कर्णाली पुग्यो नेकपा एमालेको सङ्कल्प यात्रा

३० बैशाख, २०८१,१५:१६

१७ मंसिर, काठमाडौँ । एमालेको मंसिर १४ गते बैतडीको “झुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा” सुदूरपश्चिमका विभिन्न जिल्ला सकेर आइतबार अछामबाट दैलेख जिल्ला प्रवेश गरेको छ । आइतबार बिहान मध्यपहाडी राजमार्ग अन्तरगत अछाम र दैलेख जोड्ने साइखोला पुलमा नेकपा एमाले सुदूरपश्चिम प्रदेशले बिदाई र कर्णालीले स्वागत गरेसँगै पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको टोली कर्णाली प्रवेश गरेको थियो ।

सुदूरपश्चिमको अछाम र कर्णाली प्रदेशको दैलेख जोडने पुलमा एमाले सुदूरपश्चिम प्रदेशका इन्चार्ज छविलाल विश्वकर्माले कर्णाली प्रदेशको इन्चार्ज लेखराज भट्टलाई राष्ट्रिय झण्डा हस्तान्तरण गरेपछि अभियानको टोली कर्णाली प्रवेश गरेको हो । एमाले सुदूरपश्चिम प्रदेश अध्यक्ष कृण्णप्रसाद जैशीले कर्णाली प्रदेश अध्यक्ष गुलावजंग शाहलाई पार्टीको झण्डा हस्तान्तरण गरेका छन् । अभियान पुस १ गते पाँचथर पुगेर सकिने एमालेले जनाएको छ ।



244 Views

Comments