महालक्ष्मी विकास बैंकद्वारा आर्किड गार्डेन नेपाल परियोजनालाई आर्थिक सहयोग

Bhugolpark

१६ कार्तिक, २०८०,१७:०२

१६ कात्तिक, काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेडद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पिछडिएका बालबालिकाहरुको अधिकार, कल्याण र स्वास्थ्य सुरक्षित गर्ने मुख्य उद्देश्यले स्थापित आर्किड गार्डेन नेपाल परियोजनालाई सफल बनाउन राउण्ड टेबल नेपालसँग समन्वय गरी आर्थिक सहयोग प्रदान गरिएको छ ।

विगत १७ बर्ष देखि पिछडिएका बालबालिकाहरूलाई दिवा स्याहार तथा शिक्षा प्रदान गरिरहेको बाल विद्यालयको हालको अवस्था अत्यन्त नाजुक रहेकोले विद्यालयको अवस्था सुधार गरी बालबालिकाको पठनपाठनमा सहजता पुर्याउने उद्देश्यले बैंकले रु. ५०,००० को आर्थिक सहयोग गरेको हो ।

विद्यालय ग्राउन्ड सतह भन्दा करिब ४ फिट तल रहेको, बर्षायाममा कक्षा कोठामा बाढी पस्ने कारणले विद्यालय बन्द गर्नुपर्ने र सरकारी प्राधिकरणबाट विद्यालय सुधारका लागि सूचना समेत आइसकेकोले आर्किड गार्डेन नेपाल परियोजना अन्तर्गत रहि विद्यालय सुधार गर्न लागिएको हो । ६ महिनादेखि ९ वर्षसम्मका १५० जना बालबालिकाहरुलाई दिवा स्याहार सेवा तथा शिक्षा प्रदान गरिरहेको विद्यालयले सुधार पश्चात करिब २०० जना बालबालिकालाई सेवा प्रदान गर्ने सामथ्र्य राख्दछ ।

आगामी दिनहरूमा पनि संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरूलाई थप प्रभावकारी रुपमा निरन्तरता दिने कुरा बैंकले जनाएको छ । यस बैंकले विगत २९ वर्ष देखि नवरत रुपले गुणस्तरिय वित्तीय सेवा नेपाली जनताको घरदैलोमा गएर प्रदान गर्दै आएकोले नै नेपालीहरूको मनमा बस्न सफल भएको हो । यो बैंकले “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै विगत देखि नै ग्राहक महानुभावहरूको आम्दानीमा उच्च प्रतिफल दिन प्रतिवद्घ रहिआएको छ । यस बैंकले आम ग्राहक महानुभावहरूको बैंकिङ्ग आवश्यकता, चाहना तथा अपेक्षालाई मध्यनजर अझै थप गुणस्तरिय वित्तीय सेवा प्रदान गर्ने प्रतिवद्घता जनाएको छ ।

यो बैंकले अव्वल सेवा र सुविधा आफ्ना ग्रहकलाई दिएकाले नै आज विकास बैंकहरूमध्ये अग्रणी स्थानमा पर्न सफल भएको छ । त्यसैले महालक्ष्मी विकास बैंक लिमिटेडको ग्राहक बनीद्वारा आर्किड गार्डेन नेपाल परियोजनालाई आर्थिक सहयोगमा आफू पनि भागिदार बन्नुहोस् भन्ने कामना भूगोल पार्क गर्दछ ।



173 Views

Comments