डेंगु रोग प्रकोपको अवस्था बुझ्न र यसको नियन्त्रणका लागि बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठ घर(टोलमा पुगेर..." />
डेंगुको प्रकोप बढे संगै पर्यटनमन्त्री 'श्रेष्ठ' नागरिकका अवस्था बुझ्न घर-घरमा

Bhugolpark

७ बैशाख, २०८१,१०:२७

डेंगु रोग प्रकोपको अवस्था बुझ्न र यसको नियन्त्रणका लागि बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठ घर(टोलमा पुगेर जानकारी लिन थालेका छन् । पछिल्लो समयमा काठमाडौंमा डेंगु रोगका संक्रमित बढ्न थालेपछि उनले टोलमा पुगेर स्थानीयसँग जानकारी लिन थालेका हुन् ।  

पर्यटनमन्त्री श्रेष्ठले आजै काठमाडौं महानगरपालिका वडा नम्बर १० सहभागितामार्ग निवासी स्थानीयसँग भेटेर डेंगुको विषयमा जानकारी लिएका हुन् । स्थानीयले बढ्दै गरेको डेंगु रोगको प्रकोपको नियन्त्रणको उपाय र प्रदेश सरकारमार्फत रोकथामको लागि पहल गरि दिन आग्रह गरेको उनले सुनाए ।डेंगुका बिरामीको बढ्दो संख्यालाई दृष्टिगत गरि अस्पताललाई सेवा, सुविधालाई प्राथमिकता दिन समेत स्थानीयले पर्यटनमन्त्री श्रेष्ठमार्फत सरकारलाई आग्रह गरेका छन् ।

डेंगु रोगको प्रकोपको रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकारले विशेष कदम चाल्न उनको भनाइ छ ।   पर्यटनमन्त्री श्रेष्ठले डेंगु संक्रमित बिरामीलाई अस्पतालमा विशेष सेवा, सुविधा उपलब्ध गराउन समेत पहल गर्ने आश्वासन दिएका छन् ।  


125 Views

Comments