हरिबोधिनी एकादशीअवसरमा आज विष्णु मन्दिरमा घुइँचो

२२ बैशाख, २०८१,१०:५३

७ मंसिर, काठमाडौँ । हरिबोधिनी एकादशीअवसरमा आज विष्णु मन्दिरमा घुइँचो लागेको छ । हरिबोधिनी एकादशी अन्य एकादशीहरूमध्ये सबैभन्दा महत्वपूर्ण एकादशीको रुपमा मान्ने गरिएकाले यसलाई ठूलो एकादशी पनि भनिन्छ ।

चार महिना अघि अर्थात असार शुक्ल एकादशीका दिनमा आ-आफ्नो घरमा रोपिएको तुलसीलाई मठ सिंगारेर विशेष पूजा गरी विण्णु भगवानको अर्को रुप पिपलसँग विवाह गरिदिने चलन रहिआएको छ । आजको दिन प्रसादको रुपमा सखरखण्ड, पिंडालु,तरुल आदि कन्दमुल र फलफूल खाने गरिन्छ ।

आजको दिन काठमाडौँ उपत्यकाका चार नारायण (चाँगुनारायण, इचंगुनारायण, विशंखुनारायण र शेष नारायण) लगायत देशभरका विण्णु मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । भक्तजनहरूले आजको दिन नदि, तालतलैया आदिमा तोरण टाँग्ने पनि गरिन्छ ।



283 Views

Comments