाबुन नेसाका परिवारलाई थप प्रताडित हुने गरी पीडकको पक्षमा जवरजस्ति सहमति गराएको र जिल्ला र पुनारावेदन अदालतले पीडितको पक्षमा फैसला दिदासमेत जनप्रतिनिधिहरू पीडकको पक्षमा लागेको भन्ने आरोप छ । “ढिलो न्याय दिँदा अनाहकमा पीडक पक्षले आफूहरूलाई अझै कति धाकधम्की दिएर प्रताडित गर्ने हुन । हाम्रो दिनमा भोक र रातमा निद्रहराम भूमाफियाले पारेको भन्दै पीडित न्यायका लागि यत्रतत्र सर्वत्र भौतारिरहेका छन् ।”
राज्यको ध्यान समयमै यसतर्फ नजाने हो भने कानुनको छिद्राहरूलाई समातेर वर्षौँसम्म निर्दोष गरिबलाई अदालतमा पीडीत पक्षले झुलाइदिने र समय-समयमा गुण्डागर्दिशैलीमा दु:ख दिने क्रम नरोकिने देखिएकाले सर्वोच्च अदालतको विचाराधिन मुद्धामा पीडितको पक्षमा अविलम्व फैसला गरोस् भन्ने कामना गर्दछौँ ।
गाउँमा जग्गा विवाद परेपछि २०७२ सालमा नेसाबुन नेसा लगायत ७ जनाको विपक्षमा ढुण्डिराज उप्रेती र नीरज भण्डारीले दायर गरेका रिटमा जिल्ला अदालत रौतहटले २०७४ जेठ २१ गते स्थानीय नेसा लगायतको पक्षमा फैसला भएको थियो । सो फैसला चित्त नबुझेको भन्दै उप्रेती र भण्डारीले उच्च अदालत जनकपुरको इजलासमा रिट दिएकोमा उच्चले समेत प्रतिवादको पक्षमा २०७४ चैत्र १६ मा फैसला गर्दै जिल्ला अदालतको फैसला सदर गरेको थियो ।
उच्चको फैसला समेतलाई चित्त नबुझाई उप्रेती र भण्डारीले सर्वोच्च अदालतमा पुनरावेदन भएकोमा हालसम्म पनि विचाराधीन अवस्थामा रहेको स्थानीय प्रशासनको मिलेमतोमा गुन्डा लगाएर घर लगायतका भौतिक संरचनामा क्षति पुगेको पीडितको आरोप रहेको छ । साथै पीडितले जिल्ला प्रशासन कार्यालयमा जिउधनको सुरक्षाका लागि पेस गरेको निवेदन अनुसार आफूहरूले सुरक्षा नपाएकोले प्रशासन समेत पीडक उप्रेती र भण्डारी सँग मिलेमतो गरेको आरोप लगाएका छन् । नेसाले उप्रेती र भण्डारीले तोडफोडका लागि पठाएका गुन्डासँगै आएका प्रहरी समेत मुख दर्शक बनेको बताए । तोडफोडबाट आफ्नो टिनको छाना लगाएको घरमा सबैतिर टिन च्यातिएकोले करिब ५ लाख बराबरको क्षति भएको बताए ।
यसै विषयमा रौतहटका प्रमुख जिल्ला अधिकारी ध्रमेन्द्र कुमार मिश्रले आफूलाई यस विषयमा जानकारी नभएको भन्दै, नागरिकको जिउ धनको सुरक्षाको जिम्मा सरकारको भन्दै त्यसको प्रत्याभूत दिलाउने जानकारी दिए । मिश्र गत शुक्रवार नै सरुवा भएका छन् भने नयाँ प्रजिअ हिरालाल रेग्मीले आफू नयाँ भएकाले यस बारे बुझेर राज्यको तर्फबाट सुरक्षाको प्रत्याभूत दिलाउने बताए। प्रजिअ रेग्मीले अदालतमा विचाराधीन मुद्दामा कसैलाई डर धम्की देखाएको भए आवश्यक प्रक्रियामा कारबाही गर्ने बताए ।
हेर्नुहोस् मुद्धाको फैसला र अन्तरीम आदेश :
हेर्नुहाेस् भिडियाे:
Comments