राष्ट्रिय स्वतन्त्र पार्टीले आज केन्द्रिय कार्यालयमा पत्रकार सम्मेलन गरी देशभर बाट प्रतिनिधि सभामा आ आफ्नो क्षेत्रबाट उम्मेद्रारी फर्म..." />
राष्ट्रिय स्वतन्त्र पार्टीले माग्यो, देशभर बाट उम्मेद्वार !

Bhugolpark

२ भाद्र, २०७९,१३:५३

राष्ट्रिय स्वतन्त्र पार्टीले आज केन्द्रिय कार्यालयमा पत्रकार सम्मेलन गरी देशभर बाट प्रतिनिधि सभामा आ आफ्नो क्षेत्रबाट उम्मेद्रारी फर्म भर्न देश भरका राजनीतिमा आउन चाहने नागरिकलाई आह्वान गरेको छ । 

पहुँच भएकाले मात्र टिकट पाउने, पैसा खर्च गर्न सक्नेले मात्र राजनीति गर्ने, पार्टीको उच्च नेतृत्वका नेता र ती नेताको परिवारको नजिक हुनेले मात्र निर्वाचनमा टिकट पाउने, मिडियामा पहुँज हुनेको उम्मेदवारी मात्र चर्चित हुने जस्ता  प्रचलन लोकतन्त्रका स्वस्थकर अभ्यास होइनन् ।  पैसा हुने नहुने, पहुँच हुने नहुने जो कोहीले पनि क्षमता योग्यता इमान्दारिताका आधारमा चुनाव लड्न सकून् भनेर आज बाट हामीले सबैका लागि उमेदवारीको आवेदन खुल्ला गरेका छौं। राष्ट्रिय  स्वतन्त्र पार्टीको वेबसाइटमा गएर यो फारम जो कोहीले पनि भर्न सक्नेछ।  साथै यस अघि नै  आफ्नो उम्मेद्बारी घोषणा गरिसकेका कैयौं स्वतन्त्र,  गैरदलीय वा दलभित्रैका पनि असल व्यक्तिहरुसँग हामी निरन्तर  संवादमा छौं।

हामी असल पात्रका लागि सम्भव हुनसम्म लचिलो भएर सँगै ल्याउने र खराब पात्रका लागि कठोरत्तम रुपमा प्रस्तुत हुनेछौं। यो देशका लागि चाहिने मान्छे हामीले चिन्ने र हामीलाई चिन्नेहरु भित्र  मात्र  खोजी गरियो भने एउटा  ठूलो जमात यो अभियानमा छुट्छ भन्ने हाम्रो मान्यता छ , सम्मेलनमा रवी लामिछानेले बताए ।   तपाईं  हामीले, यो समाजले र मिडियाले  कहिले नचिनेका योग्य मानिसहरु पनि रहेछन् भने ती मानिसहरूलाई हामीले चिन्नु र  चिनाउनु पर्छ। देशैभरिबाट हाम्रा भेलामार्फत् सम्पर्कमा आएका मानिसहरु, विभिन्न पेशा र व्यवसाय छोडेर राजनीतिमा आउन चाहेका स्वतन्त्र व्यक्तिहरु र हाल स्थापित राजनीतिक दलको प्रणालीले कहिले नचिन्ने सारा मानिसहरुका लागि राष्ट्रिय स्वतन्त्र पार्टी एउटा सुन्दर  र उपयुक्त थलो बन्न सकोस भन्ने हाम्रो अभिप्राय छ।

म आफैं पनि यसै गरी फारम  भरेर आफ्नो उम्मेद्वारीको आवेदन पेश गर्दैछु र मैले उमेदवारी दिने क्षेत्रमा अरु व्यक्तिले पनि उम्मेदवारी दिन पाउने छन्।  राष्ट्रिय स्वतन्त्र पार्टीले कसलाई उम्मेदवार छान्ने भन्ने निर्णय कुनै पनि नेतालाई सुम्पेको छैन । यो निर्णय जनताले गर्नेछन्।  जनताले जसलाई भोट हालेर चुन्छन्  उही नै कुनै पनि निर्वाचन क्षेत्रको उम्मेदवार बन्ने छ। डिजिटल डिमोक्रेसीको यो अभ्यास हामी यसै पटकबाट गरिरहेको पनि उनले बताए ।  यो २१ औं शताब्दी हो। राजनीतिक दल भित्रको १६औं शताब्दीका अभ्यासहरुलाई परिमार्जित गरिएन भने आगामी पुस्ता राजनीतिमा आउन चाहने छैनन्। मेरो पुस्ता अघिल्लो पुस्ताले जसरी धस्री घस्री सकि नसकी राजनीति गर्न चाहँदैन, कम्तीमा राष्ट्रिय स्वतन्त्र पार्टीले सबैलाई समेट्ने कोशीश गरेको बताए ।   

कुनैपनि क्षमतावान व्यक्तिले खल्तीमा पैसा छैन भनेर पछि हट्न नपरोस्। चुनाव लड्न पैसा चाहिन्छ  तर पैसाले मात्र चुनाव लड्ने प्रथा अन्त्य गर्न हामीले यत्ति दुःख कष्ट गरेर हाम्रो दल भित्र एउटा प्रणाली बनाएका छौं। योग्य उमेदवारका लागि आम सर्वसाधारणसँग ऐच्क्षिक सहयोगको अपिल हामी गर्छौ,  म गर्छु।  यसबारे केही दिनमा छुट्टै खबर गर्नेछौं।  अहिलेकालागि देशको कुनैपनि क्षेत्रबाट संघीय निर्वाचनमा प्रत्यक्ष वा समानुपातिकतर्फ उम्मेदवार बन्न चाहनु हुने सबैले https://rspnepal.org/candidate-form मा गई, त्यहाँ राखिएको यो फारम भनिदिनुहोला। राष्ट्रिय राजनीति आम मान्छेको  पहुँचमा पुर्याउन हामीले अन्य विधि सहित यो विधि पनि अपनाएका हौं। बन्द कोठामा २(४ नेता बसेर टिकट बाड्ने  प्रणालीको अन्त्य गर्न सकिन्छ भनेर नै हामीले यो प्रणालीलाई अनिवार्य गरेका हौं। समानुपातिक उम्मेदवारहरुको हकमा पनि यही प्रणाली लागू हुनेछ। 

समानुपातिक निर्वाचन प्रणाली प्रति जनतामा तीव्र आक्रोश छ । कारण समानुपातिकको कोटा नेताका परिवारका सदस्यहरु  र क्ल्स्टर भित्रका जात थरको फाइदा उठाउने पहुँच वालाहरुले नै हत्याएका छन्। सम्बन्धित समुदायको  वास्तविक प्रतिनिधित्व हुनु पर्नेमा प्राविधिक प्रतिनिधित्व मात्र देखिएको छ। साथै समावेशीताको  अर्थ र महत्त्व आम जनतालाई राम्ररी बुझाउन सकिएको छैन । हालको प्रणाली मार्फत हामी समानुपातिकमा आफ्नालाई टिकट दिने  लगायतका बेथितिको पनि अन्त्य गर्दैछौँ । अब तपाईंले छान्नुहुनेछ समानुपातिकका उम्मेदवार पनि। त्यसैले संघीय निर्वाचनमा समानुपातिक उम्मेद्वारको दाबेदारी प्रस्तुत गर्न चाहनेले यही भदौ १५ गते भित्र र प्रत्यक्ष उम्मेदवारको दाबेदारी प्रस्तुत गर्न चाहनेले असोज ७ गते भित्र यो फारम भरी पेश गर्नुहुन राष्ट्रिय स्वतन्त्र पार्टीले अनुरोध गरेको छ ।   


259 Views

Comments