भक्तपुरमा सर्वसाधारणले कृष्ण जन्माष्टमीको​ अवसरमा..." />
भक्तपुरको रमाइलो सांस्कृतिक दिप यात्रा !

Bhugolpark

१५ चैत्र, २०८०,१२:१९

भक्तपुरमा सर्वसाधारणले कृष्ण जन्माष्टमीको​ अवसरमा दिप यात्रा गरेका छन् । भाद्र कृष्ण अष्‍टमीको अवसरमा  शुक्रबार उनीहरुले हात र टाउकोमा बलेको दियो राखेर खाली खुट्टा नगर परिक्रमा गरेका हुन्।   

नेवाः समुदायको सांस्कृतिक पोशाक लगाएर उनीहरु दिप यात्रामा सहभागी भएका थिए । दिप यात्रासँगै घिन्ताङ घिसी, माक प्याख लगायतका नाच समेत प्रदर्शन गरिएको थियो ।  हरेक वर्ष कृष्ण जन्माष्टमीका दिन सापारुको अवसरमा भक्तपुरमा मतयाः निकालिने परम्परा छ। दिप यात्रा तलेजु भवानीको मन्दिर पुगेसँगै भक्तपुरमा ९ दिन लामो सापारु समापन हुने गर्छ।  

नारायण दिप यात्रा’ नाम दिइएको सो दिपावली मनाइँदा मानिसमा रहेको नकारात्मक प्रवृत्तिको अन्त्य हुने र समाज र राष्ट्रमा शान्ति फैलिने जनविश्वास रहेको छ। 

 


166 Views

Comments