नेपालमा टिकटक बन्द ठिक कि बेठिक ?

२८ बैशाख, २०८१,१६:४८

पूर्व सचिव भीम उपाद्यायले भूगोल पार्कको प्याल्टफर्ममा गत हप्ता नेपालमा टिकटक बन्द ठिक कि बेठिक ? भन्ने विषयमा नेपालीहरूको धारणा सर्वेक्षण (मनमौजी ओपिनियन पोल) बनाउँनुभएको सोको नतिजा जस्ताको तस्तै तल प्रकाशित गरेका छौँ ।

५ मंसिर, काठमाडौँ । नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेपश्चात त्यसमाथि राष्ट्रियस्तरमा बहस भइरहेको छ । नेपालजस्तो लोकतान्त्रिक मुलुकका लागि यस्ता बहसहरू स्वभाविक मात्र नभएर स्वागतयोग्य पनि छन् । लोकतन्त्रको सुदृढीकरण र विकासका निम्ति यस्ता बहसहरूलाई राज्यले खुल्ला हृदयले स्वागत गरिरहनुपर्दछ ।

विश्व सन् १९८० पछि सूचना–प्रविधिमा अभ्यस्त हुन थालेको भए पनि नेपालले आधुनिक प्रविधिको प्रयोग गर्न थालेको लामो इतिहास छैन । आमसञ्चार यति शक्तिशाली क्षेत्र भएको छ, जो आफैँले आफ्ना लागि समाचार उत्पादन, प्रसारण र वितरण गर्दछ । सामाजिक सञ्जालका धेरै प्लेटफर्ममा नेपालीहरू अभ्यस्त छन् । यस्ता सञ्जालहरूले पहुँचको अभावमा लुकेका प्रतिभाहरूको प्रष्फुटन गराएका छन्, अन्यायमा परेका नागरिकहरूका आवाजले राष्ट्रिय महत्व पाएका छन् । उपचार नपाएका कैयौं नेपालीहरूलाई सहयोगको राम्रो आधार तयार भएको छ । मानिसहरूले कम खर्चमा आफूले पढ्न-सुन्न-हेर्न चाहेको सामग्री सुलभ रूपमा प्राप्त गरेका छन् । बलियो सामाजिक सञ्जाल स्थापित गर्न सहयोग पुगेको छ ।

देश विदेशमा रहेका आफन्त र साथीहरूबाट सघन सम्बन्ध र अन्तरक्रिया कायम भएको छ । विभिन्न शिक्षाप्रद सामग्रीको उपलब्धताले मानिसले बहुआयमिक ज्ञान हासिल गर्ने अवसर प्राप्त गरेको छ । नीति निर्माता र राज्य सञ्चालकहरूलाई नागरिक तहबाट खवरदारी गर्ने राम्रो माध्यम बनेको छ, आदि–आदि । सूचना–प्रविधि र सामाजिक सञ्जालका बहुआयाम छन्, जसले व्यक्ति, समाज, राष्ट्र र सिङ्गो विश्वलाई अगाडि बढ्न उत्प्रेरित गरिरहेको छ । तर, यति धेरै सवल पक्ष हुँदाहुँदै पनि पछिल्लो समय नेपाली समाजमा सामाजिक सञ्जालको दुरूपयोग बढ्दो छ । साइबर अपराधका नयाँ–नयाँ आयाम र तरिकाहरू सतहमा आएका छन् । नेपाल प्रहरीमा दर्ता भएका उजुरीहरू र तिनीहरूको प्रकृति हेर्दा राज्यले जिम्मेवारीपूर्वक नियमन नगर्ने हो भने हाम्रो भविष्यमाथि खतराको बादल मडारिँदैछ । नेपालमा सञ्चालित सबै सामाजिक सञ्जाल र एपहरूका गुणदोष दुबै छन् ।

टिकटक,युट्युब, फेसबुक, ट्वीटरलगायतका सामाजिक सञ्जालमा पनि पारिवारिक र सामाजिक मर्यादाविपरितका धेरै सामग्रीहरू छन् । राज्यले यसलाई अनुगमन र नियमण गर्दै दोषीलाई कडा कारवाही गर्नुपर्छ । नीति नियम पर्याप्त नभए तत्काल संसदबाट नयाँ नियम बनाएर लागू गरिनुपर्छ । तर, आम नेपालीहरूले रुचाएको टीकटकलाई किमार्थ बन्द गरिनुहुँदैन् । किनकि, विभिन्न ज्ञानवर्धक सामग्री बनाउने बौद्धिक जमात पनि यहाँ क्रियाशील छ ।

नेपालमा टिकटक बन्द ठिक कि बेठिक ? भन्ने विषयमा “जनताको अभिमत जस्ताको तस्तै” जनतासामू पुगोस भन्ने हेतुले गत हप्ता पूर्व सचिव भीम उपाद्यायले ओपिनियन पोल बनाउँनुभएको थियो । उक्त ओपिनियन पोलमा ३,०८४ भिवर्स रहेका थिए भने ८०६ जनाले भोटमा सहभागिता जनाउँदै आफ्नो अभिमत व्यक्तगर्नुभएको थियो ।

उक्त पोलको १० वटा प्रश्नमा भोट गर्नुहुने महानुभावहरूलाई सर्वप्रथम त हार्दिक कृतज्ञता व्यक्त गर्दछौँ । भूगोल पार्कले तपाईहरूले गर्नुभएको ओपिनियन पोलको अन्तिम नतिजा जस्ताको तस्तै सार्वजनिक गरेको छ ।

हामीले यसै विषयमा पहिलो प्रश्न के नेपाल सरकारद्वारा टिकटकमा लगाइएको प्रतिबन्धलाई तपाईं समर्थन गर्नुहुन्छ ? भनि सोधिएका थियौँ । जसमा ६१.५४ प्रतिशतले पूर्ण रूपमा समर्थन गर्छु (Fully Support),११.२९ प्रतिशतले केही हदसम्म समर्थन गर्छु (Somewhat Support), ०.५ प्रतिशतले मलाई थाहा छैन (Undecided),  ४.९६ प्रतिशतले केही हदसम्म विरोध गर्छु (Somewhat Oppose) र २१.७१ प्रतिशतले पूर्ण रूपमा विरोध गर्छु (Fully Oppose) भनि अभिमत दिनुभएको थियो ।

हामीले यसै विषयमा दोस्रो प्रश्न टिकटकमा दैनिक कति घण्टा प्रयोग गर्नुहुन्थ्यो ?  भनि सोधिएका थियौँ । जसमा ३३.२५ प्रतिशतले १ घण्टा भन्दा कम (Less than 1 hour), २३.७ प्रतिशतले १-२ घण्टा (1-2 hours), १३.७७ प्रतिशतले २-४ घण्टा (2-4 hours), ११.७९ प्रतिशतले४ घण्टा भन्दा बढी (More than 4 hours) र १७.४९ प्रतिशतले टिकटक प्रयोग गर्दिन (Did not use TikTok) भनि अभिमत दिनुभएको थियो ।

हामीले यसै विषयमा तेस्रो प्रश्न टिकटक बाहेक तपाईंले सबैभन्दा धेरै प्रयोग गर्नुहुने सामाजिक सञ्जाल कुन हो ? भनि सोधिएका थियौँ । जसमा ८८.८३ प्रतिशतले फेसबुक (Facebook), ३.२३ प्रतिशतले इन्स्टाग्राम (Instagram), २.८५ प्रतिशतले ट्विटर (Twitter), ०.२५ प्रतिशतले थ्रेड्स (Threads) र ४.५९ प्रतिशतले अन्य (Other) भनि अभिमत दिनुभएको थियो ।

हामीले यसै विषयमा चौथो प्रश्न नेपाल सरकारद्वारा टिकटकमा प्रतिबन्ध लगाउनुको खास कारण के होला ? भनि सोधिएका थियौँ । जसमा ६४.२७ प्रतिशतले सामाजिक असरहरू (Social Impacts), २९.७८ प्रतिशतले राजनीतिक कारणहरू (Political Reasons), २.३६ प्रतिशतले डेटा सुरक्षा चिन्ताहरू (Data Security Concerns) र ३.६ प्रतिशतले अन्य (Other) भनि अभिमत दिनुभएको थियो ।

हामीले यसै विषयमा पाँचौँ यस प्रतिबन्धले तपाईंको दैनिक जीवनमा कस्तो प्रभाव पारेको छ ? प्रधानमन्त्रीले भनि सोधिएका थियौँ । जसमा १०.७९ प्रतिशतले धेरै नकारात्मक प्रभाव (Highly Negative Impact), १४.७६ प्रतिशतले केहि नकारात्मक प्रभाव (Some Negative Impact), ४२.६८ प्रतिशतले कुनै पनि प्रभाव छैन (No Impact) र ३१.७६ प्रतिशतले सकारात्मक प्रभाव (Positive Impact) भनि अभिमत दिनुभएको थियो ।

हामीले यसै विषयमा छैटौँ टिकटक प्रतिबन्धले नेपालको डिजिटल स्वतन्त्रता र व्यक्तिगत स्वतन्त्रतामा कस्तो असर पार्छ होला ? भनि सोधिएका थियौँ । जसमा १९.६ प्रतिशतले धेरै नकारात्मक असर (Highly Negative Impact), २०.४७ प्रतिशतले केहि नकारात्मक असर (Some Negative Impact), ४०.२ प्रतिशतले कुनै पनि असर छैन (No Impact) र १९.७३ प्रतिशतले सकारात्मक असर (Positive Impact) भनि अभिमत दिनुभएको थियो ।

हामीले यसै विषयमा सातौँ टिकटक प्रतिबन्धले नेपाली युवाहरूको रचनात्मकता र अभिव्यक्तिमा कस्तो प्रभाव पार्छ होला ? भनि सोधिएका थियौँ । जसमा १८.४९ प्रतिशतले धेरै नकारात्मक प्रभाव (Highly Negative Impact), २६.८ प्रतिशतले केहि नकारात्मक प्रभाव (Some Negative Impact), ३३.६२ प्रतिशतले कुनै पनि प्रभाव छैन (No Impact) र २१.०९ प्रतिशतले सकारात्मक प्रभाव (Positive Impact) भनि अभिमत दिनुभएको थियो ।

हामीले यसै विषयमा आठौँ यस प्रतिबन्धले टिकटक  इनफ्लुएन्सर , स्टार, बिजिनेसहरूलाई आर्थिक विकासमा कस्तो प्रभाव पार्छ होला ? भनि सोधिएका थियौँ । जसमा २८.०४ प्रतिशतले धेरै नकारात्मक प्रभाव (Highly Negative Impact), ३४.० प्रतिशतले केहि नकारात्मक प्रभाव (Some Negative Impact), २९.६५ प्रतिशतले कुनै पनि प्रभाव छैन (No Impact) र ८.३१ प्रतिशतले भनि अभिमत दिनुभएको थियो ।

हामीले यसै विषयमा नवौँ अब टिकटक नभए पछि कुन ज्यादा प्रयोग गर्नु हुन्छ होला ? भनि सोधिएका थियौँ । जसमा ६३.९१ प्रतिशतले Instagram/FB Reels, २.४८ प्रतिशतले Snapchat ०.५५ प्रतिशतले Likee, ०.२८ प्रतिशतले Funimate (India) ,  ०.८३ प्रतिशतले Triller,  ०.० प्रतिशतले Chingari (India) र ३१.६८ प्रतिशतले Others भनि अभिमत दिनुभएको थियो ।

हामीले यसै विषयमा दसौँ अब टिकटक नभए पछि कुन ज्यादा प्रयोग गर्नु हुन्छ होला ? भनि सोधिएका थियौँ । जसमा १८.१८ प्रतिशतले पक्कै छ, बाहिरी शक्तिको चलखेल हो यो, १७.९१ प्रतिशतले विशाल छिमेकीहरूको केही प्रभाव परेको हुन सक्छ, १९.४९ प्रतिशतले छैन होला , यो नेपाली कै बुद्धि हो) र ०.८५ प्रतिशतले दैव जानुन भनि अभिमत दिनुभएको थियो ।



306 Views

Comments