अध्यक्ष राजेन्द्र लिङ्देनको उदयले राप्रपामा नयाँ उमङ्गको नतिजा सार्वजनिक

२६ बैशाख, २०८१,१३:४५

 राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन कस्तो लाग्छ ? भन्ने बारेमा गरिएको “नेपालीहरूको धारणा सर्वेक्षणको अन्तिम नतिजा जस्ताको तस्तै” नतिजा सार्वजनिक गरेको छ, पढ्न नभूल्नुहोला ।

२२ कात्तिक, काठमाडौँ । राजेन्द्र प्रसाद लिङ्देन राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष हुन ।राजेन्द्र प्रसाद लिङ्देन एक नेपाली राजनीतिज्ञ हुन्। उनी यस पार्टीका पूर्व महासचिवसमेत हुन । उनले विसं २०७४ को संघीय संसदअन्तर्गत प्रतिनिधिसभा सदस्य पदमा झापाको क्षेत्र नंम्बर ३ को निर्वाचनमा ४४,६१३ (५६.५२) प्रतिशत मत ल्याएर विजय भएका थिए । उहाँको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलाले ३७,३७२ मत ल्याएका थिए । उनी आदिवासी समुदायका भएर पनि जातिय आरक्षण विरोधी नेताका रुपमा चिनिन्छन् ।

उनको जन्म विसं २०२२ साल भाद्र २२ गते ताप्लेजसङको ढुङ्गेसाँघुमा भएको थियो । उनले राजनीतिकशास्त्र र इतिहासमा स्नाकोत्तर गरेका छन् । विसं २०३८ देखि २०४६ सालसम्म विगठित राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डलको विभिन्न तहमा रहेका उनी विसं २०४९ देखि २०५४ सालसम्म राष्ट्रिय प्रजातन्त्रिक विद्यार्थी सङ्गठनको संस्थापक केन्द्रीय अध्यक्ष हुन ।

विसं २०७८ मा भएको राप्रपाको महाधिवेशनको लागि २०७८ मंसिर ९ मा उनी अध्यक्षमा र धवल शम्शेर राणासहितको प्यानलबनाएर चुनाव लडेका थिए भने उनको प्रत्यासी कमल थापा पराजित भएका थिए । लिङ्देनको प्यानललाई पूर्व अध्यक्षद्वय पशुपतिशम्शेर राणा र प्रकाशचन्द्र लोहनी एवं पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलगाएतको समर्थनमा उनी अध्यक्षमा र महामन्त्रीमा धवल शम्शेर राणासहितको प्यानल विजयी भएका थिए ।

पूर्व सचिव भीम उपाद्यायले भूगोल पार्कको प्याल्टफर्ममा गत हप्ता राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन कस्तो लाग्छ ? भन्ने विषयका बारेमा नेपालीहरूको धारणा सर्वेक्षण भन्ने विषयमा (मनमौजी ओपिनियन पोल) बनाउँनुभएको थियो ।

सो विषयका बारेमा नेपालीहरूको धारणा सर्वेक्षण भन्ने विषयमा “जनताको अभिमत जस्ताको तस्तै” जनतासामू पुगोस भन्ने हेतुले गत हप्ता पूर्व सचिव भीम उपाद्यायले ओपिनियन पोल बनाउँनुभएको थियो । उक्त ओपिनियन पोलमा २,२९४ भिवर्स रहेका थिए भने ४८७ जनाले भोटमा सहभागिता जनाउँदै आफ्नो अभिमत व्यक्तगर्नुभएको थियो ।

उक्त पोलको ६ वटा प्रश्नमा भोट गर्नुहुने महानुभावहरूलाई सर्वप्रथम त हार्दिक कृतज्ञता व्यक्त गर्दछौँ । भूगोल पार्कले तपाईहरूले गर्नुभएको ओपिनियन पोलको अन्तिम नतिजा जस्ताको तस्तै सार्वजनिक गरेको छ ।

हामीले यसै विषयमा पहिलो प्रश्न लिङ्देनले सडक र संसदमा खेल्नुभएको भूमिका कस्तो लाग्यो ? भनि सोधिएका थियौँ । जसमा ७.१९ प्रतिशतले प्रचण्ड सरकारको कार्यसम्पादन ठिक नभएकोले विरोध गरे ४५.३८ प्रतिशतले हिन्दु धर्म र संवैधानिक राजतन्त्रको महत्वलाई औँल्याउँनुभएकाले ठिक लाग्यो, १०.८८ प्रतिशतले नेकपा एमालेको पिछलग्गु बन्नुभएको बेठिक लाग्यो २७.०८ प्रतिशतले सयौँ राजा पाल्न नसकिने भन्दै संघीयता खारिज गर्नुपर्छ भनेकाले ठिक लाग्यो, ७.६ प्रतिशतले सुशासनका लागि भ्रष्टचारी विरुद्ध इतिहासमै निर्मम सरकारको खुट्टा तान्ने काम बेठिक लाग्यो ०.२१ प्रतिशतले खै, मलाई थाहा भएन र २.७६ प्रतिशतले मलाई चासो भएन भनि अभिमत दिनुभएको थियो ।

हामीले यसै विषयमा दोस्रो उनको नेतृत्वमा उपप्रधान मन्त्रीसहित माघ ३ मा सरकारमा गएको पार्टी किन फागुन १३ मा सरकारबाट फिर्ता भएको होला ?  भनि सोधिएका थियौँ । जसमा ४१.२७ प्रतिशतले प्रधानमन्त्री सत्ता सहकार्यको नीति विपरित राष्ट्रिय सहमतिको नाममा कांग्रेससँग सहकार्य गर्न खोजेकाले, २१.१५ प्रतिशतले प्रधानमन्त्री प्रचण्डले सरकार सञ्चालनमा अनावश्यक हस्तक्षेप गरेकाले, १०.६८ प्रतिशतले सुशासनका लागि भ्रष्टचारी विरुद्ध आक्रमक रुपमा अघि बढेको प्रचण्ड सरकारलाई गिराउँन,  ६.५७ प्रतिशतले पूर्वराजा ज्ञानेन्द्र र विदेशीको इसारा पाएकाले, १३.१४ प्रतिशतले नेकपा एमाले पनि सरकारबाट हट्ने सङ्केत पाएकाले ४.३१ प्रतिशतले खै, मलाई थाहा भएन र २.८७ प्रतिशतले मलाई चासो भएन भनि अभिमत दिनुभएको थियो ।

हामीले यसै विषयमा तेस्रो प्रश्न लिङ्देनको उदयले राप्रपामा नयाँ उमङ्ग छाएसँगै के हिन्दु धर्म र संवैधानिक राजतन्त्र विउँतियला ? भनि सोधिएका थियौँ । जसमा ३२.२४ प्रतिशतले दलहरू भ्रष्टचारमा चुर्लुम्म डुवेकाले हिन्दु धर्म र संवैधानिक राजतन्त्र विउँतिन्छ, २२.१८ प्रतिशतले संघीयता देशले धान्न नसक्ने भएकाले विउँतिनुको विकल्प छैन्, ११.७ प्रतिशतले प्रदेश संरचना र समानुपातिक सांसद पद खारिज गर्नुपर्छ तर राजा ल्याउँनुहुँदैन, ४.७२ प्रतिशतले अहिले जस्तै भ्रष्टाचार हुने गरेकाले जनता राजा चाहदैनन् १९.३ प्रतिशतले हिन्दु धर्म र संवैधानिक राजतन्त्रको विषयमा जनमत संग्रह गर्नुपर्छ ७.३९ प्रतिशतले देशमा राजनीति परिवर्तन गर्ने हैन भ्रष्टचारीलाई सर्वस्वसहित आजीवन कारावास हुनुपर्छ ०.२१ प्रतिशतले खै, मलाई थाहा भएन र २.२६ प्रतिशतले मलाई चासो छैन् भनि अभिमत दिनुभएको थियो ।

हामीले यसै विषयमा चौथो प्रश्न राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन तपाईंलाईं कस्तो लाग्छ ? भनि सोधिएका थियौँ । जसमा २३.६१ प्रतिशतले डाइनामिक नेता, ४८.०८ प्रतिशतले अरु पार्टीका नेता भन्दा राम्रा नेता १.४४ प्रतिशतले भ्रष्ट नेता २.६७ प्रतिशतले अकडो नेता ५.१३ प्रतिशतले अदूरदर्शी नेता र १८.०७ प्रतिशतले सबै नेताले झैँ बोल्न त राम्रै बोल्ने तर देश र जनताका लागि काम खासै काम नगर्ने भनि अभिमत दिनुभएको थियो ।

हामीले यसै विषयमा पाँचौँ अर्को निर्वाचनमा के उनको पार्टी पहिलो ठूलो दल बनी उनी देशको प्रधानमन्त्री बन्लान ? प्रधानमन्त्रीले भनि सोधिएका थियौँ । जसमा २०.९४ प्रतिशतले कांग्रस-एमाले-माओवादीले देश र जनताको पक्षमा राम्रो काम नगरेकाले भन्न सकिन्न, १३.९६ प्रतिशतले अर्को निर्वाचनमा उनको पार्टी पहिलो ठूलो पार्टी बनी उनी देशको प्रधानमन्त्री बन्छन् १६.२२ प्रतिशतले जो सत्तमा आएपनि भ्रष्ट कर्मचारी र नेतालाई जेल नहालेसम्म केही हुनेवाला छैन् २१.३६ प्रतिशतले देश विकास हुन पूर्वराजा ज्ञानेन्द्र शाह राजा र लिङ्देल प्रधानमन्त्री हुनुपर्छ १३.१४ प्रतिशतले अर्को निर्वाचनमा रास्वपा ठूलो दल बन्छ २.४६ प्रतिशतले अर्को निर्वाचनमा कांग्रेस ठूलो दल बन्छ ०.८२ प्रतिशतले अर्को निर्वाचनमा एमाले ठूलो दल बन्छ ६.५७ प्रतिशतलेअर्को निर्वाचनमा माओवादी ठूलो दल बन्छ १.८५ प्रतिशतलेअन्य दल ठूलो बन्छ र २.६७ प्रतिशतले मलाई चासो छैन् भनि अभिमत दिनुभएको थियो ।

हामीले यसै विषयमा छैटौँ प्रश्न पूर्वराजा शाहले २०५८ जेठ २२ गतेदेखि २०६५ जेठ १५ सम्म को शासनका आधारमा उहाँलाईं कति अङ्क दिनुहुन्छ ? भनि सोधिएका थियौँ । जसमा ३८.१९ प्रतिशतले > ९० (ए), १६.४३ प्रतिशतले ८०- ९०(वी), ९.०३ प्रतिशतले ७०-८० (सी), ७.६ प्रतिशतले ६० – ७० (डी), २८.७५ प्रतिशतले < ६० (एफ) अङ्क दिन्छु भनी आफ्नो अभिमत व्यक्त गर्नुभएको थियो ।



227 Views

Comments