सधै भरी काठमाडौंको फहोरो बग्ने काठमाडौंको सभ्यता बागमती नदिमा यतिवेला भने पानी बग्दै गरेको देखिन्छ । धर्म..." />
जब बागमती नदिमा डुंगा चल्यो...

Bhugolpark

७ बैशाख, २०८१,१०:५२

   सधै भरी काठमाडौंको फहोरो बग्ने काठमाडौंको सभ्यता बागमती नदिमा यतिवेला भने पानी बग्दै गरेको देखिन्छ । धर्म र संस्कृतिको वैभव भएपनि त्यही बैभवमा ढल बगाइदिदाँ बागमित प्रदुषित छ । बर्षा आउने वित्तिकै बागमतिले आफ्नो रुप परिवर्तनको प्रयास गर्छ । बर्षा भरी केही सफा हुने प्रयास हिउदलागेसंगै निस्काम हुन्छ । यदि वागमतिलाई सफा राख्न सके काठमाडौंको विचबाट बग्ने बागमतिमा पनि र्याफ्टिङ गर्न सकिन्छ भन्ने पुष्टि भएको छ । शनिबारको र्यफ्टिङले ।    

बागमती सफाइ अभियान साथै २२ औं वाग्मती नदी महोत्सवको अवसरमा वाग्मती नदीको अवस्थाबारे सरोकारवाला र सर्वसाधारणलाई जागृत गर्ने र यसको संरक्षणप्रति प्रतिबद्धता जनाउनका लागि नदीहरूको संरक्षण र र्याफ्टिङ उद्योगलाई प्रवर्द्धन गर्ने नारा सहित नेपाल एसोसिएसन अफ र्याफ्टिङ एजेन्सिज नारा र नेपाल नदी संरक्षण संस्थाको संयुक्त आयोजनामा नेपाल पर्यटन बोर्डको सहयोगमा २२ औं बागमति महाजल जात्रा महोत्सव गरिएको हो ।    

बागमती नदीको सफाइसँगै गरिएको जलयात्रा थापाथली देखि सुन्दरीघाटसम्म गरेको हो । दर्जनौं र्‍याफ्टिङ बोट र दुईवटा कायक सहितको साढे ५ किलोमिटर जलयात्रा गरिएको हो । यो महाजल जात्रा महोत्सव २२ औं संस्करण भएकाले २२ बटा नदिको पानि मिसाईएको हो । कार्यक्रममा सहरी विकासमन्त्री मेटमणी चौधरी र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको पनि सहभागिता रहेको थियो ।    

ढल ब्यवस्थापन,फोहोर ब्यवस्थापन,पानिको मात्रा बढाउनुपर्ने र जग्गा अतिक्रमण,अनाधिकृत बस्ती,बालुवा उत्खनन जस्ता कार्यहरु रोक्नका लागि कानुनी राज्यले यसको समाधान गर्नुपर्ने सरसफाई अभियन्ताको भनाई छ । यसको चाडै समाधान गर्नका लागि पनि अभियन्ताले जनप्रतिनिधिलाई आग्रह समेत गरेका छन ।    

वाग्मती काठ्माडौंको सभ्यताको मुख्य आधार भएकाले यसको संरक्षणको आवाज मुखरित गर्न जलयात्रा गरिएको नाराका अध्यक्ष शिब अधिकारीले बताएका छन । यसबाट धार्मिक तथा साँस्कृतिक क्रियाकलापहरु पर्यटनगत दैनिक जनजिवन प्रभावित भएकाले सरसफाई र सभ्यताको संरक्षण गर्न आवश्यक रहेको उनको भनाई छ । साथै फोहोरलाई पर्यटन मार्फत मोहोरमा परिणत गर्न सम्भव भएकाले बागमतीबाटै आन्तरिक र विदेशी पर्यटकहरुबाट लाखौं आम्दानि गर्न सकिने भएपनि सम्बन्धित निकाय मौन हुँदा यो काम हुन नसकेको र अहिलेको जनप्रतिनिधिहरुले यसको समाधान गर्नेछन भन्ने आशा लिएको उनको भनाई छ ।    

त्यस्तै शहरी बिकास मन्त्री मेटमणी चौधरीले बागमती सभ्यता,ईतिहास र आमा भएकाले यसको संरक्षणका लागि सरकारको तर्फबाट हिजोको दिन मा जे भएपनि अब आफनो कार्यकालमा बागमती नदीलाई अभियन्ताले थालनि गरेका कार्यहरुको समाधान र उनिहरुले राखेको अपेक्षा पनि पुरा गर्ने प्रतिबद्धता जनाएका छन । नदी जोगाउनका निम्ति अभियन्ताहरुले ठूलो चुनौति भोग्नुपरेकाले अब ढल ब्यवस्थापन र सुकुम्बासी बस्तीको ब्यवस्थापनमा पनि अविभावकत्व भुमिका निर्वाह गर्ने कुरामा सरकारको ध्यान पुगेको मन्त्री चौधरीले बताएका छन ।    

उक्त जलयात्रामा वातावरणविद्लगायत विशिष्ट व्यक्तिहरू पनि सहभागी थिए । कार्यक्रममा विभिन्न भेषभूषासहितको झाँकी प्रर्दशन गरिएको थियो भने सामाजिक सभ्यता र धार्मिक पक्षसँग जोडिएको वाग्मती नदीमा प्रदूषण गर्ने क्रम वृद्धि भएसँगै हरेक वर्ष यस्तो जलयात्रा महोत्सव हुँदै आएको छ । उक्त कार्यक्रममा नदिको सरसफाई पनि गरिएको हो ।  


190 Views

Comments