१८ मंसिर, काठमाडौँ । राष्ट्रिय सभा सदस्य मा. महोमद खालीदले विगत ३० वर्षदेखि मदरसालाई कानुनी मान्यता दिलाउँन सरकारसँग माग गर्नुभएको छ । उहाँको राजनीतिक यात्रा नेपाली कांग्रेसको ग्रासरुटको कार्यकर्ता हुँदै हाल जनता समाजवादी पार्टीमा क्रियाशील देखिन्छ । उहाँ जनता समाजवाद पार्टी नेपालका केन्द्रिय सदस्य, जमिअत उल्माय नेपालका संस्थापक सचिवसमेत हुनुहुन्छ ।
नेपालका विभिन्न कालखण्डमा राजनीतिक परिवर्तनहरू भए तर जनताले अनुभूति हुने गरी कहिल्यै आर्थिक क्रान्ति भएन । जसले गर्दा ठूला नेता, कर्मचारी, न्यायाधीश, ठेकदार, व्यापारी, विचौलीया आदि सिमित व्यक्तिहरू अथाह धनी र जनताहरू गरिब बन्न पुगे । त्यसैले हुनुपर्छ गत स्थानीय निकायको चुनावबाट काठमाडौँको मेयरमा बालेन्द्र शाह, धरानको मेयरमा हर्कसामपाङ जस्ता स्वतन्त्र व्यक्तिको उदय भयो । त्यतिमात्र नभएर ठूला दलका नेताहरूको अकर्मण्यताले गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरी र जनमत पार्टीका अध्यक्ष सिके राउतको पार्टीलाई जनताले भारी मतका साथ प्रतिनिधि सभा सदस्यमा निर्वाचित गराए ।
नेताहरूको अदूरदर्शीताले गर्दा हुनुपर्छ संघीय गणतन्त्रलाई चुनौती दिदैँ “राष्ट्र, राष्ट्रियता, धर्म-संस्कृति एवं नागरिक बचाउन राजा ल्याऊ” भन्दै महाअभियानको नेतृत्व नेता एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईँ गरे । उनले भन्ने गरेको जनविद्रोहका चरणवद्ध आन्दोलन गरिरहेका छन् ।
यस्तै समसामयिक विषयमा भूगोल पार्क डट कमका सर्वेक्षण र समाचारहरू फ्रीस्टाइलमा राष्ट्रिय सभा सदस्य मा. महोमद खालीदसँग भूगोल पार्कका समाचारदाता करुण सिंह बराईलीले गरेको कुराकानीका सम्पादित अंश :
भूगोल पार्क : तपाईको राजनीतिक यात्रा कस्तो रह्यो ?
मा. महोमद खालीद : जनता समाजवाद पार्टी नेपालका केन्द्रिय सदस्य, जमिअत उल्माय नेपालका संस्थापक सचिवमा हाल कार्यरत छु । विगत युवाअवस्थामा नेपाली कांग्रेसको ग्रासरुटको कार्यकर्ता हुँदै भूतपूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको पालामा केन्द्रिय अर्थसमिति सदस्य भए । नेपाली कांग्रेसले जहिले पनि मधेशी जनतालाई भोट बैंकको रुपमा प्रयोग गर्यो तर तिनै जनताको हकहितको लागि कुने काम गरेन । त्यसैले गर्दा २०६२/६३ को मधेश आन्दोलनमा उपेन्द्र यादवले नेतृत्व गर्नुभएको जनअधिकार फोरममा आवद्ध भएर मधेशीहरूको हक हितको लागि अहोरात्र लडे । जसले गर्दा थोरै भएपनि राज्यको प्रत्येक अङ्गमा आरक्षणको व्यवस्था गरे वमोजिम मुस्लिमहरूको हक अधिकार सुनिश्चित भएको छ । अझै पनि आधाभन्दा धेरै जनसंख्या भएको तराईमा सन्तुलित वजेट विनियोजन भएको पाइदैन ।
भूगोल पार्क : तपाईकै पार्टीका अशोक राई शिक्षामन्त्री हुनुहुन्छ । मदरसाको बारेमा शिक्षामन्त्रीसँग कस्तो पहल गर्नुभएको छ ?
मा. महोमद खालीद : राज्यले नीति नियम नबनाइकन एक जना शिक्षामन्त्रीले चाहेर मात्र पनि मदरसालाई मातृभाषाको रुपमा पठनपाठनको स्वकृती दिन नमिल्दो रहेछ । हाम्रो देशको विडम्बना नै भन्नुपर्छ, केन्द्रीय क्याम्पस किर्तिपुरमा उर्दूभाषा विभाग छ । राज्यले नेपाली भाषालाई सरकारी कामकागको भाषा यानी राष्ट्रिय भाषाको रुपमा मान्यता दिएपनि मातृभाषामा पनि स्पष्ट रुपमा पठनपाठन गर्न संविधानमा नै किटान गरिएपनि यसको कार्यन्वयन भने अझै हुन सकेको छैन् । जसले गर्दा करिव ३ लाख बालबालिकाहरू औपचारिक शिक्षाबाट बन्चित भएका छन् । म जस्ता समाजसेवीहरूको अथक प्रयासले गर्दा मदरसामा अध्ययनरत टुहुरा अनाथ बालबालिकाहरूलाई नि:शुल्क पठनपाठनको व्यवस्था मिलाएका छौँ ।
भूगोल पार्क : संघीय संसदमा मुस्लिमहरूको प्रतिनिधित्व कस्तो छ ?
मा. महोमद खालीद : मुस्लिम बाहुल्य तराईमा त के देशमा नै प्रतिनिधि सभा सदस्यमा प्रत्यक्षतर्फ एक जना पनि निर्वाचित नहुनु दल र राज्यको विभेदको सिकार हुनुपरेको देखिन्छ ।
भूगोल पार्क : तराईमा २०७९ को आम निर्वाचन भन्दा पहिला तपाईहरूको बोलवाला थियो । तर, हाल तराईमा सिके राउतको जनमत पार्टीतर्फ जनताको क्रेज बढ्दै गएको भन्ने कुरा आएको छ । यस विषयमा तपाईको धारणा के छ ?
मा. महोमद खालीद : हो हामीले चाहे जति काम मधेशी, आदिवासी, महिला, मुस्लिम, गरिब. किसानको बारेमा गर्न सकेका छैनौँ । तर, स्पष्ट रोडम्याप नभएको हाम्रै ऐजेन्डा बोकेर उनीहरू मधेशमा संगठन विस्तार गरिरहेका छन् । विस्तार विस्तारै जनताले उनीहरूलाई चिन्दै जानेछन् र हाम्रो पार्टीमा पुन : गोलबन्द हुने मैले विश्वास लिएको छु । उनीहरूको पार्टीले मधेश केन्द्रित राजनीति मात्र गरेको छ । तर, हाम्रो पार्टीले नेपालका आम पिछडिएका वर्ग आदिवासी, महिला, मुस्लिम, दलित, मधेशी, खस-आर्य आदिको आवाज उछाउने गरेको छ । जसले गर्दा नेपालका आम पिछडिएका वर्गको आवाज उठाउने पार्टी भएकाले दिर्घकालिन रुपमा हाम्रो पार्टीले मात्र जनहितमा काम गर्ने छ ।
भूगोल पार्क : राष्ट्रिय स्वतन्त्र पार्टीको मिसन- ८४ ले तपाईहरूको क्षेत्र तराईमा कस्तो प्रभाव पार्ला ?
मा. महोमद खालीद : स्पष्ट रोडम्याप नभएको एवं उपप्रधान तथा गृह जस्तो जनसरोकारका पावरफूल मन्त्रालय लिएर सरकारमा गएर पनि रास्वपाले जनपक्षीय काम गर्न नसकेकाले उनीहरूलाई मधेशी जनताले चिनिसकेकाले उनीहरूको मिसन- ८४ ले तराईमा प्रभाव पर्दैन ।
भूगोल पार्क : लाखौँ युवायुवतीहरू न्युनतम तलवमा अहिले पनि विदेशमा काम गरिरहेका छन् । उनीहरूलाई रोक्न तपाईको बिचारमा के गर्नुपर्ला ?
मा. महोमद खालीद : नेपालमा नै स्वदेशी कलकारखाना खोल्नुपर्छ । बाझो जमिनमा खेति लगाउन सरकारले नै उचित राहतको व्यवस्था गर्नुपर्छ । गरिब किसानको लागि विना धितो ऋणको व्यवस्था गरिनुपर्छ । यसोगर्नाले हाम्रो लाखौँ युवायुवतीहरूले स्वदेशमानै रोजगारी पाउछन् र देश पनि आत्म निर्भर हुँदै जान्छ ।
भूगोल पार्क : मेडिकल व्यवसायी एवं "राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति बचाउ- राजा ल्याऊ" का मुख्यअभियन्ता दुर्गा प्रसाईले जनविद्रोहको उदघोष गरी एक पछि अर्को चरणवद्ध आन्दोलन गरिरहेका छन् । यस विषयमा तपाईको धारणा के छ ?
मा. महोमद खालीद : उहाँको आन्दोलनको स्पष्ट रोडम्याप नभएकाले उहाँको आन्दोलन सफल हुँदैन ।
भूगोल पार्क : मेयर बालेन हर्क साम्पाङ जस्ता स्वतन्त्र व्यक्तिको उदय र उनीहरूले गरेका कामको विषयमा तपाईको धारणा के छ ?
मा. महोमद खालीद : स्पष्ट रोडम्याप उनीहरूको देखिदैन् । कामको विषयमा उनीहरूले गर्ने राम्रो काममा हाम्रो समर्थन रहन्छ । जनअपेक्षाअनुसार काम गरुन मेरो शुभकामना छ । उनीहरूको कामको मुल्यांकन जनतालाई गर्न दिनुपर्छ ।
भूगोल पार्क : प्यालेस्टाइन अतिवादी समूह हमासले इजरायलमा आक्रमण गरे पश्चात हजारौँ इजरायली र इजरायली आक्रमणबाट लाखौँ निर्दोष प्यालेस्टाइनको मृत्यु भएको छ भने १० जना निर्दोष नेपालीले अनाहकमा ज्यान गुमाएका थिए साथै एकजना नेपाली विपिन जोशी हमासको अपहरणमा परेका छन् । यस विषयमा तपाईको धारणा के छ ?
मा. महोमद खालीद : प्यालेस्टाइन अतिवादी समूह हमास र इजरायलबीच भएको युद्ध अविलम्ब रोकिनुपर्छ । द्वन्द्वबाट समस्याको समाधान हुँदै । इजरायली आक्रमणबाट लाखौँ निर्दोष प्यालेस्टाइनको मृत्यु भएको छ । इजरायलबाट भएको दर्दानक हत्याको अन्त्यको लागि आम न्यायप्रेमी विश्व समुदाय एक जुट हुनुपर्छ ।
इजरायल र प्यालेस्टाइन एशियाको सबैभन्दा पश्चिमी क्षेत्र यानी मध्यपूर्वदेशमा पर्दछ । संयुक्त राष्ट्रसंघको योजनाअनुसार १४ मे, १९४८ मा प्यालेस्टाइन टुक्याएर दुई अलग देश इजरायल र प्यालेस्टाइन बन्न पुग्यो । अहिले इजरायल र प्यालेस्टाइन दुई अलग देशका रुपमा रहेको भूमि त्यसअघिसम्म सिङ्गो प्यालेस्टाइन थियो । सन् १९४८ अघि पनि यो क्षेत्रमा यहुदी समुदायले बसोबास गरे पनि इजरायल देश बनेको थिएन ।
मुस्लिम राष्ट्रहरूका बीचमा इजरायल नामको यहुदी राष्ट्र स्थापना र मध्यपूर्वको एक शताब्दी लामो हिंसात्मक युद्धको पछि ब्रिटिसको हात छ । जसरी ब्रिटिसले झण्डै २०० वर्ष शासन गरेपछि अंग्रेजहरूले सन् १९४७ मा भारत र पाकिस्तानको विभाजन गरेर गए, ठिक त्यसैगरी मध्यपूर्वमा पनि त्यसको एक वर्षपछि प्यालेस्टाइन फुटाएर इजरायल र प्यालेस्टाइन बनाइयो भने वर्तमान समयमा इजरायललाई अमेरिकाले प्यालेस्टाइन भूमिमाथिको अतिक्रमणमा आडभरोसा दिएको छ । मध्यपूर्वको विवाद हिंसा र निरन्तर युद्धको शृङ्खला त्यहीबाट सुरु भएको पाइन्छ । युरोपबाट प्यालेस्टाइन छिरेको अहिले पनि पुरानो फोटोमा देख्न सकिन्छ ।
Comments