यात्रुको ह्याण्डब्यागमा लाग्यो आगो

२६ बैशाख, २०८१,१५:४३

१७ मंसिर, काठमाडौँ । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र यात्रुको ह्याण्डब्यागमा आगो लागेको छ । आइतबार चिनीयाँ यात्रुको ह्याण्डब्यागमा आगो लागेको हो ।

उनी बिहान साढे ११ बजेको उडानमार्फत चीन जान लागेका थिए । उडानका लागि यात्रुकक्षमा पुगेका ती चिनियाँ नागरिकले पावरब्यांक चार्जमा राखेका थिए । उक्त पावरब्यांक पड्कडा ह्याण्डब्यागमा आगो लागेको विमानस्थलका प्रवक्ता सुवास झाले सञ्चारकर्मीलाई जानकारी दिएका थिए ।

त्यसबाहेक अरू कुनै क्षति नभएको एवं स्थिति सामान्य रहेको उनले बताएका थिए ।



220 Views

Comments