छ किलो सुनसहित विदेशी नागरिक पक्राउ

२४ मंसिर, २०८०,१२:४१

२४ मङ्सिर, काठमाडौँ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले त्रिभुवन विमानस्थलबाट साढे छ किलो सुनसहित विदेशी नागरिकलाई पक्राउ गरेको छ । भन्सार कार्यालय र त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयको टोलीले शनिबार राति दुबईबाट ल्याइएको छ किलो पाँच सय ९० ग्राम सुनसहित इजिप्टका नागरिक मोहमद मोगामद लसिमलाई पक्राउ गरेको हो । विमानस्थल भन्सार कार्यालयका प्रमुख टोकराज पाण्डेले दुबईबाट फ्लाई दुबईको उडान नम्बर एफजेड ५९७ बाट आएका सालेहलाई शनिबार राति पक्राउ गरिएको सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।

कार्यालयले उक्त सुन कारोबारीका सम्बन्धमा अन्य दुईजना विदेशी नागरिकलाई पक्राउ गरेको छ । पक्राउ परेका व्यक्तिको विस्तृत विवरण खुलाइएको छैन । कार्यालयले पक्राउ लसिमले पाउडर बनाएर ल्याएको साढे छ किलो सुन बरामद गरेको हो ।

बेलाबेलामा त्रिभुवन विमानस्थलबाट नै ठूलो परिमाणमा सुन समातिएपनि सरकारले उनीहरूलाई कडाकारवाही गर्न नसकेकाले नेपालको त्रिभुवन विमानस्थल माफीयाको कब्जामा जाने खतरा भूगोग पार्कले देखेकाले बेलैमा यसतर्फ सरकारको ध्यान जान जरुरी देखिन्छ ।



305 Views

Comments