नेपाली सेनाको आयोजनामा रक्षा संवाददातालाई अभिमुखीकरण

१५ बैशाख, २०८१,२०:०४

१९ कात्तिक, काठमाडौँ । नेपाली सेनाको सङ्गठनात्मक स्वरुप, जिम्मेवारी तथा भूमिका एवं मुख्य गतिविधिबारे जानकारी गराउने उद्देश्यले प्रतिरक्षा र सुरक्षा विधामा कार्यरत सञ्चारकर्मीका लागि अभिमुखीकरण आयोजना गरिएको छ । कार्यक्रममा नेपाली सेनाका विभिन्न निकायको काम, कर्तव्य र जिम्मेवारीका बारेमा प्रस्तुतीकरण तथा छलफल हुनेछ ।

सहभागीलाई शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज तथा नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय गौरवको काठमाडौँ–तराई र मधेस द्रूतमार्ग सडक आयोजनाको स्थलगत भ्रमण गराउने योजना रहेको नेपाली सेनाले जनाएको छ । जनसम्पर्क तथा सूचना निर्देशक सहायक रथी कृष्णप्रसाद भण्डारीले संविधानद्वारा निर्देशित तथा राज्यबाट प्राप्त जिम्मेवारी वहन गर्दै मातृभूमिको रक्षा तथा विकास निर्माणको क्षेत्रमा नेपाली सेना समर्पित रहेको बताउनुभयो ।

उहाँले सेना र सञ्चार जगत्बीचको सम्बन्धलाई थप व्यावसायिक बनाउन अभिमुखीकरण उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । पाँच दिनसम्म चल्ने अभिमुखीकरणमा २६ पत्रकारको सहभागिता छ  ।



192 Views

Comments