सत्ता गठबन्धनमा हुने सिट बाँडफाँटमा नेकपा एकीकृत समाजवादीले कति सिट पाउने कुनै टुंगो छैन । तर जति सिट..." />
के झलनाथ खनालको राष्ट्रपति बन्ने इच्छा पुरा होला? भित्रि रहस्य यस्तो छ,

Bhugolpark

४ भाद्र, २०७९,१५:१३

सत्ता गठबन्धनमा हुने सिट बाँडफाँटमा नेकपा एकीकृत समाजवादीले कति सिट पाउने कुनै टुंगो छैन । तर जति सिट पाएपछि झलनाथ खनाल सेफ जोनमा छन् । २०४८ सालदेखि इलाम क्षेत्र नम्बर १ बाट आम निर्वाचनमा उम्मेदवारी दिँदै आएका उनी २०५६  सालमा बाहेक निर्वाचित पनि भएका छन् । पूर्वप्रधानमन्त्री खनाल एकीकृत समाजवादीका ‘सम्मानित नेता’ एवं गठबन्धन निर्माणका निर्णायक खेलाडीमध्येका एक हुन् ।  

खनालले भने आसन्न प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुन सक्ने संकेत गरेका छन् । निकट नेताहरुसँग उनले आफू उम्मेदवार नभएको अवस्थामा कसरी जाने भनेर सोच्न सल्लाह दिएका छन् । किनकी उनी राष्ट्रपति बन्ने दौडका लागेका छन् । गठबन्धन जोगाएर प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा भाग लिने गृहकार्य गरिरहेका शीर्ष नेताहरु पनि खनाललाई राष्ट्रपति बनाउन तयार देखिएका छन् । नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा नै तयार रहेको उच्च स्रोतले जनायो ।

‘सत्ता गठबन्धनका तर्फबाट राष्ट्रपतिको उम्मेदवार प्रस्ताव गरिएको छ र यसमा लगभग सहमति छ’, ती स्रोत भन्छन् । आफ्नो एकताको प्रस्तावलाई ओलीले एमालेको नेता बन्ने रहरको संज्ञा दिएकै बेला देउवाले राष्ट्रपति कार्ड खेलेपछि नेता झलनाथ खनाल वर्तमान गठबन्धनकै पक्षमा उभिएका हुन् । स्थानीय चुनावपछि नेता खनालले कांग्रेस नेतृत्वको गठबन्धन तोड्नुपर्ने धारणा राखेका थिए ।

वाम शक्तिहरुबीच तालमेल गर्न भन्दै पूर्वप्रधानमन्त्री खनाल नेकपा एमालेका नेताहरुसँग लगातार छलफलमा नै बसे । खनाल अहिलेको गठबन्धनको विपक्षमा उभिएपछि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि अलमलमा परेका थिए । उनले राजधानी काठमाडौं आयोजित एक कार्यक्रममा त एमालेविरुद्ध आक्रामक नबन्न कार्यकर्तासँग सार्वजनिक अपील नै गरे ।  


160 Views

Comments